
१सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
२चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
३नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
४पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
५नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
६वैचारिक संघर्षबारे
७जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
८ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
९बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
१०ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
११‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
२वैचारिक संघर्षबारे
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
५पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
काठमाडौँ । अखिल नेपाल महिला संगठनले एक महिलामाथि अभद्र व्यवहार, अश्लील टिप्पणी तथा धम्कीपूर्ण गालीगलौज गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि आवश्यक छानबिन गरी कारबाही गर्न माग गरेको छ । संगठनकी संयोजक अञ्जना तामाङद्वारा असोज २७ गते जारी प्रेस वक्तव्यमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । वक्तव्यमा एक महिलासँग सांसद सुनारले गरेको भनिएको व्यवहार नेपाली समाजको संस्कार तथा नेपालको संविधानमा सुनिश्चित महिला अधिकारसम्बन्धी व्यवस्थाविपरीत रहेको उल्लेख गरिएको छ । संगठनले महिलालाई मानवका रूपमा सम्मान गर्नुको सट्टा वस्तुका रूपमा हेर्ने पितृसत्तात्मक तथा दलाल पुँजीवादी सोचका कारण यस्ता घटना हुने गरेको आरोप लगाएको छ । संविधानको धारा ३८ ले महिलाको हक सुनिश्चित गरेको उल्लेख गर्दै महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य तथा मनोवैज्ञानिक हिंसा गर्न नपाइने र त्यस्ता कार्य दण्डनीय हुने व्यवस्था रहेको वक्तव्यमा स्मरण गराइएको छ ।
महिलाको अधिकार संरक्षण गर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि आरोपित सांसद सुनारमाथि कारबाही नभएको भन्दै संगठनले प्रश्न उठाएको छ । वक्तव्यमा संसदीय व्यवस्था उत्पीडित वर्ग र श्रमिक महिलाको पक्षमा नरहेको आरोपसमेत लगाइएको छ । अखिल नेपाल महिला संगठनले घटनाको आवश्यक छानबिन गरी आरोपित सांसद सुनारमाथि यथाशीघ्र कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ ।
प्रतिक्रिया