
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
९नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१०नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
अनन्त केसी (जित)
प्रारम्भ
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी(बहुमत)को ९औं केन्द्रिय समितिको चौथो पुर्ण बैठकले पछिल्लो विकसित राष्ट्रिय र अन्तरास्ट्रिय परिस्थितिको ठोस विश्लेषण सहित नेपालको पछिल्लो आवश्यकतालाई केन्द्र भागमा राखेर जनसंविधानका लागि जनसंघर्ष अभियान संचालन गर्ने घोषणा गरेको छ । यो अभियानले विभिन्न १७ वटा उदेश्यहरु पूरा गर्ने लक्ष्य लिएको छ । साथै यो अभियानले पार्टी महाधिवेशनमा पार्टीले अगाडि सारेको ५ पुनर्गठनको उद्देश्यलाई समेत पूरा गर्दै अधुरो र अपुरो नेपाली क्रान्तिलाई सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ । हामीले यो अभियानलाई नेपाली क्रान्ति सम्पन्न गर्ने महत्त्वपूर्ण जगको रूपमा स्थापित गर्न देशभर घनिभुत रूपमा संचालन गर्नुपर्ने छ । वर्तमान कथित २०७२को जनविरोधी एवम् राष्ट्रविरोधी संविधानको खारेजी गर्दै राष्ट्रियता, जनतन्त्र, जनअधिकार र वैज्ञानिक समाजवादको सुनिश्चितता गर्ने नेपाली जनता र नेपाललाई केन्द्रमा राखेर जनताको आफ्नै जनसंविधान निर्माण गर्नु र नयाँ शिराबाट देश र जनताको भविष्यलाई सुनिश्चित गर्नुपर्ने ऐतिहासिक अभिभारा पूरा गर्न यो अभियानद्वारा नयाँ क्रान्ति (वैज्ञानिक समाजवादी)को आधार तयार गर्नैपर्ने आवश्यकता छ ।
जनसंविधानका लागि जनसंघर्ष सुस्ता–सिस्ने अभियान नै किन ?
जसंविधानका लागि जनसंघर्ष अभियानलाई ५नं ब्युरोको राप्ती/लुम्बिनी क्षेत्रको भौगोलिक अवस्थिति, यहाँको मौलिकता, विशिष्टता, जनआकंक्षा र अन्तरविरोधलाई केन्द्रमा राखेर “जनसंविधानका लागि जनसंघर्ष सुस्ता–सिस्ने अभियान” सन्चालन गरिएको छ । साबिकको राप्ती र लुम्बिनी क्षेत्रका ११ वटा जिल्लाहरु यस ब्युरो भित्र पर्दछन । जसमा नवलपरासी सुस्ता पश्चिम्, रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, दाङ, रोल्पा, सल्यान , प्युठान र रुकुम पर्दछन । यस ब्युरोको क्षेत्रफल २०६०१.४९ वर्ग किमि रहेको छ । २०७८को जनगणना अनुसार यस क्षेत्रको जनसंख्या ३८,८१,२५३ भएको तथ्यांक कार्यालयमा उल्लेख छ । यो क्षेत्र भित्र मिश्रीत जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको बसाई छ । यहाँ ब्राह्मण, दलित, थारु, क्षेत्री र मगर मुख्य जातिहरु हुन् । हिन्दुहरुको बाहुल्य रहेको भएतापनी यहाँ बौद्ध, इस्लाम, इसाई र प्रकृति पुजक धर्मावलम्बीहरु पनि छन् । प्रायः धेरै जनसमुदाय नेपाली भाषा बोल्ने गर्दछन भने थारु र मगर समुदाय आफ्नै भाषामा पनि बोल्ने गर्छन् । बौद्ध धर्मका संस्थापक गौतम बुद्धको जन्मथलो लुम्बिनी पनि यसै क्षेत्र भित्र पर्दछ । ५,८४९ मिटर अग्लो सिस्ने हिमाल यसै क्षेत्र भित्र रुकुममा अवस्थित छ । भारतले १४,८६० हेक्टरभन्दा बढी नेपाली भूमि मिचेको सुस्ता क्षेत्र पनि यहि ब्युरोमा रहेको छ । उत्तरी छिमेकी चिनसँग सिमा नजोडिएका दुई ब्युरोहरु (२नं र ५नं) मध्य एक ५ नं ब्युरो(राप्ती/लुम्बिनी) एक हो । ऐतिहासिक महान जनयुद्धको उद्गम जिल्ला रुकुम र रोल्पा पनि यहि ब्युरो भित्र छन् । प्राकृतिक सुन्दरता, भौगोलिक विशिष्टता, ऐतिहासिक पृष्ठभुमिका हिसाबले मात्रै होइन जनसंघर्ष/वर्ग संघर्षको हिसाबले पनि यो ब्युरोको इतिहास गौरवपुर्ण छ । यहाँको आर्थिक जीवन कृषी, साना तथा मझौला व्यापार र वैदेशिक रोजगार (रेमिट्यान्स) मा निर्भर छ।आज पनि असमानता, विभेद, गरिबी , अशिक्षा, अस्वास्थ्य र बेरोजगारीताले यस क्षेत्रलाई लपेटिरहेकै छ ।
५नं ब्युरोका यिनै विशेषता र अन्तरविरोधलाई राष्ट्रिय आवश्यकता र आकांक्षा सँग जोडेर हेर्दा मुलतः राष्ट्रिय स्वाधीनताको रक्षा (सिमा) र भारतीय हस्तक्षेपबाट स्वतन्त्रता खोजिरहेको सुस्ता तथा विजयको सन्निकट पुगेर गर्ल्याम्म ढलेको वर्गीय आन्दोलनको नयाँ पुनर्गठनको माग र खोजी गरिरहेको जनयुद्धको आरम्भ र तुफानी केन्द्र रुकुम र रोल्पा सम्मको जनताको चाहाना र भावनालाई एउटै डोरीले बाँधेर अगाडि बढ्नुपर्नेछ । अझै पनि गरिबी, असमानता, अविकास, अशिक्षा, अस्वास्थ्य, बेरोजगारी र विभेदहरु बाट गुज्रिएको सुस्ता देखि सिस्ने सम्मको किसान, मजदुर, जातीजनजाति, दलित, महिला र युवा विद्यार्थीहरुलाई नयाँ वर्गीय आन्दोलनको पुनर्गठन र सफलताले मात्रै तमाम साङ्लोहरु बाट मुक्त गर्नेछ भने सन् १८१६ को सुगौली सन्धी देखि यता निरन्तर राष्ट्रिय मुक्ति र स्वाधीनताको लडाइँ लडिरहेको र मुक्ति र स्वतन्त्रता खोजीरहेको सिङ्गो नेपाल र नेपालीको प्रतिविम्बको रूपमा यो भुमीमा टेक्दै गर्दा सुस्ताले प्रतिनिधित्व गर्दछ । राष्ट्रिय स्वाधीनता र नयाँ वर्ग संघर्षको पुनर्गठन र थालनी तथा त्यसको अनिवार्य विजयले मात्रै देश शान्ति, स्वाधीनता, समृद्धि, विकास, समानता, राजनीतिक स्थिरता र न्यायपुर्ण मार्गमा अगाडि बढ्नेछ । अर्थात् स्वाधीन संयुक्त सरकार गठन गर्दै त्यसले आफ्ना कार्यभारहरु पूरा गरेर नेपालबाट एक्काइसौं शताब्दीको यो युगमा दुनियाँ माझ वैज्ञानिक समाजवादको रातो झण्डा फहराउने छ।नेपाल दलाल पुजीवाद र साम्राज्यवादको पन्जाबाट मुक्त हुनेछ ।
जनसंविधानका लागि जनसंघर्ष सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्त्व के छ ?
अभियानको शुरूवातमै हाम्रो पार्टी निकट कम्युनिस्ट युवा संगठन नेपालले जिम्मेवारी लिने गरि राष्ट्रिय आवास कम्पनीको कार्यालय नवलपरासीका भ्रष्ट प्रमुख महेन्द्र थापा माथी कालोमोसो दलेर गरेको कारबाही र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति माथी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) द्वारा गरिएको कारबाही अर्थपूर्ण रहेका छन् । नयाँ वर्ग संघर्षको पुनर्गठनकै प्रक्रियामा पार्टीले भन्दै आएको पहिलो चरण जनसंघर्षको चरणलाई मद्दत पुर्याएको छ । राष्ट्रिय स्वाधीनताको पक्षमा, भ्रष्टाचारको विरुद्ध, वित्तीय शोषणका विरुद्ध लगायत तमाम राष्ट्रियता, जनतन्त्र र जनजीवन सँग जोडिएका बिषयमा जनसंघर्षलाई नयाँ उचाइमा उठाउने, जनसंघर्षकै प्रक्रियामा क्रान्तिका तयारीहरु (वैचारिक तथा राजनीतिक, संगठन, आर्थिक, संघर्ष, प्राविधिक , प्रचारप्रसार एवम् अन्तराष्ट्रिय) पूरा गर्दै पुरानो राज्यसत्ताद्वारा थोपारिने दमन, धरपकड, पक्राउ र ज्यादतीका विरुद्ध जनप्रतिरोध आन्दोलनको तयारी गर्ने र प्रतिरोध आन्दोलनलाई सशक्त जनविद्रोहमा रुपान्तरण गर्ने र पुरानो जनविरोधी दलाल पँुजीवादी सत्ताको अन्त्य गरी वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्ने महान एवम् युगीन आन्दोलनको निति जनसंविधानका लागि जनसंघर्ष सुस्ता–सिस्ने अभियानको अत्यन्त आवश्यकता र महत्व रहेको छ । २१औं शताब्दीमा विश्व श्रमजीवी वर्गको मुक्ति आन्दोलनको हिस्सा नेपाली कम्युनिस्ट आन्दोलनलाई सफलता र विजयमा पुर्याउने नेपाली समाजको मौलिकताको “लम्बे अभियान” बनाउने, जनयुद्धको अभियान सँग जोडेर हेर्दा “सिज अभियान“को उचाइमा उठाउने आकांक्षा हामीले लिएका छौँ । सिङ्गो पार्टी पङ्ती, जवसहरु र क्रान्तिकारी जनसमुदायको साथ, सहयोग र समर्थनले हामी यो अभियानलाई सफल बनाउनेमा विश्वस्त छौँ । हामी हाम्रो पार्टीको तर्फबाट राप्ती/लुम्बिनी क्षेत्रका सम्पुर्ण कम्युनिस्ट, वामपन्थी, माओवादी, देशभक्त, सच्चा लोकतान्त्रिक शक्तिहरु, प्रगतिशील एवं सम्पुर्ण बुद्धिजीवी, व्यापारी, व्यवसायी, युवा, विद्यार्थी, किसान, मजदुर, उत्पीडित जातजाती र समुदाय तथा सम्पुर्ण जनसमुदायमा यो अभियानमा जोडिन र आवश्यक सहयोग र सहभागिता जनाउन अपिल पनि गर्दछौं ।


१विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
३भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
४होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्णय फिर्ता लिन चार कम्युनिस्ट पार्टीको माग, आन्दोलनका कार्यक्रम घोषणा
५नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
प्रतिक्रिया