
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
तेहरान । इरानका सर्वोच्च नेता मोजताबा खामेनीले पश्चिम एसिया तथा इस्लामिक राष्ट्रहरूलाई आपसी मतभेद बिर्सेर एकताबद्ध हुन आह्वान गरेका छन् । उनले अमेरिका र इजरायलतर्फ संकेत गर्दै क्षेत्रीय मुलुकहरूलाई आफ्ना वास्तविक शत्रु पहिचान गर्न र उनीहरूका योजनाविरुद्ध सचेत रहन आग्रह गरेका हुन् । पश्चिम एसियामा युद्ध सुरु भएको छ महिनापछि सार्वजनिक गरिएको लिखित सन्देशमा खामेनीले इस्लामिक राष्ट्रहरूको शक्ति आपसी मित्रता, एकता र सहकार्यमा रहेको बताएका छन् । उनका अनुसार मुस्लिम समुदायभित्र विभाजन र आपसी द्वन्द्व सिर्जना गर्ने गतिविधिले अन्ततः इस्लामका शत्रुहरूलाई नै फाइदा पुर्याउनेछ । कुनै व्यक्ति वा समूहले जानी वा नजानी मुस्लिमहरूबीच मतभेद फैलाएमा त्यसले शत्रुको स्वार्थ पूरा गर्ने उनको भनाइ छ । युद्धको सुरुआती चरणमा अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिता अली खामेनी मारिएपछि मोजतबा खामेनी इरानको सर्वोच्च नेताको जिम्मेवारीमा पुगेका थिए। पद सम्हालेयता उनले सार्वजनिक रूपमा सम्बोधन गरेका छैनन् भने उनको भिडियो वा अडियो सन्देशसमेत सार्वजनिक गरिएको छैन। तर उनले विभिन्न अवसरमा लिखित सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् ।
युद्धका क्रममा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि जवाफी कारबाही गरेको थियो । तेहरानले आफ्ना छिमेकी मुलुकमा रहेका अमेरिकी सैन्य आधारहरू इरानमाथिको आक्रमणका लागि प्रयोग गरिएको आरोप लगाउँदै आएको छ । साउदी अरब, संयुक्त अरब इमिरेट्स, जोर्डन, कुवेत, कतार र बहराइनलगायतका मुलुकमा रहेका अमेरिकी सैन्य आधारहरू निसानामा परेपछि इरान र खाडी राष्ट्रहरूबीचको सम्बन्धमा समेत तनाव बढेको थियो । सिया मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइरहेका बेला जारी सन्देशमा खामेनीले मुस्लिम राष्ट्रहरूलाई विभाजनको राजनीतिबाट टाढा रहन आग्रह गरेका छन् । उनले इस्लामिक संसारले सामना गरिरहेका चुनौती समाधान गर्न ऐक्यबद्धता, मित्रता र साझा उद्देश्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । खामेनीले क्षेत्रीय राष्ट्रहरूलाई मात्र नभई इरानी जनतालाई पनि आन्तरिक मतभेद त्यागेर एकताबद्ध रहन अपिल गरेका छन्। उनले देशभित्र कुनै पनि परिस्थितिमा आपसी विभाजन र मतभेद बढ्न नदिन नागरिकहरूलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया