
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
९गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
गत जेठ ७ गते (मे २१, २०२५) सामाजिक सञ्जाल र मिडियाहरुमा एउटा सनसनीपूर्ण खबर आयो । त्यो खबर थियो, भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षाबलसँगको मुठभेडमा २७ जना माओवादी मारिएको । जसमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव कमरेड बसवराज पनि रहेको खबर थियो । मोदी नेतृत्वको भारतीय फासीवादी सत्ताले सन् २०२६ सम्म माओवादीमुक्त बनाउन ‘ अपरेशन बल्याक फरेस्ट’ अभियान सञ्चालन गरिरहेको थियो । सोही क्रममा तीन दशक लामो संघर्षपश्चात ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै भारतीय सुरक्षा बलले लगनशीलताका साथ काम गरेर ठूलो सफलता प्राप्त गरेकोमा प्रशंसा समेत गरिएको थियो । यो घटना मोदी सरकारका लागि ठूलो सफलता त हुने नै भयो साथै एक प्रकारको उत्सव र खुसियाली पनि । भाकपा (माओवादी) का महासचिव बसबराज लगायत अन्य कमरेडहरुको हत्याको घटनाले मोदी नेतृत्वको भाजपा सरकारको हिन्दुत्ववादी फासिष्ट चरित्र उदाङ्गो भएको छ । यतिमात्र नभर्इृ गरिब किसान, मजदुर, महिला, सिमान्तकृत र आदिवासी जनताको रगत पसिना चुस्नु र उनीहरुलाई हरेक प्रकारको अधिकारबाट बञ्चित गराएर रजाइँ गर्नु नै मोदी सरकारको असली विशेषता हो । आज विश्वभरी नै दलाल तथा निगम पुँजीवादले एकछत्र राज गर्न प्रयास गरिरहेको छ । यसको काम भनेको कमजोरमाथि शासन गर्नु र आफू हाबी हुनु हो । पुँजीवादले जहिले पनि आफ्नो फाइदा हेर्ने गर्दछ र हरेक कुरामा मूनाफा खोज्दछ । भारतमा दलाल तथा निगम पुँजीवाद र अन्ध धार्मिक राष्ट्रवादले मानव जातिले मानवमाथि नै शोषण, दमन, अन्याय र अत्याचार गर्न प्रेरित गरिरहेको छ । दलाल पुँजीवाद र हिन्दुराष्ट्रवादको कारिन्दाको रुपमा आज मोदी नेतृत्वको भाजपाका शासकहरुले भूमिका खेलिरहेका छन् । जसको उदाहरणको रुपमा पछिल्लो समय मोदी नेतृत्वको फासीवादी सरकारले माओवादी विरुद्धको अपरेसनको नाममा निहत्था जनतामाथि गरिरहेको बर्बर दमन एक हो । फासीवादी उन्मादले मैमत्त भइसकेको मोदी सत्तालाई ‘आफ्नो चिहान आफै खन्दै छु’ भन्नेसम्म हेक्का छैन । सत्य कुरा के हो भने फासीवादले न त इतिहाँसमा न त भबिष्यमा नै विजय प्राप्त गर्न सक्यो र सक्ने छ ।
जनतामाझ सम्पूर्ण रुपले समर्पित जीवन बिताउनु भएका र माओवादी आन्दोलनको कुशल नेतृत्व गरिरहनुभएका भाकपा (माओवादी) का महासचिव कमरेड बसवराजलाई मोदी सरकारले गरेको हत्याले भारतका जनतालाई मात्र होइन, विश्वभरका शोषित र उत्पीडित जनतालाई अपूरणीय क्षति भएको छ । विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठूलो अभाव महसुस भएको छ । ‘भौतिक शरीरलाई अन्त्य गरेर विजय प्राप्त हुन्छ’ भन्ने फासीवादी बहुलठ्ठीपन भने सही छैन । किनभने, भारतीय कम्युनिस्ट आन्दोलनमा उच्चस्तरको नेतृत्वको हत्या गरिएको घटना यो पहिलो भने होइन । यसअघि पनि थुप्र ै यस्ता खालका घटना घटेका छन् र सरकारले यसैगरी खुशी मनाउँदै आइरहेको छ । तर यो खुशीयाली डर र त्रासको हो । सामान्यतया मान्छे जन्मिनु र मर्न ु एउटा नियमित र सर्वमान्य प्रक्रिया हो । फरक यत्तिमात्रै हो की, कोही मान्छे पहाड भन्दा पनि गह्रौ ँ जीवन लिएर आँउछन् त कोही प्वाँख भन्दा पनि हलुका । कमरेड बसवराजको सहादत निकै गह्राँ ै छ । कमरेड बसवराज सहिदको रूपमा अनन्त कालसम्म बाँच्नु हुनेछ । उहाँले आफ्नो जीवनकालको ५० वर्षको समय भारतीय मजदुरवर्ग, किसान, विद्यार्थी, महिला, र सम्पूर्ण उत्पीडित श्रमजीवी जनसमुदायको मुक्ति सङ्घर्षमा समर्पित गर्न ुभएको छ ।

मध्यम वर्गीय परिवारमा जन्मनुभएका कमरेड बसवराज तलागामबाट हाई स्कुल र तक्काली जुनियर कलेजबाट इन्टरमिडिएटको पढाइ पूरा गरेपछि बुवाले वारंगलको ईन्जिनियरिङ कलेजमा भर्ना गर्नुभएको थियो । बिटेक पढाइको क्रममा नै रेडिकल स्टुडेन्ट्स युनियनमा जोडिएर सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय रूपले लाग्नु भएको थियो । सोही क्रममा उहाँलाई थुप्रै मुद्दासमेत लागेको थियो । यसरी उहाँले सक्रिय रुपले पढाइ नै छाडेर भूमिगत भई सीपीआई लिबरेसनमा काम गर्न थाल्नुभयो । नक्सलवादी संगठन सीपीआई पिपल्स वारमा सामान्य कार्यकर्ताको रुपमा प्रवेश गरेता पनि उहाँ एकपछि अर्को गर्दै नेतृत्व तहसम्म पुग्नुभयो । कमरेड बसवराजको हरेक जिम्मेवारी र क्षेत्रसँगै नाम पनि सोही किसिमले परिवर्तन हुँदै गयो । पार्टीभित्र गगन्ना, प्रकाश, कृष्णा, विजय, दरपा नरसिंह रेड्डी, आकाश, नरसिंह, बसवराज, बसवराजु लगायतका नामले उहाँलाई चिनिन्छ । सन् १९९२ मा जब पिपुल्स वार विभाजन हुने अवस्थामा पुग्यो, तब गणपतिसँग उभिनुभएका बसवराजले पिपुल्स वार ग्रुपको केन्द्रीय समिति सदस्यको जिम्मेवारी प्राप्त गर्नुभयो । त्यसयता उहाँले संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभयो । उहाँले संगठनमा लामो समय स्पेशल गुरिल्ला स्क्वाडको भुमिकामा रहेर काम गर्नुभयो । उहाँमा हतियार निर्माण र तालिमको राम्रो ज्ञान थियो । उहाँले आन्ध्रप्रदेश, महाराष्ट्र, मध्यप्रदेश लगायतमा संगठन निर्माण र विस्तारको जिम्मेवारीमा समेत रहेर काम गर्नुभयो । पार्टीको केन्द्रीय सैन्य आयोग प्रमुखको रुपमा काम गर्नुभएका बसवराजलाई सन् २००० मा माओवादी संगठनले गठन गरेको पिपुल्स गुरिल्ला आर्मी संगठनको सर्वोच्च समिति पोलिट ब्यूरोमा जिम्मेवारी दिइयो । यसरी विभिन्न महत्वपूर्ण जिम्मेवारी समाल्दै आउनुभएका बसबराजलाई सन् २०१८ मा भाकपा (माओवादी) का तत्कालीन महासचिव कमरेड गणपतिले स्वास्थ्य समस्याका कारण राजिनामा दिएपछि केन्द्रीय समितिले उहाँलाई महासचिवमा निर्वाचित गर्यो । कमरेड बसवराजले आन्दोलन र युद्धको योजना निर्माण मात्र गर्नुभएन, प्रत्यक्ष आफैले हरेक लडाइँका माोर्चाहरुमा अग्रपंक्तीमा रहेर नेतृत्व प्रदान गर्नुभयो । देशका विभिन्न स्थानमा भएका आक्रमणका घटनामा नाम जोड्दै उहाँका विरुद्ध सरकारले इनाम घोषणा समेत गरेको थियो । प्रतिक्रियावादी फासीवादी भारतीय सत्ताले क्रान्तिकारीहरुलाई निस्तेज पार्नको लागि अनेकथरी षड्यन्त्र गरेर कमरेड बसवराजलाई भौतिक रुपले समाप्त गर्न केही हदसम्म सफल भए पनि क्रान्तिकारी विचारलाई समाप्त पार्न सम्भव हु ँदैन र छैन । कमरेड बसवराजको शवसमेत मोदी सत्ताले परिवारलाई बुझाएन । उनीहरूले कमरेड बसवराजको मृत शरीरलाई जलाए । यसबाट के पुष्टि हुन्छ भने क्रान्तिकारी कम्युनिस्ट योद्धाको मृत शरीरसँग पनि फासीवादी सत्ता कति भयभीत रहेछ ? क्रान्तिकारी विचार र आन्दोलनको शक्ति यहीँ हो । सोही विचार दृष्टिकोणले क्रान्तिकारीहरूलाई अनवरत संघर्ष गर्न सिकाउँछ । महासचिव कमरेड बसवराजको भनाइ यहाँ सान्दर्भिक छ कि, “तपाइँहरु मेरो बारेमा चिन्ता लिनु पर्दै न, म यो जिम्मेवारी बढीमा दुई वा तीन वर्षसम्म बहन गर्न सक्छु । तपाईहरुले नेतृत्वको सुरक्षामा ध्यान दिनुपर्छ, शहीदहरुले आन्दोलनलाई कमजोर पार्दै नन्, शहीदहरु बेकार हुदैनन्” । कमरेड बसवराजले सन् २०१८ यता निरन्तर भाकपा (माओवादी) को नेतृत्व गरिरहनुभएको थियो । उहाँले आफ्नो कार्यकालमा नेतृत्व र सैन्य कौशलता देखाउनु भएको छ । भारतीय कम्युनिस्ट आन्दोलनलाई उचाइ प्रदान गर्न ुभएको छ । नेतृत्वमा रहँदाकै बखत सहादत प्राप्त गर्न ुभयो । उहाँको सहादतलाई शक्तिमा बदल्दै कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा लैजानुपर्ने आवश्यकता छ । संसारभरको प्रतिक्रियावादी फासीवादी जनविरोधी सत्ताको विरुद्ध लड्नुपर्ने छ र्। अब दुःखी हुने समय होइन, साथीहरु आगोको ज्वाला जस्तै बल्ने समय हो ।’ भन्ने नक्सलवादी आन्दोलनको नेता कमरेड चारू मजुमदारको यो भनाइलाई व्यवहारतः आत्मसात गर्दै कमरेड बसवराजले छाडेर गएको जिम्मेवारीलाई अगाडी बढाउन प्रतिबद्ध भइ मोर्चा कसौँ । अलविदा कमरेड बसवराज ! लालसलाम कमरेड बसवराज !! तपाईको बलिदान खेर जाने छैन !!!



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया