
१नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा सीआईबीको अनुसन्धान, पूर्वसहसचिव कार्की पक्राउ
२न्युयोर्कको पुँजीवादी संरचनामाथि समाजवादी चुनौतीः ममदानीको जितको अर्थ के हो ?
३भोजपुरे खुकुरीले सम्हाल्दै स्थानीय अर्थतन्त्र र पर्यटन
४महाकाली अस्पतालमा अनियमितता र सेवा अभावबारे नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ज्ञापनपत्र
५फुटबलको भविष्य अनिश्चित भन्दै खेलाडीको एन्फा कार्यालयमा धर्ना
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७रामकुमारी झाँक्रीको घोषणा — “एकीकृत समाजवादीसँगको हाम्रो यात्रा टुंगियो”
८माओवादी केन्द्र छाड्दै राम कार्कीको नयाँ अभियान घोषणा : “दर्ज्यानी चिन्ह मिल्क्याएर आएका हौं”
९जेनजी आन्दोलनमा कागजात जलेपछि सर्वोच्च र जिल्ला अदालतल दिए प्रहरीमा उजुरी
१०यलुङ री हिमालमा हिमपहिरो : विश्वकीर्तिमानधारी फुर्वा तेन्जिङ शेर्पासहित सात बेपत्ता
११शुल्क तिर्न नसकेको कारण विद्यार्थी निष्कासन : बहुमत निकट अखिल (क्रान्तिकारी)को कडा आपत्ति
१२भारतलाई पहिलोपटक महिला विश्वकप क्रिकेटको उपाधि
१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
६गन्तव्य बिनाको गन्तव्य–संसदीय यात्रा
७जेनजी पुस्ता समाजवादको यात्रामा
८नेकपा (बहुमत) सुनसरीद्वारा ध्रुवीकरण कार्यक्रम सम्पन्न
९क्रान्तिकारी कम्युनिष्ट पार्टीमा ‘अनुशासन’को आवश्यकता र यसको अनिवार्यता
१०संयुक्त संघर्ष समितिद्वारा साम्राज्यवाद र प्रतिगमनविरुद्ध विरोध कार्यक्रम सम्पन्न
११संगठनात्मक अनुशासन र क्रान्तिकारी रुपान्तरणको सवाल
१२विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति
(चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत बुझाइ, पुस्तकबाट )
पार्टी विधानले लेख्दछ, “सिङ्गो पार्टीले एकीकृत अनुशासन पालन गर्नुपर्दछ : व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ र पुरा पार्टी केन्द्रीय समितिको अधिनस्थ हुन्छ ।” कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्न, पार्टीकोे एकता र सुदृढिकरणलाई मजबुत बनाउन, यसको संगठनलाई शुद्ध गराउन, सर्वहारा वर्गको अधिनायकत्वलाइ सुदृढ गर्न र क्रान्तिमा विजय हासिल गर्न पार्टी अनुशासन एउटा आवश्यक सर्त हो । कम्युनिस्ट पार्टीको प्रत्येक सदस्य सचेत ढङ्गले यो अनुशासनमा चल्नुपर्दछ र यसलाई पालन गर्नुपर्दछ ।
अनुशासनले कार्यदिशा कार्यान्वयनलाई सुनिश्चित गर्छ
“अनुशासनले कार्यदिशा कार्यान्वयनको सुनिश्चित गर्छ, यो बिना, पार्टीले विजयी संघर्ष संचालनका निमित्त जनता र सेनालाई नेतृत्व गर्न सक्ने छैन ।” अध्यक्ष माओको यो निर्देशिकाले अनुशासन तथा कार्यदिशाका बीचको सम्बन्धलाई गहिरो गरी स्पष्ट गर्दछ, यसले पार्टीको कार्यदिशालाई लागु गर्ने र यसका जुझारु कार्यभारलाई सम्पन्न गर्ने काममा क्रान्तिकारी अनुशासनको महत्वलाई दर्शाउछ । पार्टीको संगठनात्मक अनुशासन यसको कार्यदिशाद्वारा निर्धारित हुन्छ र साथै कार्यदिशाको कार्यान्वयनलाई सुनिश्चित गर्दछ । अध्यक्ष माओले परिभाषा गर्नु भएअनुसार समाजवादको पुरै ऐतिहासिक अवधिभरका लागि पार्टीको आधारभूत कार्यदिशा मार्क्सवादी–लेनिनवादी कार्यदिशा हो र यो हाम्रो सबै कामको लागि आधारभूत सिद्धान्त हो । यो कार्यदिशामा दृढतापूर्वक अडिएर मात्र पार्टीमा सर्वहारावादी अनुशासनलाई बलियो बनाउन र पुरा पार्टीको “सोचाइ, नीति, योजना, कमाण्ड र कार्बाहीमा सच्चा एकता” प्राप्त गर्न सम्भव छ । यो कार्यदिशा छाडनु र गलत कार्यदिशा लागु गर्नुको अनिवार्य अर्थ पार्टीको सर्वहारावादी अनुशासनलाई ध्वंश गर्नु हुन्छ र सर्वहारा वर्गको एकीकृत विचारको सबै कुरा अर्थहीन हुन जान्छ । अनुशासन र कार्यदिशाबीचको सम्बन्धको एउटा पक्ष यो हो । अर्कोतिर, पार्टीको कार्यदिशालाई लागु गर्ने काममा सर्वहारा वर्ग र आम क्रान्तिकारी जनतालाई नेतृत्व गर्न मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको आधारमा उच्चस्तरको केन्द्रीयता र आमपंक्तिको एकता सुनिश्चित गर्नका निम्ति हाम्रो पार्टीलाई एकीकृत अनुशासन आवश्यक पर्दछ । एकीकृत एकता छैन भने, प्रत्येकले आफ्नै तरिकाले चल्छ र चाहे अनुसार गर्छ भने, दिशामा र काममा एकता छैन भने पार्टीको आधारभूत कार्यदिशा लागु गर्न र पार्टीलाई सर्वहारा वर्गको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन गाह्रो हुन्छ ।
सर्वहारा वर्गको अधिनायकत्वको अवधिमा पार्टीभरी एकै प्रकारको अनुशासन लागु गर्ने कुरा सबैभन्दा बढी महत्वपूर्ण छ । किनभने, यो अवधीमा हामीले सबै प्रारम्भिक संगठनहरुमा सर्वहारा वर्गको अधिनायकत्वलाई सुदृढ गर्ने आधारभूत कामलाई राम्रो गरी अगाडी बढाउनु पर्दछ, हामीले समाजवाद निर्माणको गति बढाउनु पर्दछ, आन्तरिक रुपमा पूँजीवादको पूनर्स्थापनालाई र बाह्यरुपमा साम्राज्यवाद तथा सामाजिक साम्राज्यवादद्वारा हुन सक्ने आक्रमण तथा विद्रोहलाई रोक्नुपर्दछ, यो सर्वहारा अनुशासनलाई बलियो बनाएर मात्र गर्न सकिन्छ । लेनिनले आँैल्याउनु भयो, “जसले सर्वहारा वर्गको पार्टीको फलामे अनुशासनलाई थोरै भएपनि कमजोर पार्छ (खासगरी सर्बहारा अधिनायकत्वका बेला) त्यसले सर्वहारा वर्गविरुद्ध बुर्जुवालाई सहयोग गरेको हुन्छ ।” यसले स्पष्ट देखाउँछ कि पूँजीवादबाट साम्यवादतर्फ संक्रमणको ऐतिहासिक अवधिभर हामीले सर्वहारा वर्गको अधिनायकत्वलाई सुदृढ बनाउन र पुँजीवादको पुनर्स्थापना रोक्नका निम्ति सर्वहारा वर्गको फलामे अनुशासनलाई निरन्तर बलियो बनाई राख्नुपर्दछ । पार्टीको अनुशासनलाई कमजोर पार्ने उद्देश्यको कुनै कामले वस्तुतः सर्वहारा वर्गविरुद्ध लड्न, सर्वहारा वर्गको अधिनायकत्वलाइ कमजोर पार्न र ध्वंश गर्न समेत पूँजीपति वर्गलाई फाइदा पुर्याउँछ ।
पार्टी अनुशासनलाई बलियो बनाउनु पर्नेबारे हामीलाई अध्यक्ष माओले बारम्बार सिकाउनु भएको छ । दोस्रो क्रान्तिकारी गृहयुद्धका बेला माओले आफ्नो कृति पार्टीमा गलत विचारलाई सुधार्ने बारेमा पार्टीको अनुशासन नमान्ने अतिजनवाद खोज्ने, संगठन अस्वीकार गर्ने र अन्य हानीकारक प्रवृत्तिहरुको निर्मम ढङ्गले आलोचना गर्नु भएको थियो । यसमा उहाँले पार्टीले पारित गरेका दस्ताबेजहरुलाई मान्नुपर्छ, यसको अनुशासनलाई सम्मान गर्नुपर्दछ भन्ने कुरामा जोड दिनुभयो र पार्टी तथा सेना निर्माण गर्दा वैचारिक तथा सांगठनिक हिसाबले अवलम्बन गर्नुपर्ने दिशाबारे व्याख्या गर्नुभयो । जापान विरोधी प्रतिरोध युद्धका बेलामा अध्यक्ष माओले ‘उदारवादको विरोध गर’ भन्ने अर्को एउटा उत्कृष्ट कृति रचना गर्नुभयो जसमा उहाँले सिङ्गो पार्टीले मार्क्सवाद–लेनिनवादको क्रान्तिकारी स्पिरिटसहित उदारवादमाथि कसरी विजय प्राप्त गर्ने भन्नेबारे सिकाउनु भयो । चाङ्गको थाओको अवसरवादी कार्यदिशाका विरुद्धको संघर्षको अनुभवलाई समीक्षा गरी अध्यक्ष माओले पुनः एकपटक एकीकृत पार्टी अनुशासनको महत्वबारे जोड दिनुभयो र तीखो गरी औंल्याउनु भयो कि “अनुशासनका बुँदालाई जो सुकैले उलङ्घन गरे पनि त्यसले पार्टी एकतालाई खलबल्याउँछ ।” मुक्ति युद्धका बेला अध्यक्ष माओले घोषणा गर्नुभयो, “सेना अगाडि बढ्छ, उत्पादन बढ्छ । जब हाम्रो अनुशासनको भाव मजबुत हुन्छ, हामी क्रान्तिमा सधैं विजयी हुन्छौँ,” यसरी आम पार्टी, सेना तथा जनतालाई देशव्यापी विजयको निर्देशन दिनुभयो । पुरा देशको मुक्तिपछि, अध्यक्ष माओले पार्टीको अनुशासनलाई मजबुत बनाउनु पर्ने आवश्यकतामा बारम्बार जोड दिनुभएको छ र स्वतन्त्रता र अनुशासनका बीचको द्वन्द्वात्मक सम्बन्धमा प्रकाश पार्नुभएको छ । लिन पियाओको पार्टी विरोधी गुटलाई हराउन पार्टी, सेना र जनतालाई नेतृत्व गर्ने क्रममा अध्यक्ष माओले “तीन गर र तीन नगर” भन्ने तीन आधारभूत सिद्धान्तहरु सुत्रबद्ध गर्नुभयो र “कार्यकर्ताहरु, जनताहरु र पार्टी सदस्यहरुलाई अनुशासनका तीन नियम र ध्यान दिनु पर्ने आठ बुँदा पढाउनु पर्ने” आवश्यकता औँल्याउनु भयो । यो निर्देशनका कारण पूँजीवादको पुनःर्स्थापना गर्ने लिन पियाओको पार्टी विरोधी गुटको आपराधिक षडयन्त्रलाई पूर्णतः ध्वंश गर्न जनताहरु सक्षम भए । अध्यक्ष माओ आफैले दिनुभएको प्रशिक्षणको परिणाम स्वरुप लामो क्रान्तिकारी संघर्षको प्रक्रियामा अनुशासनलाई सम्मान गर्ने कुरा हाम्रो पार्टीको एउटा गौरवशाली परम्परा र पार्टीको एकतालाई सुदृढ गर्ने तथा दुश्मनलाई हराउने शक्तिशाली हतियार बनेको छ ।
पार्टीको मार्क्सवादी–लेनिनवादी कार्यदिशा बदल्न र गोप्य फुटवादी गतिविधि संचालन गर्नका निम्ति सबै अवसरवादी कार्यदिशा अंगालेका नेताहरुले पार्टी अनुशासनको विरोध गर्न सधैँ हर उपायहरु प्रयोग गरेका छन् र यसलाई ध्वंश गर्न सबै कुरा गरेका छन् । छन् तु शु, वाङ्ग मिङ्ग र चाङ्गको थाओदेखि लिउ शाओ ची, लिन पियाओ र यस्तै अरु ठगहरुले हाम्रो पार्टीको ईतिहासभर यस्तै गर्दै आएका छन् । तिनीहरु सबै पार्टीलाई ध्वंश गर्न चाहने संकीर्ण, फुटवादी र गुण्डाहरु थिए । जहाँसम्म लिन पियाओ र उस्को पार्टी विरोधी गुटको कुरा छ, एकातिर तिनीहरुले उत्तेजनामा आएर पार्टीको केन्द्रीकृत अनुशासनलाई ध्वंश गरे, पूँजीवादी मूख्यालय खडा गरे, अध्यक्ष माओद्वारा नेतृत्व गरिएको केन्द्रीय समितिको विरोध गरे, विद्रोहमार्फत् सत्ता कब्जागर्न प्रयत्न गरे भने अर्कोतिर तिनीहरुले आफ्नो पार्टी विरोधी गुटभित्र पार्टी अनुशासन पालना गर्नुपर्छ भन्ने बहानामा फासीवादी अनुशासन लागु गरे । यो सबै पार्टीको आधारभूत कार्यदिशालाई विरोध गर्ने र प्रतिक्रान्तिकारी संशोधनवादी कार्यदिशा लागु गर्ने उद्देश्यमा आधारित थियो । हामीले पार्टी अनुशासनलाई ध्वस्त गर्ने लिन पियाओ र कम्पनीका अपराधहरुलाई गहिरो गरी आलोचना गर्नुपर्दछ र हामीले अनुशासनलाई सुदृढ र मजबुत बनाउन प्रयत्न गर्नुपर्दछ ।
सचेत भएर पार्टी अनुशासनको सम्मान गर
अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छ कि कम्युनिष्टहरु “अनुशासनलाई सम्मान गर्ने कुरामा नमुना बन्नु पर्दछ ।” पार्टी अनुशासनलाई सम्मान गर्न हामीले व्यक्ति संगठनको अधिनस्थ हुन्छ, अल्पमत बहुमतको अधिनस्थ हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ र पुरा पार्टी केन्द्रीय समितिको अधिनस्थ हुन्छ भन्ने पार्टी विधान अनुसार चल्नु पर्दछ ।
व्यक्ति संगठनको अधिनस्थ हुन्छ
यसको अर्थ पार्टीका सदस्यहरु दृढतापूर्वक पार्टी संगठनका पारित प्रस्ताबहरु र निर्देशनहरुप्रति अधिनस्थ हुनु पर्दछ, तिनलाई लागु गर्नुपर्दछ र कुनै बहानामा पनि तिनको उलङ्घन गर्नुहँुदैन भन्ने हो । तर, पार्टीको निर्णय र निर्देशनप्रति सहमत नहुने पार्टी सदस्यहरुले आफ्नो मत सुरक्षित राख्न पाउने अधिकार राख्छन् र साथै आफ्नो तह फड्केर सिधै केन्द्रीय समिति र त्यसको अध्यक्षलाई रिपोर्ट गर्न सक्छन् ।
अल्पमत बहुमतको अधिनस्थ हुन्छ : यसको अर्थ पार्टी संगठनहरुले पारित गरेका प्रस्तावहरुलाई पार्टी सदस्यहरुले दृढतापूर्वक लागु गर्नुपर्दछ भन्ने हो । अल्पमतको विचार अस्वीकार भएपछि अल्पमतमा भएकाहरुले बहुमतले गरेको निर्णयलाई कार्यान्वयनमा समर्थन गर्नुपर्दछ । आवश्यक पर्यो भने, त्यो विषयलाई छलफलका निम्ति पुनः एकपटक कार्यसूचीमा राख्न सकिन्छ तर कुनै हालतमा पनि कार्यान्वयनमा विरोध जनाउन पाइँदैन ।
तल्लो तह माथिल्लो तहको अधिनस्थ हुन्छ
यसको अर्थ माथिल्लो तहका संगठनले निर्धारण गरेका निर्णयहरु, निर्देशनहरु र कामहरुले तल्लो तहका पार्टी संगठनहरुलाई दह्रोगरी बाँध्नुपर्दछ र कार्यान्वयनको ग्यारेन्टी हुनुपर्छ भन्ने हो । तिनीहरु सिङ्गो पार्टीको हितविरुद्ध, यसको एउटा हिस्साको हितमा खडा हुन पाउँदैनन्, न त तिनीहरुले माथिल्लो तहको निर्णयलाई अस्वीकार गरेर वा त्यसको विरोध गरेर सिङ्गो पार्टीको केन्द्रीकृत एकतालाई ध्वस्त पार्न नै पाउँछन् ।
पुरा पार्टी केन्द्रीय समितिको अधिनस्थ हुन्छ
यो पार्टी अनुशासनको सर्वोच्च सिद्धान्त हो । अध्यक्ष माओको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय समिती सिङ्गो पार्टी, सेना र जनताको नेतृत्वदायी केन्द्र हो । अध्यक्ष माओका निर्देशन र केन्द्रीय समितिका आह्वानहरुले सर्वहारा वर्ग र हाम्रो देशका आम जनताको हितको प्रतिनिधित्व गर्दछन् र यिनले क्रान्ति र निर्माणमा विजय प्राप्त गर्ने कुराको ग्यारेन्टी गर्दछन् । सधैं र जुनसुकै परिस्थितिमा पनि हामीले अध्यक्ष माओले नेतृत्व गर्नु भएको पार्टीको केन्द्रीय समितिका निर्देशन अनुसार बोल्नु र काम गर्नुपर्दछ र अति जनवाद, अति परनिर्भरता र पार्टी अनुशासनलाई ध्वंश गर्ने अन्य व्यवहारहरुलाई रोक्नु पर्दछ र साथै तिनलाई दृढतापूर्वक पराजित गर्नुपर्दछ ।
वस्तुतः पार्टी अनुशासनलाई सम्मान गर्ने भन्नुको अर्थ त्यसमा अन्धसमर्पण होइन । हाम्रो पार्टीमा अध्यक्ष माओले प्रतिनिधित्व गर्नुभएको सही कार्यदिशा नै नेतृत्वदायी स्थानमा छ तर पनि खास–खास समयमा गलत कार्यदिशा र प्रवृत्तिहरु पनि देखा पर्न सक्छन् । यदि कतिपय ईलाका तथा क्षेत्रहरुमा मानिसहरुले ती गलत कार्यदिशा र प्रवृत्तिहरुलाई सही ठानेर त्यसको पक्षमा उभिए भने एउटा कम्युनिस्ट पार्टीको सदस्य त्यसका विरुद्ध खडा हुनुपर्दछ र अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा र पार्टी अनुशासनको रक्षा गर्न ज्वारभाटाविरुद्ध जान हिम्मत गर्नुपर्दछ ।
पार्टी अनुशासनको सम्मान गराउन हामीले पार्टी सदस्यहरुको चेतनास्तरलाई माथी उठाउनु पर्दछ । सर्वहारा अनुशासन सचेत अनुशासन हो, यो बुर्जुवाहरुको प्रतिक्रियावादी अनुशासनभन्दा आधारभूत रुपले नै फरक छ । बुर्जुवाहरुको अनुशासन जनताको शोषण र दासत्वको आधारमा स्थापित हुन्छ र यो उत्पीडनकारी उपाय तथा झुटमार्फत मात्र पालना हुन सक्छ । अर्कोतिर लेनिनले औंल्याउनु भयो कि सर्वहारा अनुशासन पार्टीका सबै सदस्यहरुको चेतनामा आधारित हुन्छ, “सर्वहारा अग्रदस्ताको वर्गीय चेतना र यसको क्रान्तिप्रतिको समर्पणले, दृढता, आत्म–वलिदान र वीरताले” यो कायम हुन्छ, परिक्षित हुन्छ र सुदृढ हुन्छ । पार्टी अनुशासन अनिवार्य भए पनि यसको प्रयोग भने सर्वथा पार्टी सदस्यको उच्च चेतनास्तरमा भर पर्दछ । यो चेतनाको स्रोत पार्टी तथा जनतामा सदस्यहरुको सम्मानभाव र क्रान्तिकारी उद्देश्यप्रति तिनीहरुको उच्च जिम्मेवारीबोधमा निहित हुन्छ । यो उच्चस्तरको चेतनाको कारणले तिनीहरु क्रान्तिको हितलाई पहिलो स्थानमा राख्न, आफ्ना स्वार्थहरुलाई क्रान्तिको अधीनमा राख्न र पार्टी अनुशासन संरक्षण गर्नका लगि जीवन बलिदान गर्न पनि नडराउने बन्छन् । परिस्थिति जतिसुकै कठीन भए पनि यो उच्चस्तरको चेतनाका कारणले तिनीहरु “कठीनाइ र मृत्युबाट नडराउने” र पार्टी अनुशासनलाई दृढतापूर्वक लागु गर्ने बन्छन् र पार्टी नेतृत्वबाट अलग भए पनि, तिनीहरुलाई रेखदेख गर्न वरिपरि कोशी नभए पनि तिनीहरु आफै पार्टी अनुशासनप्रति स्व–आग्रही बन्छन् र त्यसलाई सचेत ढङ्गले मान्ने हुन्छन् । पार्टीका गोप्य कुराहरुलाई जोगाउने मामलामा निर्मम यातनासामु पुरा दृढ रहेर लिउ हुलान कसैले हल्लाउन नसक्ने ठहरिइन्, र पार्टीको हितको रक्षा गर्दै बहादुरीपूर्वक दुश्मनको चङ्गुलबाट आफनो बलिदान स्वीकारिन् । लडाइँको मैदानको अनुशासनलाई सम्मान गर्दै स्वयंसेवक सेना लुकेको ठाउँलाई गोप्य राख्न दन्केको आगाको ज्वालाले पिल्स्याउँदा पनि चिउ शाओ–युन निश्चल भए र चुप लागेर बसे । लडाइँका कामलाई सफलतापूर्वक सम्पन्न गर्ने कुराको सुनिश्चितता गर्न उनले आफ्नो जीवन बलिदान गरे । यी क्रान्तिकारी शहीदहरुबाट प्रेरणा लिएर कम्युनिष्ट पार्टीका सबै सदस्यहरुले निष्ठापूर्वक मार्क्सवादी–लेनिनवादी शास्त्रीय सामाग्रीहरु र माओका कृतिहरु अध्ययन गर्नुपर्दछ, तिनीहरुको वैचारिक चेतना उठाउन प्रयत्न गर्नुपर्दछ, तिनीहरुको सर्वहारावादी पार्टी स्पिरिटलाई बलियो बनाउन र पार्टी अनुशासनलाई सचेत ढङ्गले सम्मान गर्ने नमुनाको रुपमा काम गर्नुपर्दछ । पार्टी अनुशासनको सम्मान गर्न हामी सबैले यसको अपमान गर्ने व्यवहारको विरोध गर्नुपर्दछ । सबै कम्युनिष्टहरु पार्टीको अडानमा बाँधिनु पर्दछ र निडर हुने क्रान्तिकारी स्पिरिट प्रदर्शन गर्नुपर्दछ । तिनीहरु सर्वहारा वर्गको क्रान्तिकारी सिद्धान्तमा बाँधिनु पर्दछ, पार्टीमा घुसेका बुर्जुवाका एजेण्टहरुले पार्टीलाई ध्वंश गर्ने षडयन्त्रहरुका विरुद्ध संघर्ष गर्नुपर्दछ र पार्टी अनुशासनका विरुद्ध हुने सबै कामहरुको विरोध गर्नुपर्दछ । एउटा कम्युनिष्टमा यो भाव छ कि छैन भन्ने कुराले उसको पार्टी स्पिरिटको सबल र दुर्बल पक्ष देखाउँछ । हाम्रो पार्टीमा “आफुलाई व्यक्तिगत रुपमा असर गर्दैन भने कुराहरु अगाडि बढ्न दिने”, “गलत के हो भन्ने सबै कुरा बुझेर पनि थोरै भन्दा थोरै बोल्ने” अथवा “शब्दले बाठो हुन खोज्ने, सुरक्षित खेल खेल्ने र दोषबाट छलिन मात्र खोज्ने” जस्ता पार्टी अनुशासनसँग मेल नखाने गरी सधैं उदारवादी धारणा राख्ने कमरेडहरु पनि छन् । यो जसरी आगोसँग पानी मिल्दैन त्यसरी नै कम्युनिष्टहरुको क्रान्तिकारी स्वभावसँग नमिल्ने अत्यन्त विकृत र बुर्जुवाहरुको कुहिएकोे शैली हो । पार्टी अनुशासनलाई अपमान गर्ने कामका विरुद्ध हामीले संघर्ष गर्दैनौं भने, हामीले त्यसको खरो विरोध गर्दैनौ भने, तिनीहरुप्रति उदारवादी रबैया अपनाउँछौं भने हामीले असलबाट खराबलाई छुट्याउन नसक्ने, हानीकारक कार्यशैली फैलिन दिने र यसरी पार्टीको हितलाई नोक्सान पुर्याउने खतरा निम्त्याउने छौँ । कम्युनिष्टले कसरी व्यवहार गर्नुपर्छ भन्नेबारे माओले हामीलाई सिकाउनु भएको छ, “सधैँ र जहाँ पनि उ सिद्धान्तसँग जोडिनु पर्दछ र सबै गलत विचार र कामहरुका विरुद्ध उसले अथक संघर्ष गर्नुपर्दछ …।” हामीले यस्तो क्रान्तिकारी स्पिरिट देखाउनु पर्दछ र पार्टीको अनुशासनको रक्षा गर्न संघर्ष गर्नुपर्दछ ।
पार्टी अनुशासनलाई सम्मान गर्नका निमित्त हरेक कम्युनिष्टले, विशेषतः विभिन्न तहका नेतृत्वदायी कमरेडहरुले सचेत ढङ्गले जनताको आलोचना र नियन्त्रणलाई स्वीकार्नु पर्दछ । हाम्रो राज्य सर्वहारा वर्गको अधिनायकत्वको समाजवादी राज्य हो, श्रमजीवि वर्ग, गरीब तथा मध्यम किसान र आम मेहनती जनता यसका मालिक हुन् र तिनीहरुसँग पार्टी र राज्यका विभिन्न तहका कार्यकर्तामाथि क्रान्तिकारी नियन्त्रण लागु गर्ने तागत रहन्छ । तर, पार्टीभित्र वा बाहिरका जनताले आफ्नो टिप्पणी राख्दा त्यसलाई थेग्न नसक्ने सानो संख्यामा केही कार्यकर्ताहरु रहेका हुन्छन् । यी कार्यकर्ताहरु आलोचनालाई दबाउने र बदला लिने हदसम्म पनि जान्छन् । यसलाई पार्टी अनुशासनले अनुमति दिदैन । हामीले पार्टी अनुशासनको विरोधमा खडा हुने यस्ता गतिविधिका विरुद्ध गर्नुपर्ने कठोर संघर्षको प्रश्नलाई दुई–लाईन संघर्षको उच्च तहबाट हेर्नुपर्दछ ।

१पश्चगमन र यथास्थिति भन्दा, अग्रगमन सहित स्वाधीनता र स्वतन्त्रता हासिल गर्न आन्दोलन गरौं : धर्मेन्द्र वास्तोला ‘कञ्चन’
२कमरेड बसवराजको बलिदान खेर जाने छैन
३जेन—जी, ‘विद्रोह !’ परिणाममा के ?
४जेनजी विद्रोह जनअसन्तोषको ऐतिहासिक विस्फोट : नेकपा (बहुमत)
५वैज्ञानिक समाजवादका लागि नयाँ आन्दोलन आवश्यक : नेकपा (बहुमत)
प्रतिक्रिया