
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
९पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
गोबिन्द बिष्ट
पृष्ठभुमि : जेनजी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूको उमेर समूह हो । जेन जेड अर्थात जेनजी पुस्ता पछिल्ला केही वर्षहरूमा विश्वभरका राजनीतिक र सामाजिक परिदृश्यमा एउटा नयाँ र शक्तिशाली संगठित उमेर समुहको रुपमा उदाएको छ । यो पुस्ताले डिजिटल प्रविधि र सामाजिक सञ्जालको उच्चतम प्रयोग गर्दै परम्परागत आन्दोलनको ढाँचालाई परिवर्तन गरिदिएको छ । सन २०१८ मा स्वीडेनमा जलवायु परिवर्तनको असरका विरुद्ध यो पुस्ताले आन्दोलनको शुरूवात गरेको थियो । इन्डोनेसियामा भ्रष्टाचारविरुद्धको सन् २०१९ र २०२० को आन्दोलन, सन.२०२० मा अमेरिकामा काला जाति जर्ज फ्लोइडको प्रहरी हिरासतमा भएको हत्याविरुद्धको प्रदर्शन, सन.२०२४ जुनमा केन्यामा भएको आन्दोलन, सर्बिया (नोभेम्बर २०२४– सेप्टेम्बर २०२५), माली (सन.२०२५), फ्रान्स (सन. २०२५), युक्रेन(जुलाई २०२५), स्लोभाकिया (डिसेम्बर २०२४– मे २०२५), अमेरिका (फेब्रुअरी–अप्रिल २०२५), बेलायत (जुलाई २०२५), टर्की (अप्रिल २०२५), इरान (मे २०२५), बंगलादेश (अप्रिल २०२५ ) र इन्डोनेसिया (२५ अगस्त २०२५ ) हुदै सेप्टेम्वर ८, २०२५ बाट नेपालमा सुरु भएको जेनजी आन्दोलन नेपालमा बर्षौ देखि जरा गाडेर बसेका सबै संसदवादी दल र तिनका नेताहरुको मथिङ्गलमा भुईचालो जानेगरी एकाएक उत्कर्षमा पुग्यो । यो आन्दोलन प्रत्यक्ष रुपमा नेतृत्वबिहिन तथा युवा पुस्ता र आम जनताहरूको व्यापक समर्थन प्राप्त आन्दोलन थियो । मुख्यरूपमा बर्षौ देखि नेपालका सबै संसदीय पार्र्टी र तिनका नेताहरुले किस्ता–किस्तामा देश लुटिरहेको, भ्रष्टाचारले चरम सिमा नाघेको, र त्यसको पिल्साईमा उकुसमुकुसको जिवन ब्यतित गरिरहेको युवा पुस्ता र नेपाली जनताले उपर्युक्त बिकल्प खोजिरहेको थिए ।
संसदीय व्यवस्थाको न्युनतम आचरण लत्याउदै लुटको गठजोड बनाएका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले युवा पुस्ता र जनताको बिरोधको हतियार सामाजिक सञ्जाल बन्द गर्यो । सरकारको नयाँ नियम अन्तरगत दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स(ट्विटर), युट्युब सहित २६ प्रमुख सामाजिक सञ्जालहरू माथि सरकारले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल प्रतिबन्धको बिरोधमा जेनजीहरूको अगुवाई तथा नेतृत्वमा स्वतस्फूर्तरूपमा देशव्यापी विरोध प्रदर्शन सुरु भयो । भाद्र २३ गतेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको क्रुर दमनले काठमाडौंमा १७ जना र बाहिर २ जना गरी १९ जनाको हत्या गर्यो । जसले देशैभरी सरकारका बिरुद्ध आक्रोसको ज्वाला दन्कियो, फलस्वरुप भाद्र २४ गते सुरु भएको आन्दोलनले करिब ६ घण्टामा राजनीतिक पार्टीहरुका कार्यालय, नेताहरुका घर, संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, देशै भरिका प्रहरी कार्याल, केही नगर तथा वडा कार्यालयहरु जलेर खरानि भए । देशको मालिक ठान्ने केहि थान संसदवादी नेताहरुको अहङ्कारको महल क्षणभरमै नष्ट भयो । अकल्पनिय एवम् आकस्मिक जेन्जी आन्दोलन उत्कर्षमा पुगेपछि जेनजीले प्रत्यक्ष कार्यकारी प्रमुख, संसद विघटन, २०४७ पछिका राज्यका सबै क्षेत्रका उच्च पदस्थहरुको सम्पत्ति छानविनको निम्ति उच्चस्तरिय आयोग गठन, राजनीतिक पार्र्टी बिहिन अन्तरिम सरकार लगायतका मागहरु राख्यो । जेनजी पुस्ताको स्वस्फुर्त आन्दोलनको स्वरुपबाट सुरु भएको आन्दोलन, समयक्रमसङ्गै बिभन्न शक्ति केन्द्रको संग्लग्नतामा भएको कुराहरु बाहिरिएका छन । भारत र अमेरिकाको छाया सरकारको रुपमा गठित हालको कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको माग विपरित फागुन २१ गते पुरानै प्रकृयाको संसदीय चुनावको नाटक मञ्चन गरिरहेको छ र पुराना भ्रष्ट असफल राजनीतिक पार्र्टी र तिनै नेताहरु फेरी पुर्नस्थापित हुने कोसिस गरिरहेका छ्न ।
जेन्जी आन्दोलनको अन्तर्य :
संसदीय व्यवस्थाको असफलता र त्यो प्रकृया भित्रका सबै पार्र्टीहरु पुर्णरुपले असफल भएको स्थितिमा देशलाई निकाश दिन सचेत आन्दोलनको धक्का जरुरी थियो । जेनजी आन्दोलनको धक्का त्यो आम परिवर्तनको आकाङक्षाको प्रतिविम्ब हो, तर जेनजी पुस्ताको परिवर्तनको आकाङक्षा भित्र बिशेषत अमेरिकी योजना प्रवेश गर्यो । भारत मार्फत नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने अमेरिका केही समय यता उस्को प्रमुख प्रतिस्पर्धी चिनका विरुद्ध नेपालको भुमि प्रयोग गरेर गतिबिधि गर्न चाहान्छ र अमेरिकालाई आफु अनुकुलको पात्र नेपालको राजनीतिको मियोमा उभ्याउनु परेको छ । त्यही कोसिसको चपेटामा जेनजी आन्दोलन हाईज्याक हुन पुगेको छ र आन्दोलन रुमल्लिरहेको छ । अहिलेको कार्र्की सरकार टाउको भारतीय र पुच्छर अमेरिकी मार्काको बनेको छ । आउदो निर्वाचनमा नेपालमा अमेरिकी मार्का तयार गरेर अनुमोदन गराउने कोसिस भईरहेको छ । नेपालको आन्तरिक राजनीतिमा प्रभाव पार्ने भारत पनि गोल आफ्नै पक्षमा पार्ने ध्याउन्नमा छ, दलाई लामाको आफ्नै योजना छ । अपहरणमा परेको जेनजी आन्दोलन यतिकैमा रोकिने स्थितिमा छैन, शक्ति केन्द्रको जुधाईमा नेपालको राष्ट्रिय अस्मिता इतिहासकै जोखिम स्थितिमा । उल्लेखित घट्नाक्रमको आधारमा जेनजी आन्दोलनका बारेमा सही निष्कर्ष निकाल्न जरुरी छ । १.असफल व्यवस्था, पार्टी र नेता विरुद्ध आन्दोलन जरुरी थियो र भयो । २.युवा पुस्ता र आम जनताको त्यो आन्दोलनको आकाङक्षा भित्र शक्तिकेन्द्रहरुले आफ्नो योजना घुसाए वा आन्दोलन हाईज्याक गरे । ३.युवा पुस्ताले आन्दोलन गर्ने स्थिति बन्नु र शक्ति केन्द्रले खेल्ने ठाउ पाउनुको मुख्य कारक सबै संसदीय पार्र्टी र तिनका असफल भ्रष्ट नेताहरु हुन । ४.जेनजी पुस्ता र आम जनताले शक्ति केन्द्रको अपहरणमा परेको जेनजी आन्दोलनलाई सबै सहिदहरुलाई साचि राखेर आन्दोलनको उद्देश्य पुरा गर्ने गरी पुर्नसङ्गठित गर्नुपर्दछ ।
राष्टिय स्वाधिनताको विषय : युवा पुस्ताको परिवर्तनको आन्दोलनमा गोप्यतापुर्वक आफ्ना एजेन्टहरु खडा गरी शक्ति केन्द्रहरुले जेनजी आन्दोलनलाई आफ्नो अनुकुलतामा लिन सफल भएपछि देश गम्भीर संकटमा उभिएको छ । यो संकटबाट मुक्त गरेर नयाँ निकास दिन देशभक्त क्रान्तिकारी शक्तिको जरुरी छ । तसर्थ युवा पुस्ता, बुद्धिजीवी, सबै देश भक्तहरुले तत्काल निकासका निम्ति उल्लेखित पहल गर्नुपद्र्छ । पहिलो : पुराना असफल राजनीतिक पार्टी वा शक्ति केन्द्र अनुकलका मार्का विकल्प होइनन, हाम्रै तागतमा क्रान्तिकारी पार्र्टी निर्माण गर्नुपर्दछ । दोस्रो : राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति तत्काल स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्दछ ।

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया