
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
सुर्खेत, असार ३० — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सुर्खेत जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ। भेलालाई प्रमुख अतिथि तथा नेकपा (बहुमत) का ६ नम्बर ब्युरो इन्चार्ज अनन्तले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत धारणा राख्नुभयो। उहाँले मुलुकको विद्यमान परिस्थितिमा वैज्ञानिक समाजवादी क्रान्ति नै प्रमुख आवश्यकता भएको बताउँदै त्यसका लागि सम्पूर्ण नेता–कार्यकर्ता एकताबद्ध र संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले वर्तमान सरकार क्रमशः फासिवादतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गर्न पार्टी तयार रहेको समेत बताउनुभयो।
कार्यक्रममा निर्देशक समिति सदस्य हिमाल, पार्टी सचिवालय सदस्य यमराज र धमिल, ब्युरो सल्लाहकार समिति सदस्य मायारामलगायतका वक्ताहरूले नवनिर्वाचित जिल्ला समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उनीहरूले संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा पार्टी निर्माणका विषयमा प्रशिक्षणात्मक मन्तव्य समेत राख्नुभएको थियो। विनोदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकबरले गर्नुभएको थियो। कार्यक्रममा जिल्लाभरबाट नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको जानकारी सुर्खेत जिल्ला इन्चार्ज यमराजले दिनुभयो।
प्रतिक्रिया