News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized राजनीति विशेष न्यूज समाचार

भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन हुने

काठमाडौं । भेनेजुएलामाथि गरिएको अमेरिकी साम्राज्यवादी सैन्य आक्रमणको विरोधमा काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गरिने भएको छ । केन्द्रीय संयुक्त संघर्ष समितिको आह्वानमा उक्त प्रदर्शन भोली पुस २२ गते बिहान ११ः०० बजे माईतीघर मण्डलामा हुने जानकारी दिइएको छ । प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा र समाजवादी कम्युनिस्ट पार्टी नेपाल लगायतका विभिन्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको सहभागिता रहने जनाइएको छ ।
आयोजक समितिका अनुसार अमेरिकी साम्राज्यवादले भेनेजुएलाजस्ता सार्वभौम मुलुकमाथि गरेको हस्तक्षेप, सैन्य आक्रमण र दबाबको विरोध गर्दै विश्वका उत्पीडित राष्ट्रहरूसँग ऐक्यबद्धता जनाउने उद्देश्यले प्रदर्शन आयोजना गर्न लागिएको हो । उक्त विरोध कार्यक्रममा लोकतान्त्रिक, प्रगतिशील तथा शान्तिप्रेमी नागरिकहरूलाई सहभागी भई साम्राज्यवादी हस्तक्षेप विरुद्ध आवाज उठाउन आयोजकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ