
१बमको दर्शन
२यू्रोपमा भईरहेको आन्दोलनबाट नेपालका कम्युनिस्टले सिक्नुपर्ने शिक्षाहरु
३कार्यकर्ता नीतिबारे
४मातृभक्षणवादको नयाँ सिद्धान्त – २
५मातृभक्षणवादको नयाँ सिद्धान्त
६सांसद खगेन्द्र सुनारमाथि छानबिन गरी कारबाही गर्न महिला संगठनको माग
७चाडपर्वमा कालोबजारी, मदिरा र यातायात मनपरी नियन्त्रण गर्न नेकपा (बहुमत) दार्चुलाको माग
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
१०नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
११वैचारिक संघर्षबारे
१२जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
सर्जन पाण्डे
धमेन्द्र बास्तोला ‘कञ्चन’को “मातृभक्षणवाद र प्रतिक्रान्तिकारीहरूका नयाँ आयाम” शिर्षकको लेख रातोपाटीमा असोज २०८३ असोज १० गते शनिवार प्रकाशित भएको थियो । त्यसताका नै यसको खण्डन लेख्नुपर्ने आवश्यकता परेको थियो तर विमारी भएको कारण सकिनँ । त्यसबेला थुप्रै कमरेडहरूले बास्तोलाको यस मातृभक्षणको पर्दाफास गरिसक्नु भएको छ । बास्तोला त्यति नै बेला उदांगो भैसक्नुभएको थियो । तर अहिले फेरी अर्कै सन्दर्भमा सो मातृभक्षणवाद र नेकपा (बहुमत) — जसले क्रान्तिकारी विचारधारको प्रतिनिधित्व गर्छ — लाई समेत जोडेर विज्ञप्ति जारी गरिएपछि बास्तोलाको मातृभक्षणबारे लेखको पुनः आवश्यकता महशुस भयो र रातोपाटीमा प्रकाशित उक्त लेखको प्रतित्युरस्वरुप यो लेख तयार गरिएको छ । यो लेख दुई भागमा प्रकाशित हुनेछ ।
बास्तोलाको उक्त लेख यसरी सुरु हुन्छः “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका समस्याहरू देखिँदै आएका थिए । त्यसमा मुख्यतः मार्क्सको समयमा संशोधनवाद, लेनिनको समयमा अर्थवाद, ट्रेडयुनियनवाद, सुधारवाद, विसर्जनवाद, माओको समयमा ‘चार पुरानावाद’ र पछिल्लो समयमा नेपालमा मातृभक्षणवाद देखा परेको छ, त्यो विल्कुल नयाँ विशेषता त होइन, तर नयाँ तरिकाले प्रकट भएको छ ।”
बास्तोला महाशयको यस भनाईको अर्थ यो भयो कि मार्क्सलाई संशोधनवादीहरूले जुन प्रकारले प्रहार गरेका थिए, उहाँ अहिले त्यसै प्रकारको प्रहारको सिकार बन्नुभएको छ । लेनिन र माओ अर्थवाद, ट्रेड युनियनवाद लगायतसँग जसरी लड्नुभएको थियो आज बास्तोला त्यसरी नै मातृभक्षणवाद विरुद्ध संघर्ष गर्दै हुनुहुन्छ । यसो गरेर पहिलो त, आफूलाई मार्क्स, लेनिन र माओको समतुत्य वा कम्तीमा सच्चा अनुयायी नेताको रुपमा दाबी गर्ने प्रयास गर्नुभएको छ । दोस्रो, नेपालमा मातृभक्षणवादको नयाँ थेसिस प्रस्तुत गर्नुभएको छ । तेस्रो, नेपालको कम्युनिस्ट आन्दोलनमा मातृभक्षणवाद र मातृसंरक्षणवादका बिचमा तिखो संघर्ष भइरहेको र उहाँले मातृसंरक्षणवादको नेतृत्व गरिरहको रुपमा प्रस्तुत गर्नुभएको छ । चौथो, मातृभक्षणवाद संशोधनवादको नयाँ तरिका भएको कुरालाई उल्लेख गर्नुभएको छ ।
सबैभन्दा पहिला हामीले मातृभक्षणवाद के हो भन्नेबारे प्रष्ट हुनुपर्ने देखिन्छ । यसका निम्ति बास्तोलाले यसलाई पुष्टि गर्न लिएका आधारहरूबाटै हेरौँ । उहाँले लेख्नुभएको छः “अक्टोबर क्रान्तिपछि र दोस्रो विश्वयुद्धको अन्त्यसँगै उपनिवेशको अन्त्य र वित्तीय लगानीसहित सुरु भएको नवऔपनिवेशिक विश्वमा सुधारवादको विशेषता फरक छ र त्यो आर्थिक लाभका लागि षड्यन्त्रमा सीमित हुन पुगेको छ । मातृभक्षणवाद अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नयाँ विशेषता हो । यसको जग दलाल पूँजीवाद हो” । यसलाई थप पुष्टि गर्न तत्कालिन सोभियत संघमा किरोभको हत्या र चीनमा माओलाई मार्न लिन प्याओको षड्यन्त्रलाई जोड दिइएको छ । र भनिएको छ, उनीहरूको चेतना “देशभन्दा बाहिरको पूँजीवादको प्रतिबिम्बन र प्रभाव थियो, अन्ततः त्यो, दलाल पूँजीवाद नै थियो । त्यसले पूँजीवादलाई मलजल गर्थ्यो, साम्राज्यवादलाई मद्दत गर्थ्यो ।”
उदाहरणका रुपमा शेरबहादुर देउवाको विकल्पमा रुपमा गगन थापाले षड्यन्त्रपूर्ण तरिकाले पार्टी विभाजन गरेको, उक्त प्रवृति एमालेमा र नेपाली कम्युनिस्ट पार्टीमा देखिएको कुरा उल्लेख गरिएको छ । त्यस्तै “मातृभक्षणवादको भद्दा नमुना नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केही उटपटाङहरूमा देखिएको” उल्लेख छ । अझ अगाडी लेखिएको छः “नेपाली राष्ट्रिय झन्डा बोकेर राष्ट्र नै खरानी बनाउने तन्त्रवादी, रहस्यवादी, षड्यन्त्रवादी, लुसीफर ग्याङको हर्कत मातृभक्षणवादको सटिक उदाहरण हो ।”
यही हो बास्तोलाको मातृभक्षणवादको सिद्धान्त । हामीले यस सानो लेखमा बास्तोलाका लामा उद्धरण साभार गरेका छौँ, किनकि यसो गरेर नै हामी उल्लेखित मातृभक्षणलाई बुझ्न सक्षम हुनेछौँ । हामी सुरुमै के कुरा जानकारी गराउन चाहन्छौं भने बास्तोलाकै शब्दमा भन्ने हो भने यो सिद्धान्त नितान्त नौलो सिद्धान्त हो ।
अब बास्तोलाले प्रतिपादन गरेको यस सिद्धान्तको जाँचबुझ गरौं ।
मातृभक्षणवादलाई यसरी प्रस्तुत गरिन्छ कि भएभरका सबै दोष त्यसैमाथि थोपर्न सकियोस् । एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नयाँ विशेषताको रुपमा र अर्कातिर पूँजीवादी तथा दलाल पूँजीवादी पार्टीका समस्याको रुपमा । यसो गरेर मालेमावादलाई मूल्यहीन खिचडी बनाउने प्रयास गरिन्छ । जस्तो कि हामीले हेर्यौँ भने मातृभक्षणवादलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विशेषता बताएर त्यसले नेपालका दलाल पूँजीपति पार्टीहरूमा पनि संकट ल्याएको देखाइन्छ । यो घोषणा हुन बाँकि छ, तर बास्तोलाले प्रस्तुत गरेको शैली र विवरण हेर्दा यस्तो लाग्छ अब ऐतिहासिक द्धन्द्धात्मक भौतिकवाद नै अन्त्य भइसक्यो । मातृभक्षणवाद नै एक मात्र सहि विश्व दृष्टिकोण हो । यस नयाँ सिद्धान्त आविष्कार गरेर नै होला बास्तोला आफूलाई मार्क्स, लेनिन र माओको बराबरी हैसियत माग गर्नुहुन्छ । यो आशय धेरै ठाउँमा प्रकट भएको छ । जस्तो लिन प्याओको सन्दर्भ होस् वा संशोधनवाद, अर्थवादविरुद्ध मार्क्स लेनिनको संघर्षको सन्दर्भ, बास्तोलाको यो आशय खुल्ला ढंगले प्रकट हुन्छ ।
तर बास्तोलाले आफूलाई मालेमावादको सच्चा अनुयायी भएको दाबी गर्न पनि कुनै कसूर बाँकि राख्नुभएको छैन । हामी अहिलेलाई उहाँको यसै कुरालाई आधार मानेर चल्नेछौँ । तर यसका बाबजुत पनि प्रश्न उठ्छ, आफूलाई मार्क्सवादको सच्चा अनुयायी दाबी गर्ने बास्तोला किन आफैंले दर्जनौंपटक दलाल पूँजीवादका प्रतिनिधि भनेका शेर बहादुर देउवा लगायतसँग आनो तुलना र दलाल पूँजीवादी पार्टीको आरोप लगाइएका पार्टीहरूसँग कुनै बेला उहाँ आफैँ महासचिव रहेको र उहाँले नै देशको एकमात्रै क्रान्तिकारी पार्टी दाबी गरेको पार्टीबीचमा अहिले किन तुलना गरिराख्नु भएको छ?
यसबारे हामी तल हेर्नेछौँ, तर पहिला बास्तोलाले नै लिएका आधारहरूलाई हेरौँ ।
उहाँले सोभियत संघमा किरोभको हत्या र चीनमा लिन प्याओको षड्यन्त्रलाई मातृभक्षणको उदाहरणको रुपमा पेश गर्नुभएको छ । रोचक कुरा त के भने बास्तोला न किरोभ बन्नु भएको छ, न त उहाँले लिन प्योओको जस्तो षड्यन्त्रको योजनाबारे कुनै कुरा सार्वजनिक गुर्नभएको छ । सिर्फ उदाहरण दिनुले कुरा प्रमाणित हुन्छ र, बास्तोला महाशय? हामी तपाईँको वरिपरी घुमिराख्ने अराजक झुण्डजस्ता छैनौँ — जसले हातगोडा भाँच्ने, गाड्ने, मार्नेसम्मको धम्कि देओस् — न त तपाईँलेजस्तो अपराधीहरूलाई बचाउन मरिहत्ते गर्ने हामीमा कुनै लालसा छ; न त्यसका निम्ति पार्टी फुटाउनुपर्ने कुनै आवश्यकता छ । हामी कुनै अपराधी पनि होइनौँ, हामी राजनीतिक व्यक्ति हौँ । तर तपाईँ त हामीलाई लि प्याओसँग तुलना गरेर अपराधी घोषणा गरिराख्नु भएको छ । के हामीले महान् बास्तोलाको हत्या गर्ने योजना बनायौँ? बास्तोला महाशय तपाईँसँग यस कुराको कुनै जवाफ छ? यो सहि हो कि हामीले तपाईँलाई पार्टी महासचिवको रुपमा स्वीकार गरिराख्ने स्थिति बनेन; के यसैको आधारमा हामी यति ठूलो अपराधी भयौँ? के हामीले माओवाद अस्वीकार गरेर कहिल्यै लिन प्याओको समर्थन गरेका छौँ? अनि हामी कसरी लिन प्याओ? लिन प्याओ त त्योे हो, जो क्रान्तिकारी मार्क्सवादको हत्या गर्छ; साम्राज्यवादी खुफिया ऐजेन्सीसँग खुसामत गर्छ; सयौँ क्रान्तिकारी युवा कार्यकर्ताहरूको विश्वास र जनताको आशामाथि चिसो पानी खन्याउँछ; पार्टीलाई फुटमा लैजान्छ ।
अनि आफूलाई महान् दार्शनिक दाबी गर्ने बास्तोला महाशयलाई जनवादी केन्द्रीयताबारे के अलिकति पनि ज्ञान छैन? लगातार अल्पमतका बाबजुत उहाँका निम्न बुर्जवा, संशोधनवादी विचार, अराजक कार्यशैली एवम् व्यक्तिवाद र षड्यन्त्रका योजनाहरूलाई क्रान्तिकारी बहुमतले हुबहु स्वीकार गरिदिनु पर्ने शर्त के जनवादी केन्द्रीयता हुन्थ्यो? वा यसको ठिक विपरित अल्पमत क्रान्तिकारी बहुमत मातहत हुनुपर्थ्यो? आफैँ सहभागी बैठकले सर्वसहमतिले गरेका निर्णयहरू समेत नमान्ने, नेतृत्वको विशेषधिकार भन्दै बहुमत क्रान्तिकारी लाइनलाई पैतालाले कुल्चिने प्रयास गर्ने, क्रान्तिकारी लाइनलाई छोडेर भाग्ने, पार्टी, आन्दोलन र वर्गप्रति गद्दारी गर्ने अपराध कस्ले गर्यो? यसरी गरिएको जनवादी केन्द्रीयताको भक्षणलाई के भन्ने? खुफियाहरूसँगको गोप्य भेटवार्तालाई के भन्ने? मालेमावादी विचारमा संशोधनवादलाई रंगरोगन र भव्य तामझाम सहित गरिएको स्वागत सत्कारलाई के भन्ने? के यी सबैलाई मातृभक्षणको बुर्जवा पर्दा लगाएर ढाकछोप गर्न सम्भव छ र?
हामी सोध्न चाहन्छौँ कि बास्तोला महाशय, ती नेपालको राष्ट्रिय झन्डा बोकेर देश खरानी बनाउनेहरूको के हामीले कहिल्यै कुनै समर्थन गर्यौँ? अनि हामीलालाई चाहिँ तिनिहरू सरह किन राखिदैछ? के त्यसका पछाडी पनि कुनै विशेष कारण त छैन? वैज्ञानिक समाजवादका निम्ति आफ्नो प्राणको आहुति दिन तयार तपाईँका हिजोसम्मका कार्यकर्तालाई र विदेशीको इसारामा देश जलाउने साम्राज्यवादका एजेन्टलाई एउटै देख्नु पक्कैपनि दृष्टिभ्रम मात्रै त हुन सक्दैन !
अब हामी निष्कर्षमा फर्किऔँ, जहाँबाट बास्तोलाले लेख आरम्भ गर्नुभएको थियो । सम्भवतः पाठकहरूले बिसिर्नु भएको छैन कि त्यसबाट चारवटा निष्कर्षहरू निस्किएका थिए । अब हामी तिनमाथि छलफल गर्नेछौँ ।
पहिलो, बास्तोलाले आफूलाई मार्क्स, लेनिन र माओको समतुत्य वा कम्तीमा सच्चा अनुयायी नेताको रुपमा गर्नुभएको दाबी । के बास्तोला मार्क्स, लेनिन र माओसँग तुलनायोग्य छन् त? के यसरी दाबी गर्नुले कोही व्यक्ति महान् हुन सक्छ? वा दाबी गरेकै आधारमा कोही सच्चा मालेमावादी हुन सक्छ? यो तथाकथित मातृभक्षण अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रवृति भएको बताउँदै आफूलाई मार्क्स, लेनिन र माओको स्तरमा राख्ने कुराले नै बास्तोलाको गम्भीर गल्ति उजागर गर्यो । यसै कुराले बास्तोलामा कस्तो चरम प्रकारको व्यक्तिवाद हाबी थियो भन्ने देखायो । एक समयका कट्टर माक्सवादी बर्नस्टिनले यस खालको संशोधनवादप्रति हामीलाई पहिले नै परिचित गराइसकेका छन् । यहाँसम्म कि प्लेखानोभ जो बर्नस्टाइनको संशोधनवादको विरोध गर्थे, आफू नै सच्चा मार्क्सवादी भएको दाबी गर्थे तर अन्ततः संशोधनवाद कै सेवामा लिन हुन्थे । अनि लेनिनको समयमै रुसमा संशोधनवादी मार्तोभ, वैधानिक मार्क्सवादी स्ट्रुभे लगायतको अर्थवादबारे पनि हामी जानकार नै छौँ । दोस्रो इन्टरनेश्नलका कट्टर मार्क्सवादी काउत्स्की लगायत अन्यहरूको त कुरै छोडौँ । यो इतिहासलाई के हामी सजिलै बिर्सन सक्छौँ र? हामी अन्धो छैनौँ ! बास्तोला भ्रमबाट मुक्त होऊन् !
यसरी एकातर्फ मार्क्स, लेनिन र माओसँग तुलना गर्ने अनि अर्कोतर्फ शेर बहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीजस्ता दलाल पूँजीपति वर्गका प्रतिनिधिसँग तुलना गर्ने सारसंग्रही बुर्जुवा अराजकता हाम्रो सामुन्नेमा आउँछ । र तथाकथित मातृभक्षणको बुर्जवा प्रलाप स्वतः खारेज हुन्छ । हामीले माथि पनि देख्यौँ कि बास्तोलाले संशोधनवादको सेवा कसरी गरिराख्नुभएको छ; कसरी बास्तोला आफ्ना व्यक्तिवादी र संशोधनवादी विचारलाई ढाकछोप गर्न मालेमावादको जलप लगाइराख्नु भएको छ । के यसले बास्तोलाई मालेमावादको खुम्ले किरा साबित गर्दैन र?
दोस्रो, नेपालमा मातृभक्षणवादको नयाँ थेसिस । बास्तोलाको यस नयाँ थेसिसबारे हामीले माथि हेर्यौँ कि वास्तवमा त्यो कति नयाँ छ । तथाकथित मातृभक्षणवादको यो नयाँ थेसिस क्रान्तिकारी मार्क्सवादको भक्षणबाहेक अरू केहि होइन । यो नयाँ थेसिस क्रान्तिकारी मार्क्सवादको विरोधमा रचिएको एउटा असफल नाटक बाहेक केही होइन । यो कुरा भनिरहन आवश्यक छैन कि यस नयाँ थेसिसले स्वयम् बास्तोलालाई नाङ्गै पारिदिएको छ ।
तेस्रो, कुरा यो हो कि नेपालको कम्युनिस्ट आन्दोलनमा जुन संघर्ष चलिराखेको छ, त्यो मालेमावाद र संशोधनवादबीचको संघर्ष हो । बास्तोलाले भनेको मातृभक्षणवाद र मातृसंरक्षणवादबीचको संघर्ष त्यस अर्थमा सहि हो कि मातृभक्षणवाद भनेको अनिवार्य रुपमा दलाल पूँजीवाद तथा संशोधनवादी अराजकताको विरोध हो । तब हामी निःसंकोच मातृभक्षणवादी हौँ ।
चौथो, मातृभक्षणवाद संशोधनवादको नयाँ रुप । मातृभक्षण बिल्कुलै पनि नयाँ रुप हो । तर यो पार्टीको माथिल्लो नेतृत्वमा पुगेको संशोधनवादीहरूले आफ्नो संशोधनवादमा पर्दा हाल्न भर्खरै मात्र बुर्जुवाहरूबाट सापट लिएको विल्कुलै नयाँ प्रकारको वाक्यांश हो ।
निष्कर्षमा हामी के भन्न सक्छौँ भने संशोधनवाद मार्क्सको पालामा मात्रै थिएन, लेनिन र माओ हुँदै आजका दिनसम्म आइपुग्दा त्यो हजार गुणा बढेको छ र त्यसले आना अनगिन्ति रुपहरू विकास गरेको छ । मातृभक्षणवाद हालै मात्र बास्तोलाले आत्मसात त्यसैको नेपाली रुप हो । यसो गरेर उहाँले दलाल पूँजीवादको र अन्ततः साम्राज्यवादको सेवा गरिराख्नु भएको छ । नेपालका सर्वहारा, श्रमजीवि, किसान र उत्पीडित जनता विरुद्ध लक्षित मातृभक्षणवाद र रहस्यवादको प्रतिक्रियावादी भद्दा नाटकलाई मार्क्सवादमा कुनै स्थान छैन !
प्रतिक्रियावादी संशोधनवादीहरू मुर्दावाद !
यस भागमा बास्तोलाको मातृभक्षणवादलाई मोटामोटी हेर्यौँ । थप विषयको उजागर भाग – २ मा हुनेछ ।
प्रतिक्रिया