
१फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
४एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
५क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
६सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
७नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
८South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
९गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१०CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
११कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे नेकपा (बहुमत) को धारणा सार्वजनिक : सार्वभौमिकताको रक्षा गर्न सरकारलाई आग्रह
१२संयुक्त संघर्ष समितिद्वारा सरकारको कदमको विरोध, वैशाख ३० मा देशव्यापी प्रदर्शन घोषणा
१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
डि.बि.सर्वश्रेष्ठ
समाजको प्रत्येक ऐतिहासिक मोडमा नयाँ पुस्ता जन्मिन्छ । जसले पुरानो अन्याय र भ्रमको भित्तालाई धक्का दिन्छ । आजको पुस्ता जेनजी डिजिटल युगको विद्रोही पुस्ता हो । यसले सूचनाको आँधीमा आँखा खोलेको छ र संसारका प्रत्येक अन्यायलाई एक क्लिकमै देख्न थालेको छ ।
तर प्रश्न यो छ की यो ऊर्जा केवल अनलाइन क्रोध हो ? वा क्रान्तिको बीउ हो ? के चुनावमा भाग लिनेहरू नै परिवर्तनका वाहक हुन् ? वा चुनावको बहिष्कार नै नयाँ चेतनाको उद्घोष हो ? आजको दिनले यही प्रश्नको उत्तर खोजरहेको छ ।
लेनिनले एक शताब्दी अघि चेतावनी दिएका थिए ‘पुँजीवादी राज्यका चुनावहरू केवल जनतालाई शान्त राख्ने नशा हुन् ।’ आज पनि चुनाव जनताको निर्णय होइन । पुँजीको पुनर्स्थापनाको उत्सव हो । संसारका हरेक देशमा मतपेटिका पूँजीको हातमा छ । नेपाल, भारत लगाएत धेरै देशहरुमा चुनाव अब श्रमिकको उत्सव नभएर धनी वर्गको नाटकघर बनेको छ । चुनाब जनताको लागि नभई दलाल वर्गको उत्सवको रुपमा हुने भएकोले चुनावमा उनीहरुकै बढीे प्रचार सुनिन्छ । जसको हातमा पैसा र मिडिया छ उसकै भाषण सुनिन्छ ? जसको विज्ञापन बजेट बढी छ उसकै चहलपहल बढी हुँन्छ । लेनिनले यसैलाई बुर्जुवा लोकतन्त्रको भ्रम भनेका थिए । जहाँ पैसा मतभन्दा बलियो हुन्छ त्यहाँ लोकतन्त्र होइन पूँजीको अधिनायकत्व हुन्छ । त्यसैले जब मतपेटिका पूँजीको प्रयोगशाला बन्छ, त्यो बेला चुनावको बहिष्कार कमजोरी होइन, यो वर्ग चेतनाको जागरण हुन्छ । यस बारेमा तल बुँदागत छलफल गर्ने कोशिस गरिएको छ ।
१. जेनजी आन्दोलन : डिजिटल चेतनाको विस्फोट : जेन जि पुस्ता अब केवल भौतिक रुपमा मात्र सडकमा होइन डिजिटल आकाशमा पनि विद्रोह गरिरहेको छ । टिकटकको हाँसोमा पनि असन्तुष्टि छ , मेमहरूको व्यङ्ग्यभित्र पनि वर्गसंघर्षको स्वर छ । आज उठेका मुद्दालाई समाधान गर्न लेनिनले भने जस्तै स्वत स्फूर्त चेतना आवश्यक छ तर त्यसलाई राजनीतिक चेतनामा रूपान्तरण गर्नैपर्छ । त्यसैले यो पुस्ताको विद्रोहलाई अब सङ्गठित वर्ग चेतनामा रूपान्तरण गर्न जरुरी छ ।
२. किन बहिष्कार ? : किनभने सत्ता अब जनताको होइन संसद अब जनताको मन्दिर होइन, यो ठेकेदार र दलाल वर्गको कम्पनी बनिसकेको छ । जुन पार्टी जनताको नाउँमा उठ्छ उही पार्टी अन्तत पूँजीको सेवक बन्छ । लेनिनले भनेका थिए जब जनतालाई भ्रममा पारिन्छ । बहिष्कार नै जनताको राजनीतिक आत्मरक्षा हो । त्यसैले मतदान गर्न नजानेको अर्थ निष्क्रियता होइन यो चेतनाको घोषणा हो । हामी शोषणको खेलमा सहभागी हुँदैनौं ।
३. जेनजी आन्दोलन र नयाँ संगठनको आवश्यकता : क्रान्ति केवल भावनाले होइन अन्यायको विरुद्धको आधी हो । जेनजी आन्दोलन विद्रोह हो तर राजनैतिक बिचार र नेतृत्व बिहिन भयो । त्यसैले एन्जीओ आइएन्जीओको हातमा सत्ता पुग्यो । बिद्रोह उपल्ब्धी बिहिन बन्न पुग्यो र दलालहरुले सिर उठाए । यस पछाडि खास गरी जेनजी पुस्ताको स्पस्ट सोच, दृष्टिकोण र साँगठनिक संरचना प्रमुख कारण बन्न गयो । अब आवश्यक छ विद्यार्थी श्रमिक र बेरोजगार युवाहरूको साझा मोर्चा डिजिटल प्लेटफर्मबाट भौतिक आन्दोलनतर्फको रूपान्तरण शैक्षिक आर्थिक र सामाजिक अन्यायविरुद्धको वैज्ञानिक कार्यदिशा । त्यसैबाट जन्मिन्छ नयाँ समाजवादी संगठन जहाँ प्रत्येक सदस्य विचार र कार्यमा एकजुट हुनु पर्छ र पुरानो व्यावस्थाको विरुद्ध नयाँ व्यावस्था खडा गर्न जरुरी छ ।
४. बहिष्कार नयाँ निर्माण : बहिष्कारको रणनीति भनेको पुरानो ढाँचा भत्काएर नयाँ निर्माण गर्नु हो । बहिष्कार केवल मत नहाल्ने कार्य मात्र होइन यो त सिस्टमको औचित्य अस्वीकार गर्ने राजनीतिक कदम हो । जब जनता भन्छ “हामीलाई अब यी पार्टीहरू चाहिँदैन नयाँ गर्नु पर्छ अनि यो वेला विदेशी दलालहरुले षड्यन्त्र गर्न सक्छन् । तसर्थ त्यसलाई क्रस गरेर नयाँ व्यावस्था चाहिन्दै भन्ने अवस्थामा पुर्याउनु पर्छ र त्यो नै नयाँ युगको सुरुवात हुन सक्छ । लेनिनको भाषामा पुरानो राज्यलाई सुधारेर होइन, विस्थापन गरेर मात्र नयाँ समाज जन्मिन्छ । त्यसैले बहिष्कारको अर्थ विध्वंस होइन यो नयाँ निर्माणको तयारी हो ।
५. भ्रमको भित्तो तोडौं : सत्ताधारी वर्गका बुद्धिजीवीहरू भन्छन् “चुनावमा भाग नलिए देश कमजोर हुन्छ । तर उनीहरूलाई थाहा छैन देशलाई कमजोर बनाउने शक्ति त्यही भ्रष्ट व्यवस्था हो । लेनिनले स्पष्ट भनेका थिए, कहिलेकाहीं संसद उपयोगी हुन्छ । तर जब संसद पूँजीको किल्ला बन्छ त्यसलाई भत्काउने बाटो नै बहिष्कार हो । त्यसैले बहिष्कार भनेको पलायन होइन । यो नै इतिहास परिवर्तनको प्रथम चरण हो । हामी अब इतिहास निमाण गर्न एकताबद्ध भएर नयाँ चेतनाको मार्ग वैज्ञानिक समाजवादतर्फ लाग्नु पर्छ । अब केवल नारा र हुलको राजनीति पर्याप्त छैन । अब आवश्यक छ वैज्ञानिक समाजवादको कार्यदिशा । लेनिनले बताएका थियो — वर्ग संघर्षलाई वैज्ञानिक सिद्धान्तमा रूपान्तरण नगरेसम्म क्रान्ति केवल सपना मात्र रहन्छ । त्यसको उधारण भनेको भदौ २३/२४ गतेको उपलब्धि बिहिन क्षेति हो । अब जेनजी पुस्ताले विज्ञान र चेतनाको मेल गर्नुपर्छ । तर्क र तथ्यमा आधारित बिचारमा संगठित भएर ज्ञान र श्रममा आधारित नेतृत्व प्रक्रियामा लाग्नु नै नयाँ समाजवादको आधार निमाण गर्नु हो ।
६.नयाँ बिहानको उद्घोष : उत्पीडित जनताको जुन आवाज उठ्छ त्यो केवल साहित्यिक स्वर होइन बिद्रोहको आवाज हो । त्यो परिवर्तन गर्ने कदमको घोषणा हो । यो घोषणाले अब पुरानो आततायी राज्य, पुराना दल र झूटका ढाँचा इतिहासको कचौरीमा सिमित गर्छ । किनकि विद्रोहको बलमा मात्र नयाँ युग वैज्ञानिक समाजवादी व्यवस्थाले जन्माउछ । जहाँ श्रमले सम्मान पाउँछ, उत्पादन जनताको हातमा हुन्छ, शिक्षा र स्वास्थ्य नाफाको होइन, अधिकारको विषय हुन्छ । समाजमा जात, धर्म, लिंग वा वर्गको भेद हुँदैन । त्यो समाजमा राज्य जनता होइन, जनता राज्य हुन्छ । त्यो समाज नै नयाँ पुस्ताको सपना हो ।
निष्कर्ष : जेनजी पुस्ता अब तिमीहरूको हातमा इतिहास लेख्ने कलम छ । संसारले पर्खिरहेको छ के तिमीहरू पुँजीको भ्रममा हराउनेछौ ? वा वैज्ञानिक समाजवादको नयाँ बिहान लेख्नेछौ ? चुनावको भोटपेटिका अब मुक्तिको प्रतीक होइन, यो अब दलाल वर्गको चिहान हो । त्यसलाई अस्वीकार गर्नु भनेको अन्धकार होइन यो त नयाँ बिहानी उदाउने क्षण हो । आज त्यो क्षण आएको छ । अब उठ जेनजी ! अब बोल, श्रमिक वर्ग ! अब जाऔँ किसान र कवि बिद्रोहको स्वरमा र भनौं हामी पुरानो आततायी राज्यलाई अस्वीकार गरौ । हामी नयाँ वैज्ञानिक समाजवादी युगको शपथ गरौ र वैदेशिक दलालहरुको चलखेललाई परास्त गर्दै नयाँ युगको निमाण गरौ ।



१क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
प्रतिक्रिया