
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
महाराष्ट्र (भारत), असार २६ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भारत उपब्युरो अन्तर्गत जिल्ला नं. ३, महाराष्ट्रको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले राम बिकको नेतृत्वमा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ । भेलामा पार्टीका विदेश विभाग इन्चार्ज देविदत्त पाण्डे (प्रतिक) प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी पार्टीका केन्द्रीय सदस्य शीतलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले प्रवासी नेपाली श्रमिकहरूबीच पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै जनपक्षीय
आन्दोलनलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीको राजनीतिक लाइनलाई जनतामाझ पुर्याउन जिल्ला समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
भेलाले समसामयिक राजनीतिक परिस्थिति, संगठन विस्तार तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरेको थियो । नवगठित जिल्ला समितिले संगठनलाई थप सुदृढ, अनुशासित र जनमुखी बनाउँदै भारतमा रहेका नेपाली समुदायबीच पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया