
१संसदीय निर्वाचन खारेजी र झापा हिरासतका १३ दिनः एक संघर्षपूर्ण यात्रा
२जनसाँस्कृतिक महासंघद्धारा अनेकोट घटनाको सम्झना
३मध्यपूर्व द्वन्द्व, मूल्यवृद्धि र महिला हिंसाविरुद्ध विद्यार्थी संगठनहरूको संयुक्त आवाज
४मध्यपूर्वी द्वन्द्वले विश्व खाद्य संकट गहिरिने संकेत
५चुनाव किन खारेज भनेको !
६हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
७नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
८दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
९अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
१०निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
११चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
१२चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
६पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
७चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
८चुनाव किन खारेज भनेको !
९इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
१०अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
११संयोजक बुढाको गिरफ्तारी कायरतापूर्ण श्वेत आतंक : अखिल (क्रान्तिकारी)
१२चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
पे्रम प्रकाश वली ‘धमिल’
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले नेपालको दलाल संसदीय व्यवस्था को निर्वाचन खारेजीको अभियान सुरु गरेको थियो । केन्द्रीय समितिको निर्णय अनुसार निरन्तर रुपमा जनताको बिचमा जाने र कथित संसदीय निर्वाचनको खारेजी अभियानलाई तिर्वतामा अगाडि बढाउने निर्णय अनुसार हामी एक नम्बर ब्युरोको बैठक शानदार रुपमा सफल गर्याँै र बैठकले गरेका निर्णयहरु कार्यान्वयनको निम्ति आ–आफ्नो जिल्लामा जाने निर्णय अनुसार सबै कमरेडहरुले जिल्लामा हाम्रा मुद्दाहरूलाई लिएर जनताको बिचमा न्यूनतम कार्यक्रम गर्ने र संसदीय निर्वाचनले जनताको हित नगर्ने कुराहरु राख्ने सल्लाह भयो । विदेशी शक्ति केन्द्रबाट परिचालित दलालहरूले निर्वाचन गर्न खोजिएको छ यसलाई पूर्ण खारेज गर्दै जनसंविधान निर्माणको निम्ति जन दबाब सिर्जना गर्नको निम्ति खारेजी अभियानलाई तिव्र गतिमा अगाडि बढाएका थियाँै । भिते लेखन, पर्चा वितरण, निर्वाचनमा सहभागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिनको निम्ति पत्र बुझाउने यी कामहरू तिव्र गतिमा बढिरहेको अवस्थामा प्रतिक्रियावादी शक्तिहरूले क्रान्तिकारीहरुलाई निशानाको रुपमा लिएको र जासुसहरू हाम्रा पछि दिनानुदिन लगाईरहेका थिए । त्यही सिलसिलामा म पनि न्यूनतम कार्यक्रम अन्तर्गत आन्तरिक व्यवस्थापन र त्यो व्यवस्थापनलाई व्यवस्थित गर्नको निम्ति ८ गते दुई नम्बर ब्युरोको र एक नम्बर ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रम सकेर म आफ्नो कार्यक्षेत्रमा निरन्तर बढिरहेको थिएँ । दुई नम्बरबाट म सिधै झापा प्रस्थान गरेँ । १० गते झापा जिल्ला सेक्रेटरीको आमा बित्नुभएकोमा संवेदना बुझाउनको निम्ति श्रद्धाञ्जली दिन म झापा बिर्तामोड पुगेँ । १० गते संवेदना प्रकट गर्दै कार्यक्रम गरेर त्यहाँबाट साँझ बिर्तामोड कै नजिक आफन्तको घरमा गएर बसियो । ११ गते साँझ म त्यहाँबाट जिल्ला कमिटी सदस्य हेम कमरेडको सम्पर्कमा उहाँकै निवास शान्तिनगर पुगेर सेल्टर लगियो । अब केन्द्रीकृत कार्यक्रम नहुने जस्तो देखेपछि मैले झापा जिल्लाको सेक्रेटरी र पाँचथर जिल्लाको सेक्रेटरी कमरेड जन्जिरलाई बोलाएर उहाँहरुलाई अधिकतम कार्यक्रमको लागि कार्यविभाजन गरी आफ्नो जिल्लामा गएर कार्यान्वयन गर्ने पक्षमा सोचेर उहाँहरुलाई सम्पर्कमा बोलाए उहाँहरु सम्पर्कमा आउँदै हुनुहुन्थ्यो । १२ गते साँझ भौतिक रुपमा बसेर बैठक गर्ने वातावरण थिएन त्यो वातावरण नभएपछि मैले भर्चुअल बैठक को आह्वान गरे । बैठकमा सबै जिल्लाका कमरेडहरू सहभागी हुनुहुन्थ्यो र बैठक बसियो । बैठकमा हामीले अबको अधिकतम कार्यक्रमको लागि आफ्नो जिल्लामा जिल्लाको अनुकूलतामा जनसमुदायसँग मिलेर हाम्रो संघर्ष कार्यक्रमलाई घनिभूत रुपमा अगाडि बढाउन निर्देशन दिए । बैठक सकियो र सबै कमरेडहरू विकेन्द्रित ढंगले हामीले जे सोचेका थियौँ त्यो क्लासको निम्ति म तम तयार भएर सबै जिल्लामा पुग्ने निर्णय गरे तर संयोगवस १३ गते बिहान खाना खाएर एकछिन रेस्ट गरिरहेको बेला बैठकमा सहभागी नभएका साथीहरूलाई फोन मार्फत कुरा गर्दै थिएँ । कमरेड सागरसँग कुरा भइरहेको थियो । एक्कासी दलाल संसदीय व्यवस्थाका मतियार कठपुतली सरकारका मतियारहरुले घर घेरा हाल्न पुगे र एक्कासी आएको जस्तो लाग्यो । कमरेड जन्जिर पनि त्यहाँ आइपुग्नुभएको थियो । पूर्ण आउने नै भनिराख्नु भएको थियो र हामीलाई गिरफ्तार गर्नको निम्ति हाम्रो फोन ट्रयाक गरिएको रहेछ र साथै मेरो फोटो पनि सिआइडीहरुलाई सम्पिएको देखियो । र फोटो गरेको मान्छे यही हो भन्दै नानाथरिका भाषा प्रयोग गर्दै समात्यो र मैले शानदार रुपमा जवाफ दिए हामी गणतन्त्रको रक्षाको र लोकतन्त्रमा विश्वास गर्ने मान्छे हो, जनसंविधानको निम्ति जनसंघर्षमा होमिएका योद्धाहरू हौँ । हतकडीहरू, हिरासतहरू र यी गिरफ्तारीहरूको हामी प्रतिरोध गर्न चाहन्छौं । हामीलाई यो देशमा देशको रक्षा गर्नको निम्ति देशलाई स्वतन्त्र देश बनाउनको निम्ति सार्वभौम सत्तालाई जनताको सत्ता बनाउनको निम्ति नेपाल कम्युनिष्ट पार्टी (बहुमत) सधैँ तयार रहेको बताए । र आफु एक नम्बर ब्युरोको इन्चार्ज भएको बताए । मलाई पक्राउ पुर्जी चाहिन्छ भनेर एकछिन प्रतिरोध भयो त्यसपछि दलालहरूका मतियारहरु अलिकता पनि मानवीय संवेदना नभएका अन्धभक्त मानवहरूले के मान्थे हत्कडी लगाए र हामीलाई गाडीमा अगाडि बढाए शान्तिनगरबाट बुधबारे इलाका प्रहरी कार्यालय नजिक ल्याइयो । त्यसपछि लगत्तै चाराली लगियो । चारालीमा प्रहरी निरिक्षक नकुल राज गौतम आइपुग्नुभयो र उहाँ त्यो गाडीमा चढ्नुभयो उहाँले बिचमा अलिकता सहजीकरणको वातावरणको निम्ति म आइपुगेको छु भनेर भन्नुभयो र मलाई तपाईंको परिचय पाउन भनेर भन्नु भयो । मैले परिचयको विषयमा परिचित मान्छे नभए त किन समातेको भने । यदि मलाई चिन्नुभएको छ भने तपाईँले मेरो बायोडाटा किन चाहियो नचिनेको मान्छेलाई किन समाएको यस्तै यस्तै प्रश्न गर्दै हामी झापा जिल्लाको सदरमुकाम भद्रपुर पुग्यौँ । जिल्ला प्रहरी कार्यालय भद्रपुर लगियो । त्यसपछि हामीलाई हिरासत भित्र लिइयो । हिरासतमा अलि व्यवहारको हिसाबले भित्रका क्वाटर गार्डहरू ठिकै थिए । त्यस्तो नराम्रो व्यवहार त गरेनन् । तैपनि अलि मानसिक रुपमा तनाव दिनको निम्ति सिआइबी एकजना नाम थाहा छैन जुङ्गा बटारेको व्यक्ति र जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपीले बोलाउनुभयो हामीलाई त्यहाँ उपस्थित गराईयो र उहाँले नाम ठेगाना इत्यादि सोध्नुभयो र अलि व्यवहार नराम्रो तरिकाले पेश हुनुभयो । त्यसपछि सिआइडीको जुंगा बटारिएको एकजनाले ओलीजी तपाईहरुले चुनाव खारेजको आह्वान पनि मिलाएर गर्नुपर्यो नि भनेपछि मैले त्यसको जवाफमा कहाँनेर धम्की दिएका छौँ । आह्वान गर्न पाउने अधिकार संविधानले रक्षा गरेको छ । संविधानले बोलेको कुरा हो लोकतन्त्रमा बोल्न पाइन्छ भन्न पाइन्छ र हामीले हाम्रो अधिकारलाई प्रयोग गरेका छाँै । तपाईँले सोचेको जस्तो हामीले गर्ने कुरा भएन हाम्रो रुल र हाम्रो नीतिको आधारमा हामी गर्छौं । देश संकटपूर्ण अवस्थामा गइरहेको छ । त्यसैले हामीले यो देशमा साम्राज्यवादीहरूको ईशारामा हुन गईरहेको कथित निर्वाचनलाई हामीले पूर्ण खारेज गर्ने अभियान सुरु गरेका छौं । त्यो अभियानलाई तपाईहरुले पनि साथ दिनुपर्छ यदि देशको रक्षा गर्ने हो भने देशलाई विदेशी शक्ति केन्द्रबाट बचाउने हो भने तपाईँहरुले पनि मद्दत गर्नुपर्छ । हामीले स्वाधीन संयुक्त सरकारको कुरा गरेका छौं, प्रत्यक्ष जनताबाट निर्वाचित हुने कार्यकारीको व्यवस्थापन हुनुपर्छ भनेका छौं । यदि त्यो भएन भने देश विदेशीहरूको इशारामा जान्छ र विदेशीहरूको त्यो बुट मैले मात्रै खाँदैन कि तपाईँले पनि खानुहुन्छ जवाफ दिनुस् भनेर प्रतिक्रिया दिए । त्यसपछि १० मिनेट हामीलाई उभ्याइयो । ल ठिक छ उहाँलाई लिनुस् भनेपछि एकजना पुलिसले हामीलाई जाम भन्यो हामी फेरि कस्टडि भित्र गयौँ ।
रात बित्दै गयो, दिन बित्दै गयो । उज्यालो बत्ती बलिरहेको थियो । सबै कस्टडीमा भएका भाइबहिनीहरू आफ्नो तालमा मनोरञ्जन गरिरहनुभएका थिए । हामी ७७ जना थियौ जस्तो लाग्छ आठ जना महिला हुनुहुन्थ्यो विभिन्न केसका साथीहरु हुनुहुन्थ्यो । सबैभन्दा बढी लागूऔषध सेवक हुनुहुन्थ्यो । कतिपयलाई फसाँइएको थियो भने कतिपय वास्तविक सजाय भोग्नै पर्ने मान्छेहरु पनि हुनुहुन्थ्यो । तर हामीलाई उहाँहरुसँग राखिएन । हामी दुई भाईलाई एक्लै राखियो मच्छडहरू अनगिन्ती लाग्थे ओछ्यान राम्रो थिएन उडुस प्रशस्त थिए । पहिलो दिन कट्यो, निन्द्रा लागेन । सबैभन्दा पहिलो कुरा त पार्टीले दिएको योजना कार्यान्वयन गर्न नपाउँदा मन खिन्न भएको थियो र साथीहरु कोही पनि सम्पर्कमा हुनुहुँदैन थियो । हुन त हामी कस्टडीमा भएका मान्छेहरूको फोन पनि थिएन घरमा गर्नको लागि मात्र फोन दिइन्थ्यो मैले मेरो फोनबाट नम्बरहरू टिपेर फोन गरे । वकिलहरुलाई फोन गरे र बन्दी प्रत्यक्षीकरणको रिटको बारेमा कुरा गरी घरबाट नागरिकता पठाउन लगाए त्यसपछि रिटको प्रक्रिया पनि सुरु भयो । पहिलो दिन हामीलाई तीन दिनको म्याद थप्यो जिल्ला अदालत झापाले दोस्रो म्याद थप्दाखेरि खुल्ला इजालसमा ल्याइयो । त्यहाँ श्रीमान पोखरेल थरको हुनुहुन्थ्यो सबैको पालो आयो र सोध्नुभयो र लास्ट हामीलाई सोध्नु भयो र हामीले हामी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) एक नम्बर म इन्चार्ज हुँ भने । त्यसपछि उहाँले भन्नुभयो पुलिसलाई कोइसन गर्नुभयो किन ल्याउनुभएको केको लागि ल्याउनु भएको उहाँहरुसँग प्रमाण के थियो यति प्रमाणले मान्छेलाई गिरफ्तार गर्नु हुँदैन प्रमाण पुगेको छैन भन्नुभयो त्यसपछि मुद्दा फाँटको एउटा सही सापले भिडियोमा छ श्रीमान भन्नुभयो र त्यसपछि एकछिन तनाव जस्तो देखियो । यता दगुर्ने भइरहेको थियो । त्यसपछि अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक विजय चौहान आउनुभयो के के कुरा भयो । ५/१० मिनेट हामी बाहिर बस्यौँ । त्यसोभए फेरि भित्र बोलाउनुभयो अनि फेरि त्यो भिडियो देखाउनुभयो हामीले कथित निर्वाचन खारेज गरौं भनेर लेखिएको भिडियो मैले रेकर्ड गरेको थिए । त्यो भिडियो देखाउँदै उहाँले यो तपाईं लेखेको हो भनेर सोध्नुभयो मैले यो कहाँको हो भनेर मैले सोधे तपाईहरुले एकचोटी हेर्नुस् त झापा जिल्लाको कहिँ कतैको लोकतन्त्रमा विरोध गर्न पाइन्छ । विरोध बन्देज गर्न पाइँदैन । यो लोकतन्त्र र गणतन्त्र हो । यसमा नो भोट भन्न पाउने अधिकार हाम्रो छ । हामीले त्यो अधिकार प्रयोग गरेका हौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले नीतिगत रुपमा खारेजको अभियान सुरु गरेका छौँ । त्यसैले यो झापा जिल्लाको होइन । यदि झापा जिल्लामा जे अभियोग लगाइएको छ त्यो अभियोग पुष्टि हुन्छ भने हामीले त्यसको जवाफ दिन तयार छौं भन्ने कुरा राखे मैले फेरि बाहिर ल्याइयो त्यसपछि उहाँहरुले के कुरा गर्नुभयो हामीले थाहा पाएन पछि ल जाम भनेर कस्टडीमा लगियो हामी कस्टडीमा गयौं विजय चौहान सरले एक दिनको लागि मात्र भन्नुभयो मैले किन एकदिन धेरै दिन राख्दा हुन्छ नि के हामी अपराधी हौँ र यस्तै कोइसनहरु गरे मैले । यो राजनीति मुद्दा हो । धेरै अप्ठ्यारो छैन भन्ने कुरा राख्नुभयो बहुत मिजासिलो मान्छे उहाँलाई धेरै भन्न पनि पर्यो र उहाँ अफिसर जस्तो हुनुहुन्थ्यो उहाँको व्यवहार एकदम नरम खालको थियो, कडा कहिले बोल्नुभएन । त्यसपछि हामीलाई फेरि भोलिपल्ट ल्याइयो । हामीलाई पाँच दिनको म्याद थप गरियो । म्याद थप गर्दाखेरि श्रीमान डिल्ली प्रसाद शर्मा उहाँसँग पनि मैले जवाफ मागे श्रीमान हामी यो लोकतन्त्रमा छौ गणतन्त्रमा छौं । हाम्रो अधिकारलाई भन्न पाउने ठाउँमा छौँ । हाम्रो अधिकारलाई न्यायमूर्तिले कुण्ठित गर्नु हुँदैन । तपाईंले जवाफ दिनैपर्छ र हामी दोषी हुँ या निर्दोष यो तपाईंले अहिले छिनोफानो गर्नुपर्छ भनेर मैले राखे उहाँले धेरै कुरा गर्न चाहनुभएन न्यायमूर्ति पनि कहिलेकाहीँ दासको रुपमा प्रयोग भएको जस्तो देखिन्थ्यो । त्यसैले दास मनोवृत्तिले नेपालमा जे गरिरहेको छ यसको विरुद्धमा लड्ने संकल्पका साथ हामी अगाडि बढेका छौं । त्यसैले त हामी कस्टडीमा बस्न तयार छौँ ।
दिन बित्दै गयो त्यसपछि चुनाव अगाडि १६ गते कमरेड जनप्रेमी भेट्नको निम्ति आइपुग्नुभयो । र उहाँले धेरै कुरा गर्नु भएन । उहाँलाई हामीले पठायौं र खर्च २००० छोड्नुभएको थियो । अलि सहजीकरण भयो त्यसपछि दिन बित्दै गयो र चुनाव पनि नजिक नजिक आइपुग्यो । र २१ गते चुनाव पनि भयो । र मतगणना सुरु भएपछि त्यहाँ भित्रका पुलिसहरु पनि कति अन्धभक्ति हुँदा रहेछन् भन्ने कुरा प्रमाणित भयो । अब देशभरि घन्टीले खायो यस्तै सन्देशहरू ल्याउनुहुन्थ्यो । र यहाँ घन्टीले जित्यो उहाँ घन्टीले जित्यो भन्दै हुनुहुन्थ्यो । अब यसो हेर्दाखेरि साम्राज्यवादीहरूको इशारामा भएको निर्वाचनले परिणाम भनेकै उनीहरूको पक्षमा हुन्छ भन्ने कुरा महसुस गर्दै हामीभित्र बसिरहयौ । बन्दी प्रत्यक्षीकरणको रिटपछि कमरेड जन्जिरलाई काठमाडौँ लिने निर्णय भयो । उहाँ काठमाडौँ जानुभयो । मलाई त्यही राखियो म एकदिन त एक्लै सुते । कोठामा कोही मान्छे थिएन सुनसान थियो । कहिलेकाहीँ त जेल हिरासत भनेको निराशको पोको जस्तो देखिन्थ्यो तर पनि मैले हाम्रो नीति हाम्रो विधि र हामी क्रान्तिकारीहरु भएकै हिसाबले हामीलाई यस्ता हर्कतहरु आइरहन्छन् र परिरहन्छन् भन्ने कुरा महसुस गर्दै रातभरि बसेर रात बिताए । अर्को दिन बिहान मलाई सहि सापले ओली दाई अब आज तपाईँलाई हामी छोडिहाल्छौ अब यो बन्दी प्रत्यक्षीकरण रिटको झमेलामा नलाग्नुस् भनेर बिहानै सूचना गर्नुभयो । मैले के भने भने हामी क्रान्तिकारी हुँ जति पनि बस्न तयार छौं बसाल्नुस् भनेर भने त्यसपछि मलाई अनि साथीहरू भेट्न आउनुभयो । कमरेड नरेश, कमरेड भानु, कमरेड सिर्जन उहाँहरु जानुभयो । त्यसपछि जटिल कमरेड र अनुपम कमरेड आइपुग्नुभयो । उहाँहरु पनि भेटेर जानुभयो म भोलि छुट्ने सम्भावना छ तपाईहरु यही रहनुहोला है भनेर भनेको थिएँ । तर उहाँहरु हिँडिहाल्नु भएछ भोलिपल्ट मलाई बिहानै अब आज तपाईलाई छोड्छौ मलाई बिहानै बाहिर निकालिहाल्यो र दिनभरि म त्यही बसे मेरो बाईक, मोबाइल र मेरा सामानहरूको बारेमा मैले छलफल गरे र मोबाइल र बाइकहरु अहिलेसम्म झापा जिल्ला प्रहरी कार्यालयमा छन् । मैले भनेको छु । यो मुद्दा नै छैन भनेर भन्दाखेरि कसरी हुन्छ मेरा सामानहरु त फिर्ता गर्नुपर्यो नि सकुशल तरिकाले अहिले यो दिन मिल्दैन मेरो एउटा सानो मोबाइल अहिलेसम्म लापत्ता छ । उहाँहरुले गायब गराउनुभएको छ । त्यसैले मैले त्यहाँबाट छुटेपछि अब जिम्मा लिने मान्छेहरूको आवश्यकता पर्यो । मैले मेरो दाइ आदरणीय हरि ओलीलाई बोलाए हरि ओली म साँझसम्म जिल्ला प्रहरी कार्यालय झापामा नै बसे र मेरो सामान आइसके पछाडि साँझ ५ बजेतिर म त्यहाँबाट निस्के । नजिकैको होटेलमा गएर बसे र सबै साथीहरुलाई फोन गरे मेरो मोबाइलमा चार्ज पनि थिएन । चार्ज त्यही होटेलमा गरेर म त्यही बसेँ । मैले महासचिवलाई पनि फोन गरेर कुरा गरे । अरु सबै साथीहरुलाई फोन मार्फत कुरा गरे । म बाहिर निस्किए भनेर त्यसपछि म भोलिपल्ट बिहान म जहाँबाट गिरफ्तार भएको थिएँ त्यो घरमा गए र बसेँ आफन्तहरूलाई भेटे । सबैलाई भेटेर म निस्के तर क्रान्तिको दौरानमा यस्ता आइपर्ने थुप्रै चुनौतीहरुलाई सामना गर्ने मसँग सामर्थ्य थियो र मैले धेरै लेख्न चाहिन र के कसो भयो यी विषयहरु भए तर हामीले क्रान्ति गर्ने हो र हामीले पार्टी निर्माण सबैले जाँगर लगाएर अगाडि बढ्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु । सबै साथीहरुले निरन्तर रुपमा क्रान्ति आन्दोलनलाई एक ढिक्का बनाएर क्रान्तिलाई अगाडि बढाउने साहस र सामर्थ्य हामी सबैसँग हुनुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने कुरा नै प्रमुख कुरा हो । जनताहरू परिवर्तनको निम्ति अग्रसर हुने देखिन्छ र अगाडि बढ्न सक्यो भने पार्टी र क्रान्तिलाई अगाडि बढाउनको निम्ति मद्दत गरियो भने सबै लागेर जुटियो भने सबैथोक हुन्छ भन्ने कुरा यो हिरासतबाट मैले सिकेको छु र सिकाई भएको छ । हिरासत भएको बेला सहजीकरण गर्ने कानुन व्यवसायी र कानुनी प्रक्रिया मिलाउने अधिवक्ताज्यूहरू र मेरा आफन्तहरु र पार्टी सहयोद्धा साथीहरु सबैलाई म एकमुष्ट रुपमा धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

१चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
२नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
३अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
४नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
प्रतिक्रिया