
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
मालेमावादलाई सही ढङ्गले पकड्ने र लागू गर्ने सवालमा परम्परागत कम्युनिस्ट आन्दोलन भित्रको सनातन प्रचलनमा क्रमभङ्ग गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको रूपमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को ऐतिहासिक नवौँ महाधिवेशन यही माघ ४ गतेदेखि १० गतेसम्म काठमाडौँमा सम्पन्न भएको छ । नेपालको कम्युनिस्ट आन्दोलन आजसम्म आइपुग्दा फुट, विभाजन, एकता, सङ्घर्षका बीचबाट अगाडि बढ्न नसक्नुको मुख्य कारण आन्दोलनमा विकास हुने अर्थवाद, व्यवसायवाद, ट्रेड युनियनवाद, सुधारवाद जस्ता प्रवृत्तिहरू हुन् भन्ने ठहर गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा देखापर्दै आएको सैद्धान्तिक राजनीतिक विचलन, सङ्गठनात्मक क्षेत्रमा देखिने नोकरशाही प्रवृत्तिको ब्युरोर्क्यासी प्रचलन, वर्गसङ्घर्षमा देखापर्ने अर्थवाद र अकर्मण्यतावादरूपी सनातन परम्परामा पुनर्गठन गर्दै साँस्कृतिक रूपान्तरणको अपरिहार्य आवश्यकतामा जोड दिँदै विहङ्गम बहसका साथ महाधिवेशन सम्पन्न भएकोछ ।

आजको विश्व सर्वहारा श्रमजीवी जनताका लागि विचारधारात्मक दृष्टिले संशोधनवादी विसर्जनवाद, राज्यसत्ताका दृष्टिले भूमण्डलीकृत साम्राज्यवाद एवम् दलाल पुँजीवाद र शासकीय सत्ताका दृष्टिले नवउदारवादी सुधारवादनै प्रमुख दुश्मन बन्दै आएको वर्तमान परिवेशमा आजको पुँजीवादी साम्राज्यवादको मूल प्रवृत्ति र नेपालको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थाको मूल चरित्रको योगमा नेपालमा हुने अबको क्रान्ति वैज्ञानिक समाजवादी क्रान्ति र नेपालमा स्थापना हुने सत्ता समाजवादी गणतन्त्र हो भन्ने निर्क्यौल गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा मौलाएको सुधारवादी राजनीतिक निरन्तरता भित्र नेपाली क्रान्तिको दिशावोध गर्ने सवालमा परिस्थितिको ठोस र वस्तुगत विश्लेषण गर्दै राजनीतिक कार्यदिशाको रूपमा वैज्ञानिक समाजवाद, सामरिक कार्यदिशाका रूपमा जनसङ्घर्ष–जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको कार्यक्रमिक रणनीतिलाई अवलम्बन गर्दै जनयुद्ध र आम विद्रोहलाई परिपूरक बनाएर जाने शङ्खघोष गरेको छ, भने तत्कालिक कार्यनीतिका रूपमा खोक्रो, भ्रष्ट र अस्थीर दलाल पुँजीवादी संसदीय सत्ताको विकल्पमा स्वाधीन संयुक्त सरकारको आवश्यकतालाई किटानी गरेको छ ।

महाधिवेशनले मौजुदा जात ब्यवस्थाको उन्मुलन गर्दै सामाजिक सम्मान सहितको राजनीतिक, आर्थिक र साँस्कृतिक रूपान्तरण, आन्तरिक राष्ट्रियताको पूर्ण मुक्तिका लागि आत्मनिर्णयको अधिकार सहितको सङ्घीय स्वायत्त क्षेत्र र महिलाहरूको मुक्तिका निम्ति सम्पत्ति र सन्तान माथीको पूर्ण अधिकारको ग्यारेन्टीका अतिरिक्त उत्पीडित वर्ग र जनसमुदायका स्थानीयदेखि राष्ट्रिय स्तरका ज्वलन्त समस्या र मुद्दाहरूको सही समाधानका खातिर सङ्घर्षमा लामवद्ध बन्न समेत आम जनतामा आव्हान् गरेको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया