News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

जेनजी आन्दोलन र अबको चुनाव बहिष्कार

डि.बि.सर्वश्रेष्ठ
समाजको प्रत्येक ऐतिहासिक मोडमा नयाँ पुस्ता जन्मिन्छ । जसले पुरानो अन्याय र भ्रमको भित्तालाई धक्का दिन्छ । आजको पुस्ता जेनजी डिजिटल युगको विद्रोही पुस्ता हो । यसले सूचनाको आँधीमा आँखा खोलेको छ र संसारका प्रत्येक अन्यायलाई एक क्लिकमै देख्न थालेको छ ।
तर प्रश्न यो छ की यो ऊर्जा केवल अनलाइन क्रोध हो ? वा क्रान्तिको बीउ हो ? के चुनावमा भाग लिनेहरू नै परिवर्तनका वाहक हुन् ? वा चुनावको बहिष्कार नै नयाँ चेतनाको उद्घोष हो ? आजको दिनले यही प्रश्नको उत्तर खोजरहेको छ ।
लेनिनले एक शताब्दी अघि चेतावनी दिएका थिए ‘पुँजीवादी राज्यका चुनावहरू केवल जनतालाई शान्त राख्ने नशा हुन् ।’ आज पनि चुनाव जनताको निर्णय होइन । पुँजीको पुनर्स्थापनाको उत्सव हो । संसारका हरेक देशमा मतपेटिका पूँजीको हातमा छ । नेपाल, भारत लगाएत धेरै देशहरुमा चुनाव अब श्रमिकको उत्सव नभएर धनी वर्गको नाटकघर बनेको छ । चुनाब जनताको लागि नभई दलाल वर्गको उत्सवको रुपमा हुने भएकोले चुनावमा उनीहरुकै बढीे प्रचार सुनिन्छ । जसको हातमा पैसा र मिडिया छ उसकै भाषण सुनिन्छ ? जसको विज्ञापन बजेट बढी छ उसकै चहलपहल बढी हुँन्छ । लेनिनले यसैलाई बुर्जुवा लोकतन्त्रको भ्रम भनेका थिए । जहाँ पैसा मतभन्दा बलियो हुन्छ त्यहाँ लोकतन्त्र होइन पूँजीको अधिनायकत्व हुन्छ । त्यसैले जब मतपेटिका पूँजीको प्रयोगशाला बन्छ, त्यो बेला चुनावको बहिष्कार कमजोरी होइन, यो वर्ग चेतनाको जागरण हुन्छ । यस बारेमा तल बुँदागत छलफल गर्ने कोशिस गरिएको छ ।
१. जेनजी आन्दोलन : डिजिटल चेतनाको विस्फोट : जेन जि पुस्ता अब केवल भौतिक रुपमा मात्र सडकमा होइन डिजिटल आकाशमा पनि विद्रोह गरिरहेको छ । टिकटकको हाँसोमा पनि असन्तुष्टि छ , मेमहरूको व्यङ्ग्यभित्र पनि वर्गसंघर्षको स्वर छ । आज उठेका मुद्दालाई समाधान गर्न लेनिनले भने जस्तै स्वत स्फूर्त चेतना आवश्यक छ तर त्यसलाई राजनीतिक चेतनामा रूपान्तरण गर्नैपर्छ । त्यसैले यो पुस्ताको विद्रोहलाई अब सङ्गठित वर्ग चेतनामा रूपान्तरण गर्न जरुरी छ ।
२. किन बहिष्कार ? : किनभने सत्ता अब जनताको होइन संसद अब जनताको मन्दिर होइन, यो ठेकेदार र दलाल वर्गको कम्पनी बनिसकेको छ । जुन पार्टी जनताको नाउँमा उठ्छ उही पार्टी अन्तत पूँजीको सेवक बन्छ । लेनिनले भनेका थिए जब जनतालाई भ्रममा पारिन्छ । बहिष्कार नै जनताको राजनीतिक आत्मरक्षा हो । त्यसैले मतदान गर्न नजानेको अर्थ निष्क्रियता होइन यो चेतनाको घोषणा हो । हामी शोषणको खेलमा सहभागी हुँदैनौं ।
३. जेनजी आन्दोलन र नयाँ संगठनको आवश्यकता : क्रान्ति केवल भावनाले होइन अन्यायको विरुद्धको आधी हो । जेनजी आन्दोलन विद्रोह हो तर राजनैतिक बिचार र नेतृत्व बिहिन भयो । त्यसैले एन्जीओ आइएन्जीओको हातमा सत्ता पुग्यो । बिद्रोह उपल्ब्धी बिहिन बन्न पुग्यो र दलालहरुले सिर उठाए । यस पछाडि खास गरी जेनजी पुस्ताको स्पस्ट सोच, दृष्टिकोण र साँगठनिक संरचना प्रमुख कारण बन्न गयो । अब आवश्यक छ विद्यार्थी श्रमिक र बेरोजगार युवाहरूको साझा मोर्चा डिजिटल प्लेटफर्मबाट भौतिक आन्दोलनतर्फको रूपान्तरण शैक्षिक आर्थिक र सामाजिक अन्यायविरुद्धको वैज्ञानिक कार्यदिशा । त्यसैबाट जन्मिन्छ नयाँ समाजवादी संगठन जहाँ प्रत्येक सदस्य विचार र कार्यमा एकजुट हुनु पर्छ र पुरानो व्यावस्थाको विरुद्ध नयाँ व्यावस्था खडा गर्न जरुरी छ ।
४. बहिष्कार नयाँ निर्माण : बहिष्कारको रणनीति भनेको पुरानो ढाँचा भत्काएर नयाँ निर्माण गर्नु हो । बहिष्कार केवल मत नहाल्ने कार्य मात्र होइन यो त सिस्टमको औचित्य अस्वीकार गर्ने राजनीतिक कदम हो । जब जनता भन्छ “हामीलाई अब यी पार्टीहरू चाहिँदैन नयाँ गर्नु पर्छ अनि यो वेला विदेशी दलालहरुले षड्यन्त्र गर्न सक्छन् । तसर्थ त्यसलाई क्रस गरेर नयाँ व्यावस्था चाहिन्दै भन्ने अवस्थामा पुर्याउनु पर्छ र त्यो नै नयाँ युगको सुरुवात हुन सक्छ । लेनिनको भाषामा पुरानो राज्यलाई सुधारेर होइन, विस्थापन गरेर मात्र नयाँ समाज जन्मिन्छ । त्यसैले बहिष्कारको अर्थ विध्वंस होइन यो नयाँ निर्माणको तयारी हो ।
५. भ्रमको भित्तो तोडौं : सत्ताधारी वर्गका बुद्धिजीवीहरू भन्छन् “चुनावमा भाग नलिए देश कमजोर हुन्छ । तर उनीहरूलाई थाहा छैन देशलाई कमजोर बनाउने शक्ति त्यही भ्रष्ट व्यवस्था हो । लेनिनले स्पष्ट भनेका थिए, कहिलेकाहीं संसद उपयोगी हुन्छ । तर जब संसद पूँजीको किल्ला बन्छ त्यसलाई भत्काउने बाटो नै बहिष्कार हो । त्यसैले बहिष्कार भनेको पलायन होइन । यो नै इतिहास परिवर्तनको प्रथम चरण हो । हामी अब इतिहास निमाण गर्न एकताबद्ध भएर नयाँ चेतनाको मार्ग वैज्ञानिक समाजवादतर्फ लाग्नु पर्छ । अब केवल नारा र हुलको राजनीति पर्याप्त छैन । अब आवश्यक छ वैज्ञानिक समाजवादको कार्यदिशा । लेनिनले बताएका थियो — वर्ग संघर्षलाई वैज्ञानिक सिद्धान्तमा रूपान्तरण नगरेसम्म क्रान्ति केवल सपना मात्र रहन्छ । त्यसको उधारण भनेको भदौ २३/२४ गतेको उपलब्धि बिहिन क्षेति हो । अब जेनजी पुस्ताले विज्ञान र चेतनाको मेल गर्नुपर्छ । तर्क र तथ्यमा आधारित बिचारमा संगठित भएर ज्ञान र श्रममा आधारित नेतृत्व प्रक्रियामा लाग्नु नै नयाँ समाजवादको आधार निमाण गर्नु हो ।
६.नयाँ बिहानको उद्घोष : उत्पीडित जनताको जुन आवाज उठ्छ त्यो केवल साहित्यिक स्वर होइन बिद्रोहको आवाज हो । त्यो परिवर्तन गर्ने कदमको घोषणा हो । यो घोषणाले अब पुरानो आततायी राज्य, पुराना दल र झूटका ढाँचा इतिहासको कचौरीमा सिमित गर्छ । किनकि विद्रोहको बलमा मात्र नयाँ युग वैज्ञानिक समाजवादी व्यवस्थाले जन्माउछ । जहाँ श्रमले सम्मान पाउँछ, उत्पादन जनताको हातमा हुन्छ, शिक्षा र स्वास्थ्य नाफाको होइन, अधिकारको विषय हुन्छ । समाजमा जात, धर्म, लिंग वा वर्गको भेद हुँदैन । त्यो समाजमा राज्य जनता होइन, जनता राज्य हुन्छ । त्यो समाज नै नयाँ पुस्ताको सपना हो ।
निष्कर्ष : जेनजी पुस्ता अब तिमीहरूको हातमा इतिहास लेख्ने कलम छ । संसारले पर्खिरहेको छ के तिमीहरू पुँजीको भ्रममा हराउनेछौ ? वा वैज्ञानिक समाजवादको नयाँ बिहान लेख्नेछौ ? चुनावको भोटपेटिका अब मुक्तिको प्रतीक होइन, यो अब दलाल वर्गको चिहान हो । त्यसलाई अस्वीकार गर्नु भनेको अन्धकार होइन यो त नयाँ बिहानी उदाउने क्षण हो । आज त्यो क्षण आएको छ । अब उठ जेनजी ! अब बोल, श्रमिक वर्ग ! अब जाऔँ किसान र कवि बिद्रोहको स्वरमा र भनौं हामी पुरानो आततायी राज्यलाई अस्वीकार गरौ । हामी नयाँ वैज्ञानिक समाजवादी युगको शपथ गरौ र वैदेशिक दलालहरुको चलखेललाई परास्त गर्दै नयाँ युगको निमाण गरौ ।

प्रतिक्रिया