News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

विश्व साम्राज्यवाद र वर्तमान परिस्थिति

२०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमाथि आक्रमण गरेर १२०० भन्दाबढी मानिस मारिए र करिब २५१ जना अपहरण गरेर शुरु भएको युद्ध चर्किदैँचर्किदँै गएर विश्वयुद्ध हुने हो कि भन्ने खतरा मडारिन थालेको छ । इजरायलले अहिलेसम्म ६० हजार प्यालेष्टिनीहरुको हत्या गरिसकेको छ । त्यसमा अधिकतम महिला र बालबालिकाहरू छन् । इजरायली साम्राज्यवादले त्यहाँ महिला र बालबालिकाको हत्या मात्र गरेको छैन । स्कूल, मस्जिद र अस्पतालहरुलाई निशाना बनाएको छ र पुरै बस्ती खण्डहरमा परिणत गरेको छ । त्यहाँका महिला, पुरुष, बालबालिका र जनताले खान पाएका छैनन् । भोकमरीले शरीर कंकालमा परिणत भएको छ । रोटी र पिठोको माग गर्दै जनताहरू सडकमा प्रर्दशनमा उत्रिएका छन् । हिटलरले लखेटेर भौतारिदँै भौतारिदैँ गरेका यहुदीहरुलाई प्यालेस्टिनीहरुले जेरुसेलममा शरण दिएका थिए । अन्ततः अमेरिकी साम्राज्यवादको आडमा कब्जा गर्दै पुरै प्यालेष्टिनी भूभाग कब्जा गरेर यासेर अराफतको नेतृत्वमा १९९३ सेप्टम्वर १३ मा ओस्लो सम्झौतापछि संयुक्त राष्ट्र संघले मान्यता दिएको थियो । गाजा स्ट्रिप र वेस्ट बैंकमा शासन गर्न दिइएको थियो । १९४८ देखि करिब ४५ वर्षको लामो लडाईँपछि मात्र गएर यो सम्झौता भएको थियो । त्यसपछि यता हमासको स्थापना भएदेखि इजरायली साम्राज्यवादसँग निरन्तर संघर्ष हुँदै यो अवस्थासम्म आएको सबैलाई जगजाहेर नै छ । अमेरिकी साम्राज्यवादको आडमा उसको प्रविधि र हातहतियारको बलमा इजरायली साम्राज्यवादले मध्यपूर्वका देशहरु इजिप्ट, सिरिया, जोर्डन, लेवनान, इराक र इरानजस्ता देशहरुमा निरन्तर युद्ध र आतङ्क मच्चाइरहेको छ । इजरायली साम्राज्यवादले गाजा स्ट्रिप र वेस्ट बैंकमा ७० हजारभन्दा बढी टन बम र मिसाइलहरू प्रहार गरिसकेको छ । ३ लाखबढी तोपखाना २०० भन्दाबढी उच्च सटिक मिसाइलहरू प्रयोग गरिसकेको छ । दैनिक १ हजारदेखि २ हजार तोपखाना गाजामा खसाल्ने गरेको छ । आधुनिक हतियारहरू हवित्स तोप, जिपिएस निर्देशित बम, क्रुज मिसाइल, अत्याधुनिक ड्रोनहरू, बंकरवस्टर बमहरू प्रयोग गरिरहेको छ । मानव सभ्यतालाई नै गिज्याउने गरि गरिएको यो आमनरसंहारले साम्राज्यवाद कति क्रुर र निर्दयी हुन्छ भन्ने कुरा छर्लङ्गै छ । यो युद्ध अब छद्म युद्धबाट खुला युद्धमा परिणत भएको छ । यसले गर्दा तेश्रो विश्व युद्धको खतराबारे बहसहरु भइरहेका छन् । संसारभरका न्यायप्रेमी जनसपुदायहरुले लण्डनदेखि फ्रान्स, जर्मनी, स्पेन, अमेरिका, क्यानडा, मध्यपूर्व टर्की, जोर्डन, लेवनान, इरान, एसिया, अफ्रिका, लेटिन अमेरिका मलेसिया, इण्डोनेसिया, ब्राजिल, अर्जेन्टिना र विश्वभरि नै ठूलाठूला प्रदर्शनहरु भइरहेका छन् । अमेरिकाका अधिकांश कोलम्बिया युनिभर्सिटी, युसी क्याम्पस क्यालिफोर्निया, यल युनिभर्सिटी, युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कले, हार्वर्ड युनिभर्सिटी, प्रिन्सटन युनिभर्सिटी, व्रोन युनिभर्सिटी, जर्ज वासिङ्टन युनिभुिर्सटी, युनभर्सिटी अफ साउदर्न क्यालिफोर्निया, ओहियो युनिभर्सिटी, इमोरी युनिभर्सिटी, इमर्सन कलेज, युनिभर्सिटी अफ टेक्सास, जर्जटाउन वासिङ्खटन, युएससि क्यालिफोर्निया आदि जस्ता विश्वविद्यालयहरू त संघर्षका र प्रदर्शनका केन्द्रबिन्दु नै बनेका छन् । दुईवटा विश्वविद्यालयमा संघर्ष उत्कर्षमा पुग्यो । एउटा कोलम्बिया विश्वविद्यालय, जो अन्तिममा गएर ट्रम्पको अगाडि झुक्यो तर कोरनेल, नर्थवेस्टर्न र हावर्ड युनिभर्सिटीहरु झुक्न मानेनन् । संघीय सरकारले हावर्ड युनिभर्सिटीलाई दिने गरेको डलर २ दशमलव २ ग्रान्ट ट्रम्प प्रशासनले रोक्यो । तर पनि हार्वर्ड विश्वविद्यालय झुक्न तयार भएन । यी परिघटनाहरुले माओले भनेजस्तै या त युद्धले क्रान्तिको जन्म दिनेछ, अथवा क्रान्तिेले युद्ध रोक्ने छ भन्ने कुरा पुनःपुष्टि हँुदै गइरहेको छ । अमेरिकामा पनि न्यायप्रेमी र उत्पीडित जनसमुदायको चेतना धेरै उचाइमा छ भन्ने कुरा झन् झन पुष्टि हँुदै गइरहेको छ । याह सिनवारको इजरायलले २०२४ अक्टोवर १६ मा हत्या गरिसकेपछि यसको श्रृङ्खला बढाउँदै लगेर इरानमै २०२४ जुलाई ३१ मा इस्माइल हानियाको हत्या, २०२४ सेप्टेम्वर २७ मा लेवनानमा हसन नसरुल्लाहको हत्याले मध्यपूर्वमा अब क्षेत्रीय युद्धको चर्चा र बहस भइरहेको अवस्थामा अमेरिकी साम्राज्यवादको इशारामा २६ अक्टुवर २०२४ मा आक्रमण गरेपछि तेहरानले इजरायलमाथि २०२४ अप्रिल १३ र १४ मा लगभग १२ देखि १२० ब्यालिस्टिक मिसाइल १७० वटा ड्रोनहरू, ३० भन्दाबढी क्रुज मिसाइलहरुले प्रहार गरेको थियो । यो युद्धको दायरा बढ्दै गएर अर्थात छद्म युद्धबाट खुला युद्धमा परिणत भयो । १३ जुन २०२५ का दिन इजरायली साम्राज्यवादले न्युक्लियर बम निर्माण गरेको बहानामा तेहरानमाथि आक्रमण गर्‍यो । तेहरानको इस्फाहान, नतान्ज, फोर्डो साथै तेहरान, प्राचीन, बोनावजस्ता १०० भन्दाबढी ठाउँहरुमा आक्रमण गर्‍यो । २०० इजरायली लडाकु विमानहरू प्रयोग गरेको थियो । यो सबै अमेरिकी साम्राज्यवादको योजना र आडमा भइरहेको थियो । त्यसको विरुद्धमा इरानले इजरायलमाथि १३ र १४ अप्रिल २०२४ मा इरान, इराक, सिरिया र यमनबाट लगभग ३५० मिसाइल र आत्मघाती ड्रोन ११० व्यालिस्टिक मिसाइल, ३० क्रुज मिसाइल, र १७० ड्रोनहरू प्रहार गर्‍यो । ३ वटा एयरवेस, तेल अविव, न्युक्लियर रिसर्च सेन्टर, मोसादको मुख्यालय आदिमा आक्रमणहरु गरिए । दोश्रो चरणमा फेरि ३ वटा एयरवेस, तेल अविव, मोसादका मुख्यालय आदिमा आक्रमण तिव्र पार्‍यो । हाइफा शहर जहाँबाट लडाकु विमानहरु उड्ने गर्छन्, त्यहाँ सुपरसोनिक मिसाइलहरूद्धारा आक्रमण गरेर इरानले इजरायललाई ठूलो क्षति गर्‍यो । इजरायलको अत्याधुनिक एयर डिफेन्स सिस्टम आयरन डोम, जसले ७ देखि ४० किलोमिटरको रकेट, मोर्टार तथा ड्रोनहरुको रक्षा गर्छ, डेभिड स्लिङ्ख मध्यमदेखि लामो ४० देखि ३०० किलोमिटर दुरीसम्मको मारक क्रुज मिसाइल, ठूलो दायरामा क्षति पुर्‍याउने रकेट र केही व्यालेस्टिक मिसाइलहरू रोक्न र तेस्रोमा एरो सिस्टम लामो दुरी ३०० किलोमिटरभन्दा माथि नै एरो–२ र एरो ३, जसले अन्तरिक्षमै मिसाइल नष्ट गर्न सक्छ, जस्ता अत्याधुनिक प्रविधि हुँदाहँुदै पनि इरानका सुपरसोनिक मिसाइल र व्यालेस्टिक मिसाइलहरुले सफलतापूर्वक आक्रमण गरेका छन् । इरानमा ४ वटा आणविक केन्द्रहरु छन् । इस्फाहान, नतान्ज, फोर्डो र अरक हेवी वाटर रियाक्टरहरु रहेका छन् । यसमध्ये फोर्डो रियाक्टर चट्टानको ८० फिट तल सेन्ट्रीफयुज मेशिनहरु राखेर इनरिच्ड गरिदै आएको छ । इरानले हालसम्म ६० प्रतिशत इनरिच्ड गरिसकेको छ । एटम बम बनाउन ९० प्रतिशत इनरिच्ड हुनुपर्दछ । इरानसँग ४०० केजी युरेनियम भएको बताइन्छ । यसमध्ये सबैभन्दा जटिल प्रकारको कडा चट्टानमुनी ८० देखि ९० मिटर तल युरेनियम समृद्धिकरण केन्द्र बनाइएको छ । यो इरानको कोम शहर नजिकै पहाडमुनी बनाइएकोले अत्यन्त सुरक्षित सुरुङ निर्माण गरिएको छ । त्यति गहिरो सुरुङलाई नष्ट गर्न अमेरिकासँग ब्लक वस्टर बम बनेको छैन । इजरायलसँग त छँदैछैन । त्यसैले फोर्डोमा आक्रमण गर्न नेतेन्याहुले अमेरिकालाई उक्सायो र ट्रम्पले २ हप्ताको प्रोपोगोण्डा गरेको दुई दिनभित्र जुन २२, २०२५ को राति आक्रमण गर्‍यो । मिसौरी, डिएगो गार्सिया, युके, युएई, अल उदैद, कुबैत र साउदी एयरवेसबाट राउण्ड ट्रिप २४ हजार किलोमिटर उडान गरेर आक्रमण गरि र्फिर्कएका थिए । बम्वर स्टिल्थ, वि २ वम्वर्स, एफ र्‍याप्टर्स, एफ ३५ ए लाइटनिग, इए १८ जि ग्रोलर, टैंकर एयरक्रापट, रेकम/ओरेनियो जस्ता लगभग ४७ बटम फाइटर विमानहरुले जिवियु ५७ बंकर बस्टर बम ३० हजार पौण्ड तौलका १४ वटा, वी २ लुके बम, १४ एमओपी बमहरू र टोमहक मिसाइलहरु प्रयोग गरियो । यति गर्दा पनि फोर्डोको आणविक केन्द्रलाई अमेरिकी साम्राज्यवादले पुरै क्षति गर्न सकेन । इरानले ति तीन ठाउँका युरेनियमहरु १/२ दिन अगाडि नै सिफ्‌ट गरिसकेको कुरा स्याटलाइट तस्बिरहरुले देखाएका थिए । तर पनि केही महिना वा केही हप्ता परमात्र धकेलिएको भन्ने रिपोर्ट इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सीका डाइरेक्टर राफेल मेरियाना ग्रोसीले समेत त्यो कुराको पुष्टि गरे । त्यो कुरा पेन्टागनको रिपोर्ट बाहिर लिक भयो । सिएनएन पेन्टागन संवाददाता नताशा वर्टान्डले सो रिपोर्ट बाहिर ल्याइदिएपछि ट्रम्प बहुलाएर फेक न्युज भन्दै नताशालाई कुकुरलाई घिसारे जस्तै घिसार्नुपर्छ भनेका थिए । आवेगमा अपशब्दको प्रयोग गरेका थिए । इजरायलले इरानमाथि आक्रमण गर्दा १० जना वैज्ञानिकहरू अन्य रिपोर्ट अनुसार १७ जनासम्मको पनि टे्रन्ड भएको छ । करिब १००० जनताको मृत्यु भएको छ भने इरानले इजरायलमाथि गरेको आक्रमणमा न्युनतम जनताको क्षति भएको छ । तर अन्य संरचनाहरुमा व्यापक क्षति भएको छ । साम्राज्यवादले बनाएका अत्याधुनिक हतियारहरू युक्रेनदेखि प्यालेष्टाइनको गाजापट्टी, इरान र मध्यपूर्वमा परिक्षण भइसकेको छ । अब परिक्षण गर्न हतियारहरु केही पनि बाँकी छैन । अमेरिकी साम्राज्यवादले इरानलाई आणविक सम्पन्न देश भएको देख्न चाहिरहेको छैन । ता कि इरान आणविक सम्पन्न देश भयो भने मध्यपूर्वका इस्लामिक देशहरुमा अमेरिकी साम्राज्यवादको दादागिरी खतम हुनेछ भने इस्लामिक देशहरुले इरानको वरिपरि गोलबद्ध हुनेछन् । अर्कोतिर उसका प्रोक्सी ग्‌्रुपहरू हमास, हुथी र हिजबुल्लाहरु अझै शक्तिशाली हुनेछन् । उनीहरुलाई आधुनिक हतियारहरु इरानले उपलब्ध गराइरहेको छ । र त उनीहरु निरन्तर लडिरहेका छन् । इरानले तिव्रस्तरमा गरिरहेको आणविक हतियार निर्माणले विश्वको वर्ल्ड अर्डर भत्किने क्रम सुरु हुनेछ । इरानले आणविक उर्जा एजेन्सी ननप्रोलिफिरेशन सम्झौता अन्तर्गत २००३ देखि नै सुरुवाती अनुमति दिएको थियो । २००३ देखि नै सिसिटीभि क्यामराहरू जडान गरेर निरीक्षण गर्न सुरु गरेको थियो । तर अमेरिका ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन सम्झौताबाट अमेरिका बाहिरियो, तब इरानले क्यामेरा, सिल्स, सेन्सर र डेटा रेकर्डिङहरु सबै हटाइदियो । जब अमेरिकाले इरानमा आक्रमण तीव्र बनायो, उता ट्रम्पले इरानका सुप्रिम लिडर अयातुल्लाह रुहल्ला खोमैनीको हत्या गर्ने षडयन्त्र अनुरुप खोमैनी कहाँ बस्छ ? भन्ने कुरा हामीलाई थाहा छ । हामीले चाहेमा जतिखेर पनि मार्दिन सक्छौ भन्ने जस्ता बहुलठ्ठीपूर्ण कुराहरु गर्न थाल्यो । खमेनीको योजना पनि कम देखिएन । उनले आफु पूर्णरुपमा सुरक्षित हुने योजना लागु गरे । सेनाको खास कोर टिम निर्माण गरे । कमाण्डरहरुलाई पनि थाहा दिएनन् । दिनहँुजसो बंकरहरु फेर्दे बदल्दै आफुलाई सुरक्षित राख्न सफल भए । त्यसैगरी आफनो मृत्यु भइहाल्यो भने अरु तीनजनाको उत्तराधिकारीको घोषणा पनि गरे । त्यतिका वैज्ञानिकहरुको हत्या हुँदा पनि वैज्ञानिकहरुको श्रृंखला तयार पारे । सेनाको भर्तिलाइ पनि लामबद्ध बनाए । कमाण्डरहरुको चेन अफ कमाण्डलाई व्यवस्थित बनाएपश्चात अमेरिकी साम्राज्यवाद, इजरायली साम्राज्यवादले मूल नेतृत्वलाई मार्न सकेन । अन्ततः अमेरिकी साम्राज्यवाद असफल हुन पुग्यो । राष्ट्रपतिदेखि वैज्ञानिक र जनताहरु सडकमा उत्रिएर चुनौती दिन पुगे । त्यहाँको शासन व्यवस्था धार्मिक कट्टरपन्थमा आधारित छ । उत्पीडित जनसमुदायहरू त्यो उत्पीडनबाट आक्रान्त छन् । तर जनतामा आधारित बलियो कम्युनिष्ट पार्टीको नेतृत्वको अभाव भएकोले वर्गसंघर्षको विकास हुन सकेको छैन । त्यसकारण इस्लामिक धार्मिक कट्टरपन्थबाट जनताले मुक्ति प्राप्त गर्न सकिरहेको छैन । अमेरिकी साम्राज्यवादले इरानमाथि आक्रमण गरेपछि इरानले जवाफमा होर्मुज जलडमरु बन्द गर्न इरानी संसदले निर्णय गर्‍यो । जसलाई अनुमोदन सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलले गर्नुपर्छ । होर्मुज जलडमरु इरान र ओमानको सिमानामा पर्छ । विश्वको २० प्रतिशत तेल, सिवोर्न आयल २५ प्रतिशत र लिक्विफाइड नेचुरल ग्यांस २० प्रतिशत यो जलडमरुबाट गुज्रने गर्छ । इरानले होर्मुज जलडमरु बन्द गर्ने बित्तिकै अमेरिका लगायतका देशहरुको अर्थतन्त्रमा ठूलो सङ्कट आउने भएपछि ट्रम्पले चीनलाई होर्मुज जलडमरु बन्द नगर्न भन्दिन आग्रह गर्न बाध्य बनायो । यो बीचमा चीनले इरानलाई जे–१० सि फाइटर विमानहरुको डिल पनि गरिरहेको समाचारहरु बाहिर आएका छन् । जुन फाइटर विमान इमरान खानको पालामा पाकिस्तानलाई चीनले बिक्री गरेको थियो । इन्डो–पाक युद्धको बेला जे–१० सिले ३ वटा भारतका राफेल फाइटर एउटा र सु–३० एउटा, मिग–२९ एउटा र मिराज २००० एउटा गरेर ६ वटा फाइटर विमान खसालेको दाबी गरेको थियो । यथार्थमा इन्डो–पाक युद्धलाई चीनले तेश्रो विश्वयुद्धतर्पm जाओस् भन्ने चाहेको थियो । त्यो कुरा अमेरिकाले थाहा पाएर रातारात ट्रम्पले सम्झौता गराएको कुरा चर्चाको बिषय बनेको थियो । इरानले २०२५ को जुन २३ मा मध्यपूर्वको शक्तिशाली एयर वेश हो । यो कतारको राजधानी दोहाबाट ३० किलोमिटर टाढा अवस्थित रहेको छ । इस्लामिक रिभ्युलसनरी गार्डले मध्यपूर्वका अमेरिकी सैन्य अखडाहरुमा १९ वटा मिसाइलहरू प्रहार गरेको थियो । जसमा अल उदीद एयर वेशमा ७ वटा मिसाइलहरु प्रक्षेपण गरिएका थिए । जसमा छोटो र मध्यम दुरीका व्यालेस्टिक मिसाइलहरुद्धारा आक्रमण गरिए । यसबाहेक इरानले इराकको अमेरिकी ३ वटा अन्य सैन्य अखडामा पनि ११ वटा मिसाइलहरु आक्रमण गरेको थियो । अमेरिकी साम्राज्यवादलाइ यो स्तरमा इरानले चुनौती दिनु पक्कै पनि चानचुने बिषय होइन । अमेरिकी साम्राज्यवाद र उसका एलाइ नाटो गठबन्धन सेनाहरू विगत २ वर्ष ५ महिनादेखि रुस युक्रेनको लडाईँमा छ । यसलाई बोलीचालीको भाषामा छद्मयुद्ध पनि भन्ने गरिन्छ । तर इजरायल र इरानको युद्ध र इरान अमेरिकाको युद्धसम्म जाँदा यो खुला युद्धमा परिणत भइसकेको छ । ट्रम्पले युक्रेनको राष्ट्रपति जेलेन्स्की र दक्षिण अफ्रिकाको राष्ट्रपति सिरिल रामाफोसालाई ओभल अफिसमै सार्वजनिक रुपमा ह्युमिलिएट गरेको घटना विश्वभर चर्चाको बिषय बनेको थियो । भर्खरै मात्र पनि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुराकानीको सन्दर्भमा ‘म लामो दुरीको मिसाइल दिन्छु पिटसवर्गमा आक्रमण गर्न सक्छौ ो विश्वयुद्ध हँुदैन कि भन्ने बहसहरु भइरहेका छन् । मान्छेहरुले तर्क गरिरहेका छन्, विश्वयुद्ध सुरु भइसकेको छ । यो धेरै लामो समयसम्म जारी रहन सक्छ । विश्वयुद्धको चरित्र बदलिएको छ भन्दैछन् । लेनिनले भन्नुभएको अन्तरसाम्राज्यवादी अन्तरविरोध उत्कर्षमा पुगेपछि मात्र विश्वयुद्ध हुन्छ भन्ने कुराको संश्लेषणमा रुपान्तरण भएको हो कि होइन भन्ने कुरा पुष्टि हुन केही समय पर्खनै पर्ने हुन्छ होला । दक्षिण कोरियाको राष्ट्रपति युन सुक योलले ग्लोबलाइजेसनको सट्टा रिजनलाइजेसनको मुद्दालाई प्राथमिकता दिनुपर्छ भन्ने कुराले यो कुराको पुष्टि गर्दछ । साम्राज्यवाद कति निर्मम हुन्छ भन्ने कुरा अमेरिकाले जबरजस्ति दुर्लभ खनिज पदार्थहरू जस्तैः लिथियम, ग्रेफाइट, टाइटेनियम, युरेनियम र हाइड्रोकार्वन जस्ता खनिज पदार्थहरुमा युक्रेनलाई ३० अप्रिल, २०२५ मा सम्झौता गर्न अमेरिकाले युक्रेनलाई सैन्य सहायता दिएबापतको रकम ११४.६३ अर्ब डलरको बदलामा दिन बाध्य बनाएको घटनाले संसारभर समाचारको हेडलाइन बनेको कुरा सबैलाई थाहा भएकै हो । इजरायली साम्राज्यवादले गाजा स्ट्रिपलाई कब्जा गर्न संसदबाट अनुमोदन गरेको छ । यसको चौतर्फी बिरोध सुरु भइसकेको छ । जर्मनी, वेल्जियम, फ्रान्स, स्पेन, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, बंगलादेश, लेवनान, इरान, तुर्की, प्यालेष्टाइन क्षेत्र, इजरायलका विभिन्न सहरहरु तेल अविव, जेरुसलम र होस्टेज परिवारहरुले पनि व्यापक प्रदर्शन गरिरहेका समाचारहरु आइरहेका छन् । यसको पछाडि अमेरिकी साम्राज्यवादको आड र समर्थनबिना इजरायलले कब्जा गर्ने कुरा गर्ने सक्दैन । यदि कब्जा गरियो भने गाजाबाट १० लाख मानिसहरू विस्थापित हुनेछन् । मानवीय संकट अझै गहिरिँदै जाने निश्चित छ । नेपालमा पनि संसदभित्रका संसदवादी पार्टी र बाहिर भएका नेकपा (बहुमत) को नेतृत्वमा साम्राज्यवादको विरुद्ध सडकमा प्रदर्शनहरु भएका छन् । परिवर्तित साम्राज्यवादको चरित्रअनुसार मार्क्सवाद–लेनिनवाद माओवादको आलोकमा नयाँ अर्थराजनीति र अर्थसामाजिक संश्लेषणलाई नयाँ उचाइमा उठाएर मात्र क्रान्ति सम्भव छ । विद्रोहमार्पmत् सर्वहारावर्गको सत्ता स्थापना गर्ने कुरालाई आज का क्रान्तिकारी मार्क्सवादीहरुले आत्मसात गर्न जरुरी छ ।

प्रतिक्रिया