
१निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
२चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
३चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
४कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
५पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
६चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
७बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
८अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
९इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
१०मध्यपूर्वमा भएका नेपालीहरुको सुरुक्षा र स्वदेश फिर्तीमा ध्यान देऊ : नेकपा(बहुमत)
११ईरान संकट : सर्वोच्च नेता समेत मारिए
१२काभ्रेबाट नेकपा(बहुमत)का पाँचखाल इन्चार्ज पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३३१औँ जनयुद्ध दिवसमा नेकपा (बहुमत) को वक्तव्य : वैज्ञानिक समाजवाद नै निकासको आधार
४नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
६नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८जनयुद्ध, जनमुक्ति सेना र आजको राजनीतिक निकास
९फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
१०अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
११नेकपा (बहुमत) दाङ जिल्लाको पाँचौँ पूर्ण बैठक सम्पन्न
१२बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
नेपालको राजनीति एक जटिल मोडमा उभिएको छ । एकातिर फागुन २१ मा हुने निर्वाचन पुर्व निर्धारित समयमा नै हुने संघारमा छ भने अर्कोतिर कैयौँ पार्टीहरु यो निर्वाचनको बहिष्कार वा खारेजीमा छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोनलनको जगमा बनेको सरकार जसरी पनि निर्वाचन गर्ने सोचमा छ भने जेनजी आन्दोलनमा सहभागी केही समूह र पार्टीहरु यो निर्वाचन रोक्ने प्रक्रियामा छन् । निर्वाचनको बहिष्कार वा खारेजीमा रहेका पार्टी र समूहहरुलाई सरकारले गिरफ्तार गर्ने र हिरासतमा राख्ने काम गरिरहेको छ भने निर्वाचन खारेजी अभियानमा लागेका दलहरु सरकारको उक्त कदमलाई अभिव्यक्ति स्वतन्त्रता र राजनीति गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको उपहास भएको भन्दै उक्त कदमको निन्दा गरिरहेका छन् । निर्वाचन खारेजीको लागि भन्दै गत फागुन ५ गते नेपाल बन्द गरेको नेपाल कम्युनिष्ट पार्टी(बहुमत)का महासचिवलाई सोही दिन काठमाण्डौबाट सरकारले पक्राउ गरि हिरासतमा राख्यो । बन्दी प्रत्यक्षीकरणको रिट पश्चात सर्वोच्च अदालतले उनलाई छोड्न आदेश गरेपछि उहाँ पार्टीको नियमित काममा फर्किनु भएको छ । यसैबिच नेता कार्यकर्ताहरुको गिरफ्तारी, आसन्न निर्वाचन र राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिबारे जनमेल डट कमले नेपाल कम्युनिष्ट पार्टी(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सँग महत्वपूर्ण अन्तर्वार्ता लगेको छ । प्रश्तुत छ उक्त अन्तर्वार्ताको सम्पादित अंश :
जनमेल : जनमेल डट कममा यहाँलाई हार्दिक स्वागत छ ।
♦ धन्यवाद
जनमेल : केही समय अगाडि तपाईलाई सरकारले पक्राउ गरेर बन्दी बनायो । पक्रनु नै पर्ने के थियो त्यस्तो कारण ?
♦ नेपाली जनतालाई जानकारी भएको विषय हो, अहिले सरकार चुनावको पछि लागेको छ । हाम्रो पार्टी लगायत केही पार्टीहरु त्यसको बहिष्कार, खारेज वा अवज्ञा गर्दै आएका छन । त्यहीक्रममा हाम्रो पार्टीले हुन गईरहेको निर्वाचन खारेज गर्न राष्ट्रिय एकता प्रदर्शनका लागि नेपाल बन्दको आह्वान गरेको थियो र त्यो बन्दमा जसरी निर्वाचनका विरुद्ध जनमत प्रकट भयो त्यसबाट सरकार अत्तालियो र ६ पार्टीका नेताहरुलाई गिरफ्तार गर्ने जमर्को अन्तर्गत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगाएत हाम्रो पार्टीका केन्द्रीय सदस्यहरु र अरु पार्र्टीका कार्यकर्ताहरु समेतलाई गिरफ्तार गर्यो ।
यतिबेला गिरफ्तार गर्नु पर्ने कारण थिएन । बन्दमा निर्वाचनका विरुद्ध जनमत प्रकट भएपछि वार्ता गरि निर्वाचन बारे समस्या समाधान गर्नु पर्थ्यो । हामीले स्पष्ट गर्दै आएका छांै, वर्तमान संविधानबाट देशमा राजनीतिक स्थिरता आउन सक्दैन । जनताको आर्थिक समृद्धि सम्भव छैन । त्यसकारण राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता सुनश्चित गर्ने संविधान बनाउँ अनि निर्वाचन गराँै । यी कामहरु गर्न छाडेर सरकारले गैरकानुनी बाटो अपनायो । राष्ट्रको हितमा बोल्न पाउने संविधान प्रदत्त अधिकारको हनन गर्दै गिरफ्तार गर्यो ।जनमेल : तपाईलाई सर्वोच्चले छोड्न आदेश गरेपछि तपाई त छुट्नु भयो । तर देशैभरी तपाईको पार्टीका नेता कार्यकर्ताहरुलाई सरकारले पक्रिरहेको छ । घर कोठाहरुमा गएर परिवारका सदस्यहरुमा एक प्रकारको आतंक सिर्जना गरिरहेको छ । यसमा के भन्नुहुन्छ ?
♦ सर्वोच्च अदालतको आदेशले छुटियो । तर सरकारले हाम्रो पार्र्टी लगायत केन्द्रीय संयुक्त संघर्ष समितिमा रहेका पार्टीका नेता र कार्यकर्ताहरुलाई निगरानी गर्ने, गिरफ्तार गर्ने गर्दै आएको छ । यो गैरकानुनी छ र यो प्रक्रिया तुरुन्त रोकिनु पर्छ भन्ने हाम्रो माग छ ।
जनमेल : देशमा निर्वाचनको माहोल चलिरहेको छ, चुनाव हुने करिब पक्का पक्की जस्तो देखिन्छ । तपाईको पार्टीको चुनाव सम्बन्धि धारणा के छ ?
♦ यो निर्वाचन विगतमा जस्तो सामान्य अवस्थामा भईरहेको छैन । अहिले राष्ट्रियताको गम्भीर समस्या छ । देशको स्वाधीनता र स्वाभिमानको कुरा पनि छ । चुनाव गर्ने हल्लाका बाबजुद सरकार र पार्टीहरु आजका मिति सम्म चुनाव गर्ने वा नगर्ने अन्योलको अवस्थामा छन् । यो अवस्थामा निर्वाचन स्थगित गरौँ, स्वाधीन संयुक्त सरकार गठन गराँै, संविधानमा भएका समस्याहरु समाधान गरौँ अनि चुनावमा प्रतिस्पर्धा गरौँ भन्ने हाम्रो भनाई हो ।
जनमेल : तपाईको पार्टीले चुनाव खारेज भनिरहेको छ । चुनाव खारेज गर्नुपर्ने किन ? यस पछाडिका तथ्य र कारणहरु के हुन ? बताईदिनु हुन्छ की ?
♦ यो चुनावमा जेनजी आन्दोलनको प्रतिनिधित्व गरेको भनिएको पार्टीले होस वा विगतमा भईरहेका पार्टीहरुले जसले सरकार बनाउने गरि निर्वाचित भएपनि देशको स्वाधीनतामा गम्भीर आँच आउने छ, त्यसले देशलाई अरु समस्यामा लैजाने छ । यो अवस्थामा नेपालका सबै पार्टीहरुले आसन्न निर्वाचन खारेज वा बहिष्कार गर्नुपर्ने थियो ।
यो निर्वाचन खरेज किन भन्ने सवालमा तमाम कारणहरु छन् । त्यसबारे धेरै ठाँउमा प्रकाश पारिसकेका छौं । यहाँ यति भन्नु आवश्यक छ कि यसले देशलाई अरु संकट तिर लैजादैछ, क्षेत्रीय सन्तुलन खल्बल्याउने खतरा छ, जुन जुन पार्टीको सरकार बने पनि एसपीपी भित्र्याउने गरी संविधानमा परिवर्तन हुने खतरा छ । देशमा साम्राज्यवादी युद्धको खेलमैदान बनाउने खतरा पैदा भएको छ ।
जनमेल : तपाईहरुले २०६४ पछाडिका सबै चुनावहरु बहिष्कार गरिरहनु भएको छ । यसरी तपाईहरु जनताको नेतृत्व गर्ने तहमा कसरी पुग्नुहुन्छ त ?
♦ हाम्रो उद्देश्य सधै भरी चुनाव बहिष्कार गर्ने होईन । हाम्रो उद्देश्य जनतालाई शासन गर्ने नेता जनताकै मतबाट निर्वाचित हुनुपर्छ बन्ने हो । संसदीय व्यवस्थामा शासक मनोनित हुने गर्दछ, निर्वाचित हुदैन । त्यसले पनि अस्थिरता निम्त्याउन मदत गर्छ । हो, हामीले राजनीतिक दृष्टिले जे भन्दै आएका थियौँ त्यही भएको छ । जतिबेला देखि हामीले चुनाव बहिष्कार गर्यौ र संविधानमा परिवर्तन गर्नुपर्ने मुद्धा उठायौँ त्यही समयमा सर्वपक्षिय बहस गरी समाधान निकालेको हुन्थ्यो भने अहिलेका समस्याहरु आउने थिएनन् ।
जहाँसम्म नेतृत्वमा पुग्ने कुरा छ, एकदिन हामी पनि नेतृत्वमा पुग्ने नै छौँ । तर त्यो समाज अहिलेको दलाल पुँजीवाद भन्दा फरक हुनेछ, वैज्ञानिक समाजवादी हुनेछ ।
जनमेल : तपाई हिरासतमा भएको बेला फागुन ९ गते प्रधानमन्त्री सुशिला कार्कीले चुनाव बहिष्कार गर्ने पार्टीलाई संगठन नभएका, चुनाव लड्न नसक्ने, जनताले विश्वास नगरेका, बहिष्कारलाई चन्दा उठाउने हतियार बनाएको भनी टिप्पणी गरेकी छन् । यस विषयमा तपाईको धारणा के छ ?
♦ सुशिला कार्कीको सरकार कठपुतली हो । केन्द्रीय संघर्ष समितिले यो तथ्य उजागर गरेपछि पोखेको झोक हो उनको । जनताको पक्षमा हुने संविधान बनाएर चुनावमा जाउन कसको भोट कति आउदो हरेछ, कसलाई जनताले पत्याउदो रहेछ अनि हेराँैला नि ।
जनमेल : चुनाव बहिष्कार गर्न तपाईको पार्टी लगाएत केही अन्य कम्युनिष्ट पार्टीहरुको संयुक्त संघर्ष समिति बनेको थियो । यो समितिले चुनाव बहिष्कारलाई कसरी सोचिरहेको छ ?
♦ संघर्ष समितिले बहिष्कारका लागि जनतालाइ अपिल गर्ने हो । त्यो गरेको छ । अहिले देशका सबै पार्टीहरु चुनाव गर्ने वा नगर्ने दुविधामा छन । हाम्रो सोचाई छ कि चुनाव स्थगित होस । स्वाधीन संयुक्त सरकार स्थापना होस । राजनीतिक प्रणालीलाई लयमा ल्याएर मात्र चुनाव होस ।
जनमेल : अहिले तपाईहरुको पार्टी एक प्रकारले भूमिगत जस्तो भएको छ । भूमिगत मात्र भएर तपाईका राजनीतिक एजेण्डा जनताको बिचमा कसरी पुग्छन त ?
♦ हाम्रो पार्टी भुमिगत होईन । निर्वाचन कार्यालयमा दर्ता नगरिएको मात्र हो । हाम्रो पार्टी वैकल्पिक राज्य प्रणाली सहित देशभर संगठनमा छ, जनताको बिचमा छ, राजनीतिक मुद्धाहरु गम्भीर प्रकारले उठाउदै आएको छ । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखिएका कैयौँ वैचारिक समस्या समाधान गरेको छ । हामीले उठाएका एजेण्डाहरु जनताको बिचमा पुगिरहेका छन् ।
जनमेल : तपाईको पार्टीले सोचेको राजनीतिक निकास के हो ? त्यो कसरी सम्भव देख्नुहुन्छ ?
♦ मैले यो अन्तरवार्ताको क्रममा माथि नै भनिसके, अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो । राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्रको प्रत्याभुति र जनजीवीकाको शुनिश्चितता हुने राजनीतिक प्रणाली बनाउनु तत्कालको राजनीतिक निकास हो । यो चुनावको स्थगन, स्वाधीन संयुक्त सरकार गठन, माथि उल्लेख गरिए जस्तै संविधानमा परिवर्तन गरेर सम्भव छ ।
जनमेल : तपाईहरुले सर्वपक्षीय राष्ट्रिय एकताको कुरा पनि गरिरहनु भएको छ । केही दिन अगाडि पुर्व राजाले पनि चुनाव अगाडि राष्ट्रिय एकता भनेका थिए । गत फागुन ५ गतेको तपाईले जारी गरेको वक्तव्यमा स्वाधीनताको लागि सबैसँग सहकार्य गर्ने भनिएको छ । यस्लाई कसरी बुभ्न सकिन्छ ?
♦ हामीले भनेको र नेपाली जनतालाई चाहिएको अग्रगामी राजनीतिक व्यवस्थाको लागि सर्वपक्षिय राजनीतिक एकता हो । यसमा देश एकताबद्ध हुन्छ भन्ने मलाई विश्वास छ ।
जनमेल : पछिल्लो समय काठमाण्डौंको टुडीखेलमा विदेशी सेनाहरुको परेडलाई देशको स्वाधीनता र भूराजनीति सँग कसरी विश्लेषण गर्नुहुन्छ ?
♦ यो राष्ट्रियताको सवालमा धेरै गम्भीर विषय हो । यहाँ धेरै कुराहरु अपारदर्शी छन् । भन्ने एउटा र गर्ने अर्को भईरहेको छ । त्यसले शासकहरुलाई अविश्वसनीय र नेपाललाई अस्थिर बनाएको पनि छ ।
जनमेल : पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिबारे तपाई र तपाईको पार्टीको विश्लेषण के छ ?
♦ अन्तर्राष्ट्रिय परिस्थितिको कुरा गर्दा विश्व साम्राज्यवाद पतनको दिशामा तिव्र गतिमा बढ्को छ । पुँजीवाद पहिले देखी असफल हुदै आएको थियो र त्यो असफलतालाई सुधार्ने अनेक प्रयत्नका बाबजुद पछिल्लो समय प्रयोग गरिएको नवउदारवादी पुँजीवाद पनी पुर्ण रुपमा असफल भईसकेको छ । अन्तरसाम्राज्यवादी अन्तरविरोध टकरावमा छ । साम्राज्यवाद र विश्वका सर्वहारा श्रमजीवी र उत्पीडित जनता बिचको अन्तरविरोध चरम अबस्थामा पुगेको छ । अमेरिकी साम्राज्यवादले भेनेजुएला, इरानमा जे गरिरहेको छ, इजरायलले प्यालेस्टीनी जनतामाथि जसरी नरसंहार गर्दै आएको छ, अमेरिका र इजरायलले जसरी लेबनान र सिरियामा आक्रमण गर्दै आएका छन्, जसरी दक्षिण चीन सागरमा तनाव पैदा भईरहेको छ र जसरी कुरील टापुमा तनाव पैदा गर्न जापानलाई आणविक हतियारको होडबाजीमा धकेलिदैछ, नेपालमा एमसिसि पछि एसपिपिका लागी राज्य संयन्त्रलाई पंगु बनाइएको छ र जसरी अमेरिकी साम्राज्यवादले क्यानडा, ग्रीनल्याड, पानामा र भेनेजुएलालाई अमेरिकामा गाभ्ने हो हल्ला गरिरहेको छ, यसले साम्राज्यवादको पतनलाई नै देखाएको छ ।
जसरी दोस्रो विश्वयुद्धमा समाजवादी रुसको विजय र साम्राज्यवादी गठबन्धनको पराजय हुनुको परिणाम एसिया, अफ्रिका लगायतका सबै देशहरुबाट उपनिवेशवादको पतन भएको थियो र समाजवादी लहर उभारमा आएको थियो, त्यसैगरी अहिले हुने साम्राज्यवादको पतनले विश्वका सर्वहारा, श्रमजीवी, प्रगतिशील लगायत उत्पीडित जनताको विजय हुनेछ र विश्वमा समाजवादको नयाँ लहर संगै साम्यवादी युगको सुत्रपात हुनेछ ।
जनमेल : समय र संवादका लागि धन्यवाद
♦ धन्यवाद

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३३१औँ जनयुद्ध दिवसमा नेकपा (बहुमत) को वक्तव्य : वैज्ञानिक समाजवाद नै निकासको आधार
४नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
५महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
प्रतिक्रिया