
१अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
२राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
३माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
४आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
५फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
६दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
७प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
८एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
९क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
१०सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
११नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१२South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
६राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
७माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
८आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)नेपाली कम्युनिस्ट आन्दोलनमा विचार र कार्यदिशाको सवालमा वस्तुनिष्ठ ध्यान नपुर्याउँदा कि त जडसूत्रवाद कि त अनुभववादको सिकार बन्दै व्यवहारमा सिद्धान्तको महŒवलाई गिराउँदै एक पक्षीयताको मात्रै पक्षपोषण गर्ने परम्पराले जडसूत्रवाद–श्रद्धावादमा र अनुभववाद–शङ्कावादमा पुगेको पाइन्छ, श्रद्धावादीहरूले तर्क र विचारमा भन्दा केवल विरासतको विश्वासलाई मात्र पक्षपोषण गर्नाले उनीहरूको अन्धभक्ति चेतनाले नेतृत्वलाई नै देवत्वकरणको अवस्थामा पुर्याउने काम गरेको छ भने शङ्कावादीहरुले हरेक विषयमा जताततै शङ्कै शङ्का मात्रै प्रकट गर्नाले अज्ञेयवादी चेत धारण गर्न पुगेका छन ! नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा जडसूत्रवाद र अनुभववादले एकमनावाद र बहुलवादको रूप लिँदै मार्क्सवादको सिर्जनात्मक प्रयोगका नाममा मार्क्सवादलाई नै विद्रूपीकरण गरेर आन्दोलनमा अवरोध खडा गर्दै आएको छ ।
जडसूत्रवादले मार्क्सवादको सैद्धान्तिक रक्षाको नाममा रुढीवादी कोणबाट आन्दोलनलाई अवरोध पुर्याउँदै आएको देखिन्छ । त्यसै गरी, नेपाली कम्युनिस्ट आन्दोलनमा जब्बर रूपमा रहेको संशोधनवादले मार्क्सवादको सिर्जनात्मक विकासका नाममा आफूलाई पूरै दक्षिणपन्थी मार्गमा हिंडाएर मार्क्सवादकै परित्याग गर्दै संसद्वादमा चुर्लुम्मै डुबी नवउदारवादको असली सेवक बनी दलाल पुँजीवादको पक्षपोषण गर्न पुगेको पाइन्छ ! त्यसैले आजको नेपाली कम्युनिस्ट आन्दोलनमा भूमण्डलीकृत साम्राज्यवादी नवओैपनिवेशिक चरित्रको कथित ललीपपले निम्त्याएको दलाल पुँजीवादसँग लड्न परम्परागत कार्यदिशा र कार्यशैलीमा क्रमभङ्ग गर्दै पार्टी सङ्गठन, विचारधारा, सांस्कृतिक कार्यशैली र त्यसले निम्त्याएको जीवनशैलीमा पुनर्गठन गर्दै समाजवादी गणतन्त्र स्थापनार्थ जनताका पेचिला मुद्दालाई सुगठित गर्दै जनसङ्घर्ष–प्रतिरोध सङ्घर्ष र सशस्त्र सङ्घर्षलाई एकाकार गरी वैज्ञानिक कार्यदिशा निर्माण गर्नु आजको वस्तुनिष्ठ आवश्यकता हो ! यो पेचिलो परिस्थितिमा नेकपा (बहुमत) को ऐतिहासिक नवौँ महाधिवेशन यही माघ ४ गतेदेखि १० गतेसम्म सम्पन्न हुँदै छ । फुट, विभाजन, एकता र सङ्घर्षको बिचबाट अगि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलनभित्रका कैयौँ विरासतलाई छिचोल्दै क्रान्तिकारी धारको मुख्य हिस्सेदारको रूपमा रहेको नेकपा (बहुमत) ले विचार र सङ्घर्ष निर्माणको ऐतिहासिक नवौँ महाधिवेशन गर्दै छ । महाधिवेशनले बहसमा थुप्रै नयाँ विषयहरूलाई बहसमा ल्याएको छ ।
मालेमावादलाई पकड्ने र लागू गर्ने सवालमा सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक र वर्गसंघर्षमा पुनर्गठन गर्दै सांस्कृतिक रूपान्तरणको ऐतिहासिक आवश्यकतालाई पूरा गर्न ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा न्युनतम राजनीतिक कार्यक्रममा रूपमा वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको शृङ्खलाबद्ध सामरिक रणनीति तय गरेर अगाडि बढ्ने जनाएको छ । वैज्ञानिक समाजवादी कार्यक्रमका लागि तत्कालीन कार्यनीतिका रूपमा स्वाधीन संयुक्त सरकार, जात व्यवस्था उन्मूलन र सामाजिक सम्मानसहितको राजनीतिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको खाका, आन्तरिक राष्ट्रियताको पूर्णमुक्ति र अधिकारका लागि आत्मनिर्णयको अधिकार र संघीयतासहितका स्वायत्त क्षेत्रको निर्माण, महिला मुक्तिका लागि सम्पत्ति र सन्तानमाथि पूर्ण अधिकार, अन्तर्राष्ट्रिय अन्तरविरोधको निर्क्यौल, सामाजवादी सत्तामा हुने अधिनायकत्व र पुँजीवादी साम्राज्यवादको मूल प्रवृत्तिका अतिरिक्त नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको मूल चरित्रको ठोस विश्लेषण गर्दै त्यसको योगमा नेपालमा हुने अबको क्रान्तिलाई वैज्ञानिक समाजवादी क्रान्ति र नेपालमा स्थापना हुने अबको सत्तालाई समाजवादी गणतन्त्र भनेर निर्क्यौल गर्दै बहस सुरु गरेको छ ।
विश्वका सर्वहारा श्रमजीवी र उत्पीडित जनताका लागि विचारधारात्मक दृष्टिले संशोधनवाद, राज्यसत्ताका दृष्टिले साम्राज्यवाद एवम् दलाल पुँजीवाद र शासकीय सत्ताका दृष्टिले सुधावाद नै प्रमुख दुश्मनका रूपमा रहँदै आएको भूमण्डलीकृत विश्व साम्राज्यवादको शोषणको चरित्रलाई परास्त गर्ने मालेमावाद तथा द्वन्द्वात्मक भौतिकवादको बुझाइमा नयाँ दार्शनिक बहस सुरु गरेको छ !



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
प्रतिक्रिया