
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
प्रिय जेनजीहरु तपाईंहरु सबैलाई रातो सलाम । सर्वप्रथम देशमा परिवर्तनको भावले लाग्नु हुने सबै जेनजी उमेर समूहका सदस्यहरुलाई देशमा आमूल परिवर्तन चाहने जेनवाई समूहको सदस्यको नाताले तपाईंहरु सबैलाई ह्रुदयदेखि नै धन्यवाद भन्न चाहन्छु तथा मृतक सहिदहरुप्रति श्रद्धाञ्जली र सहिद परिवारजनमा गहिरो समवेदना सहित घाइतेहरुप्रति शिघ्र स्वास्थलाभको कामना ब्यक्त गर्दछु ।
प्रिय सहिद जेनजीहरु तपाईंहरुले ऐतिहासिक र महत्वपूर्ण मृत्यु पाउनु भएको छ, यो एक आफैमा गौरव र सुनौलो अक्षरांकित इतिहास हो । यस्तो अवसर देश परिवर्तनका लागि कमै मानिसहरुले मात्र प्राप्त गर्ने गर्दछन् । त्यो तपाईंहरुको भागमा पर्यो र घाइते साथिहरु तपाईंहरुको सपनालाई अझै सगरमाथा जस्तै अटल, अजर, अमर र सम्झौताहीन बनाइराखनु हुनेछ भन्ने अपेक्षा लिएको छु ।
देशमा भएको भ्रष्टाचार र कुशासनका विरुद्ध आगो बनेर लड्नु भयो । यो ज्यादै महत्वपूर्ण विषय थियो तर तपाईंहरुको पवित्र उद्धेश्य माथि कुठाराघात गर्ने नियतले विभिन्न षड्यन्त्र, दाउपेच र खेलोमेलो भएको तपाईंहरुलाई पत्तो नै भएन । जसको परिणाम देशले लामो समयसम्म झेल्नु पर्नेछ । यस्ता किसिमका आन्दोलनको उद्धेश्यहरु प्रायः अन्य शक्तिबाट खोसिन्छन्, सायद यो आन्दोलनले पनि त्यही बाध्यता बेहोर्नु पर्नेछ ।
यसको उदाहरणका रुपमा हामीले श्रीलंका, बङ्गलादेश लगायतका अन्य देशहरुलाई लिन सक्दछौं । युवाहरुले देश र जनताका निमित्त देशभक्ति भाव देखाउनु, परिवर्तनको लागि योगदान गर्नु, भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्न खोज्नु सामान्य काम होइन, यो त जटिल, साहसिक, चुनौतीपूर्ण, दलाल तथा भ्रष्टहरुको बिरुद्धको लडाइँ थियो । जुन बलिदानीपूर्ण चुनौतीमा दलाल तथा भ्रष्टहरुको हार र तपाईंहरुको जीत मात्र नभएर सिङ्गो देशले जितेको छ ।
जनताको सिपाही हुनुको नाताले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको दृष्टिकोणबाट हेर्दा यो बिद्रोह सही त छ तर अपुग छ । यदि हामीले साँच्चिकै देशमा आमूल परिवर्तन गर्ने हो भने भ्रष्टाचार र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारा मात्र सम्बोधन गरेर पुग्दैन । हामीले यो कुरा भुल्न हुन्न कि भ्रष्टाचारको श्रोत दलाल पूँजीवादी संसदीय व्यवस्था हो । भ्रष्टाचार दलाल पूँजीवादी संसदीय व्यवस्थाको एक अभिन्न अङ्ग जस्तै हो अथवा यो व्यवस्थाको उपज भ्रष्टाचार हो । यो व्यवस्थाको जगमै भ्रष्टाचारको भ्रुण हुन्छ ।
पहिलो कुरा, राष्ट्रिय स्वाधीनताको मुद्दालाई दह्रोसँग पकड्नु पर्छ । यदि यो मुद्दालाई हामीले ध्यान दिएनौं भने बिद्रोह पश्चात् वैदेशिक हस्तक्षेप हुनसक्ने खतरा हुन्छ र वैदेशिक घरेलु दलालहरुको हातमा सत्ता सुम्पनु पर्ने खतरा हुन सक्दछ, जसबाट देशमा यस्थास्थिति अथवा प्रतिगमनले ठाउँ पाउँछ । जुन आधारभूत जनताका निमित्त ठूलो धोका हुन पुग्दछ ।
दोश्रो कुरा, जनताको शासन व्यवस्थाका निमित्त ध्यान दिनु पर्दछ । बिद्रोह पश्चात् जनताको शासन व्यवस्था ल्याउन सकिएन भने सत्ता पश्चगमनकारी वा यथास्थितिवादीहरुको हातमा पुग्नेछ । जसले आम जनताको भविष्यलाई अन्धकारतिर धकेल्न पुग्दछ र सन्निकट भविष्यमै फेरि अर्को क्रान्ति वा बिद्रोहको जरुरत पर्दछ । यदि व्यवस्थालाई बदल्न सकेनौं भने त्यो सत्ताले जनचाहना अनुरुप कुनै पनि कार्य गर्न सक्दैन । यस्तो सत्तामा जनताहरुको असन्तिुष्ट चुलिँदै जान्छ । उक्त असन्तुष्टि कुनै पनि समय बिद्रोहमा परिणत हुन सक्दछ । दीर्घकालीन शान्ति, उच्च समृद्धि तथा स्थायित्वका लागि जनताको सत्ता निर्माणमा विशेष ध्यान दिन जरुरी छ । यस्तो विषम परिस्थितिमा जनताको सत्ता भनेर वैज्ञानिक समाजवादी वा वास्तविक गणतन्त्र भनेर बुझ्न आवस्यक छ । वास्तविक जनताको सत्ता प्राप्तिका निमित्त बिद्रोहको आवस्यकता छ । क्रान्ति तथा बिद्रोहलाई जनताको सत्तामा बदल्न र दीर्घकालीन रुपमा टिकाइ राख्नका निमित्त सहि बिचार, सिद्धान्त र दर्शनलाई व्यवहारमा लागु गर्ने नेतृत्व सहित जनताको संगठन र सेना आवस्यकता पर्दछ ।
तेस्रो कुरा, जनताहरुको जनजीविका वा जनजीवन कस्तो बनाउने भन्ने कुरा सत्ताको चरित्रमा भर पर्दछ । यदि सत्ता जनमुखी, समाजवादी तथा सामूहिकतामा आधारित भएको खण्डमा जनताको जनजीवन सरल, सहज, उच्च समृद्धि र दीर्घकालीन शान्ति प्रदान गर्ने हुन्छ । यदि होइन भने कोरा कल्पनामा मात्र सिमित हुन्छ ।
यस जेनजी बिद्रोहलाई आलोचनात्मक चेतबाट हेर्दा विचार, दर्शन र सिद्धान्त सहितको संगठन र आफ्नो सेनाको अभाव भएको पाउन सकिन्छ । यदि यी कुराको पूर्णता हुन्थ्यो भने सत्ता सजिलै कब्जा हुन्थ्यो र विश्वलाई शिक्षा दिन लायक बिद्रोह हुन्थ्यो, जुन सेप्टेम्बर ८ तारिकले चर्चित रहन पुग्थ्यो । यसमा म सुझावको रुपमा संगठन र सेनाको महत्वको बारेमा बुझ्न आग्रह गर्दछु । किनकी संगठन जनबल वा शक्ति हो । यदि यस आन्दोलनमा प्रशिक्षित संगठन र सेना मात्र भैदिएको भए चिज अर्कै ठाउँमा जाने थियो, ताकी ‘नयाँ बोतलमा पुरानो रक्सी’ भने जस्तो हुने थिएन । अहिलेको एकाइसौं सताब्दीको आवश्यकता, जनचाहना अनुरुपको शासन सत्ता हुने थियो भने जुन अहिलेको युवा पंक्तिमा जसरी संगठन, पार्टीप्रतिको वितृष्णा र भ्रम छ, यसको अन्त्य हुन्थ्यो जुन अति जरुरी छ ।
अन्त्यमा तपाईं प्रिय जेनजीहरुले उठाएको माग जनताको पक्षबाट हेर्दा जायज र उत्कृष्ट छन् । तर आमूल परिवर्तनका लागि यी मागहरुले मात्र सम्बोधन गर्न सक्दैन किनकी अहिलेको आवश्यकता भनेको अवस्था नभै व्यवस्था परिवर्तन हो । व्यवस्था नबदलेर अवस्था बदल्न सकिन्न । जुन कुरा अपरिहार्य र अनिवार्य बनेको छ । त्यसैले आजको देशको शासन व्यवस्थालाई भत्काइ नयाँ र वैज्ञानिक शासन व्यवस्था ल्याउन जरुरी छ, जसरी बिहानीको किरणले उज्यालोको प्रत्याभूत गराउदँछ ।
यो वैज्ञानिक समाजवादी व्यवस्स्था मात्र हुन सक्दछ । तपाइर्हंरुले उठाउनु भएको जायज माग भन्दा पनि अझ उत्कृष्ट माग नेकपा (बहुमत) ले उठाउँदै आइरहेको छ, जसमा तपाईंहरुसँग धेरै मत मिल्दछ । बिगत लामो समयदेखि दीर्घकालीन शान्ति र समृद्धिका निमित्त नेकपा (बहुमत) संघर्षरत छ, जस अन्तरगत जनसंघर्षलाई अगाडि बढाउँदै आएको छ । नेकपा (बहुमत) ले व्यवस्था परिवर्तनका निमित्त स्वाधीन संयुक्त अस्थायी सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, शिक्षा र स्वास्थ्य निःशुल्क, जन्मसिद्ध जमिनको अधिकार, २०४६ यता पदासिन उच्च व्यक्तिहरुको सम्पत्ती छानबिन तथा राष्ट्रियकरण लगायत मागहरु राखेको छ र जनताको प्रिय मुद्धा उठाएर जनसंघर्षमा जुटिरहेको जनताको एक मात्र हालसम्मको क्रान्तिकारी पार्टी नै नेकपा (बहुमत) पार्टी हो । हामीले भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको (दलाल संसदीय पूँजीवादी व्यवस्था भित्र रहेर होइन) एजेन्डामा केही प्रावधानहरु छन् । जस्तै : वास्तविक गणतन्त्रका निमित्त दलाल पूँजीवादी संसदीय व्यवस्था अन्त्यका लागि संसद तथा संविधान विघटन र अन्तरिम स्वाधीन संयुक्त अस्थायी सरकार निर्माण गरि विज्ञ सहितको मन्त्रिमण्डल गठन र जनताको संविधान लेखन भनेका छौं, जुन अहिलेको परिस्थितिमा जायज कुरा हो ।
प्रिय जेनजी तपाईंहरुसँग यो अर्थमा पनि सहकार्य जरुरी छ कि देश हामी सबै मिलेर मात्र बनाउन सक्दछौं । देशको भविष्य तपाईं र हामीहरु हौं । यो देशको चम्किलो तारा तपाईंहरु हुनुन्छ । यो देशको भविष्य तपाईंहरुको हातमा छ । हाम्रो देश नेपालको प्राकृतिलाई हँसाउन सक्ने ताकत, क्षमता तपाईं हामीसँग मात्र छ, जो हामी देशमा आमूल परिवर्तन चाहन्छौं र देशका निम्ति हाँसीहाँसी पवित्र मनले सहिद हुन तयार भएका छौं । यो देशमा स्वाधीनताको लडाइँ र सीमानाको रक्षा हामीले मात्र गर्न सक्दछौं ।
सगरमाथामा लाग्ने दाग हामीले मात्र पुछ्न सक्दछौं । देशको माटोलाई सुन्दर फुलबारीमा बदल्न सक्दछौं । त्यसैले देशमा राष्ट्रिय स्वाधीनताका लागि जनताको व्यवस्था –वैज्ञानिक समाजवादी व्यवस्थाका लागि युगिन बिद्रोहको आवस्यकता छ । वैज्ञानिक समाजवादी व्यवस्था भएमा देश र जनताको सुनौलो भविष्य श्रमजीवी भुइँमान्छे, उत्पीडित, उपेक्षित, दमित, महिला, दलित, पिछडा वर्ग, अल्पसंख्यक, मधेसी, जनजाति आदि आधारभूत जनताहरुको मुहारमा खुसी र उच्च समृद्धि ल्याउन सक्दछौं । यो नै अबको बाँकी कार्यभार र दायित्व हो ।
(लेखक : नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा एकीकृत दलित मुक्तिमोर्चा, नेपालका संयोजक हुन् ।)



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया