
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । अखिल (क्रान्तिकारी) ले काठमाडौँस्थित ब्रिटिश कलेजले शैक्षिक क्षेत्रमा गम्भीर अनियमितता गरेको आरोप लगाउँदै कडा आपत्ति जनाएको छ । सोमबार जारी विज्ञप्तिमा संगठनले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूमा बढ्दो विकृति र विसङ्गतिप्रति ध्यानाकर्षण गराउँदै ब्रिटिश कलेजले Hospitality Business Management लगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरेको आरोप लगाएको छ । कलेजले विद्यार्थी र अभिभावकलाई झुक्याउने, अत्यधिक शुल्क असुल्ने तथा घोषणा गरिएका पाठ्यक्रमभन्दा फरक कोर्स पढाएको दाबी संगठनको छ । विज्ञप्तिअनुसार भर्ना गरिएका केही विद्यार्थीलाई अध्ययनका नाममा संयुक्त अरब इमिरेट्स (युएई) पठाई अलपत्र पारिएकोसमेत उल्लेख गरिएको छ । यसबाट विद्यार्थीहरूको भविष्य गम्भीर जोखिममा परेको संगठनको भनाइ छ । अखिल (क्रान्तिकारी) ले कलेज प्रशासनले समस्याबारे आवाज उठाएका विद्यार्थीलाई धम्काउने र त्रसित बनाउने कार्य गरिरहेको आरोप पनि लगाएको छ । यस्तो व्यवहार अस्वीकार्य भएको भन्दै संगठनले कडा निन्दा गरेको छ ।
संगठनले पीडित विद्यार्थीलाई तत्काल न्याय दिन, कलेजले गरेको भनिएको शैक्षिक लुटधन्दामाथि निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न शिक्षा मन्त्रालयसहित सम्बन्धित निकायसँग माग गरेको छ । माग बेवास्ता गरिए ब्रिटिश कलेज विरुद्ध सशक्त आन्दोलन अघि बढाइने चेतावनीसमेत दिइएको छ । उक्त कलेज महँगो शुल्क असुल्ने र प्रभावकारी पढाइ नहुने आरोपका कारण विगतदेखि नै विवादमा पर्दै आएको बताइन्छ । यसअघि पनि विद्यार्थी र अभिभावकले आफूहरू ठगिएको आरोप लगाउँदै कलेज सञ्चालक महेन्द्र कडेलविरुद्ध आन्दोलन गरेका थिए । अखिल (क्रान्तिकारी) ले विदेशी सम्बन्धन प्राप्त अधिकांश कलेजहरूले विद्यार्थी ठगिरहेको आरोप लगाउँदै सरकारले प्रभावकारी नियमन गर्न नसकेको जनाएको छ । संगठनले उल्टै यस्ता कलेजबाट सरकारी कर्मचारीले कमिसन लिने गरेको गम्भीर आरोपसमेत उठाएको छ ।
प्रतिक्रिया