
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
७नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
८नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
९पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मको केही दिनअघि पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरियो, जुन यतिबेला राम्रो भ्युजका साथ युट्युब ट्रेन्डिङमा छ।
प्रकाशको गृहजिल्ला बागलुङमा खिचिएको गीतको भिडिओमा उनी स्वयं र अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकारहरू छन्। कोरसमा १ सय जना हाराहारीको नृत्य देख्न सकिन्छ। कोरसमा नाच्ने यी सबै कलाकार स्थानीय स्तरबाट खोजिएका हुन्। स्थानीय कलाकारहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने ध्येयले यसो गरिएको ‘वसन्त’ का प्रोजेक्ट हेड दिल शिरीषले बताए।
उनका अनुसार भिडिओको पृष्ठभूमिमा नृत्य गर्नेहरू बागलुङ, पर्वत, म्याग्दी र गुल्मीबाट ल्याइएका हुन्। उसो त ‘वसन्त’ टिमको योजना बागलुङ काठेखोला गाउँपालिकाभित्रकै स्थानीय प्रतिभालाई लिने थियो। त्यसका लागि प्रकाशसहित उनी केही विद्यालयमा पुगेका थिए। यद्यपि, त्यहाँबाट मात्रै संख्या नपुगेपछि छिमेकी जिल्लाहरूबाट झिकाइएको शिरीषले बताए।
उनका अनुसार कोरस कलाकारहरूको संयोजनको जिम्मेवारी स्थानीय डान्स स्टुडिओ डायनामिक डान्स ग्रुपका प्रशिक्षक रोमन घमाललाई दिइएको थियो। ‘हामीसँग कोरसमा काठमाडौं र पोखराबाट डान्सर लैजाने विकल्प थियो। त्यसरी काम गर्दा खर्च कम हुन सक्थ्यो,’ प्रोजेक्ट हेड शिरीषले भने, ‘हामीले छिमेकी जिल्लाहरूबाट कोरस झिकाउँदा केही खर्चिलो त भयो यद्यपि, स्थानीय प्रतिभालाई प्रस्तुत गराउन पाउँदा र उनीहरुमा उत्साह देख्दा एकदमै खुसी छौं।’
सार्वजनिक ‘साँझ पर्यो झमक्क’ को कुरा यो गीतलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। गीतमा प्रकाशसँगै शान्तिश्री परियारको स्वर छ। प्रकाशकै संगीत रहेको गीतका एरेन्जर सुदीप सागर हुन्। ‘वसन्त’ मा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्री लगायतको अभिनय छ।
गलबन्दी प्रोडक्सनबाट बनेको वसन्तको कथा र संगीत पनि प्रकाशकै हो। मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया