
१‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
४नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
५आत्मदाह गराउन बन्द गर
६नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
७सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
८नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
९नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
१०भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
११विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
१२सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वानकाठमाडौं । नेपाल सरकारले हालैको मन्त्रिपरिषद् बैठकमार्फत देशका ७ राष्ट्रिय उद्योगहरु निजीकरण गर्ने निर्णय गरेपछि यस विरुद्धमा तीव्र आलोचना र विरोध शुरू भएको छ। जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, हेटौँडा सिमेन्ट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइटलाई निजी क्षेत्रलाई सुम्पिने निर्णयको व्यापक विरोध भइरहेको छ।
यस सन्दर्भमा एक राजनीतिक दलका महासचिव कञ्चनले एक प्रेस वक्तव्य जारी गर्दै उक्त निर्णयलाई “राष्ट्रघाती र जनविरोधी” भनी स्पष्ट रूपमा विरोध जनाएका छन्। उनका अनुसार, “वर्षौंदेखि बन्द गरिएका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर रोजगारी सिर्जना गर्ने साटो ती उद्योगहरू भूमाफिया र एकाधिकारवादी पुँजीपतिहरूलाई बिक्री गरिनु निन्दनीय छ।”
वक्तव्यमा भनिएको छ कि उद्योगहरू बिक्री गर्ने नाममा त्यससँग सम्बन्धित जमिन र बाँकी रहेका सम्पत्तिहरू निजी स्वार्थमा हस्तान्तरण गर्न खोज्नु गम्भीर गलत नीति हो।
पार्टीले राष्ट्रिय उद्योगको संरक्षण, उत्पादन प्रवर्द्धन र स्वदेशी रोजगारी सुनिश्चित गर्न सम्पूर्ण नेपाली जनतालाई संघर्षमा उत्रन आह्वान गरेको छ। साथै, हरेक पालिकामा कम्तीमा एउटा सरकारी उद्योग स्थापना गरिनु पर्ने माग राख्दै सरकारलाई दबाब दिन व्यापक जनसंगठित आन्दोलन आवश्यक रहेको भनिएको छ।
महासचिव कञ्चनले जारी गरेको वक्तव्यमा सरकारले जनताको हितमा काम गर्नुपर्ने र निजीकरणको मार्ग त्यागेर राष्ट्रिय उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सुझाव दिइएको छ।
प्रतिक्रिया