
१ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
२बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
८आत्मदाह गराउन बन्द गर
९नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
१०सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
११नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
१२नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
काठमाडौं, भदौ २५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विभिन्न जनवर्गीय संगठन तथा मोर्चाले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । संयुक्त प्रेस वक्तव्य जारी गर्दै संगठनहरूले चरम महँगीको मार खेपिरहेका सर्वसाधारणले पछिल्लो समय ग्यास अभावका कारण थप समस्या झेल्नुपरेको बताएका छन् । ग्यास नपाउँदा डेरामा बसेर अध्ययन गरिरहेका विद्यार्थी, सुत्केरी महिला भएका परिवारलगायत आम उपभोक्ता प्रभावित भएको उनीहरूको भनाइ छ । वक्तव्यमा समस्या समाधान गर्नुको सट्टा सरकारका मन्त्री तथा ग्यास उद्योगी–व्यवसायीहरूले एक–अर्कामाथि दोषारोपण गरेर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइएको छ ।
उनीहरूले ग्यासको आपूर्ति तत्काल सहज बनाउन तथा बजारमा भइरहेको कालोबजारी नियन्त्रण गर्न सरकारसँग जोडदार माग गरेका छन् । साथै, ग्यास अभावका कारण जनतामा उत्पन्न असन्तुष्टि र समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ । संयुक्त वक्तव्यमा जनतालाई चरम महँगी र ग्यास अभावको समस्यामा पार्ने गैरजिम्मेवार तथा असक्षम सरकारविरुद्ध संघर्षमा उत्रिन आम जनसमुदायलाई आह्वानसमेत गरिएको छ ।
वक्तव्यमा अखिल नेपाल किसान महासंघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल महिला संगठन, अखिल (क्रान्तिकारी), कम्युनिस्ट युवा संगठन नेपाल, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन, प्रगतिशील खेलकुद महासंघ नेपाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनक्रान्तिका घाइते तथा अपाङ्ग संगठन नेपाल, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, राई दनुवार राष्ट्रिय मुक्ति मोर्चा र माझी राष्ट्रिय मुक्ति मोर्चालगायत संगठनका प्रमुखहरूले हस्ताक्षर गरेका छन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
३‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
प्रतिक्रिया