
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । निजामती कर्मचारी विधेयकमा भएको जालसाजीका कारण संसद, सांसद र सरकामाथि नै यतिबेला नैतिक प्रश्न उठेको छ । निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीको विषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निकै चोटिला प्रश्नहरु उठेका छन् । दलहरुबीच यसविषयमा कडा टिप्पणीहरु भइरहेका छन् ।
यसैबीच नेपाली कांग्रेसका सांसद हृदयराम थामीले शुसासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरामाथि प्रश्न उठाएका छन् । उनले समितिका सभापति टाठोबाठोमध्येको भएकाले थाहा पाइनँ भनेर सुख नपाइने बताए । सभापति खतिवडा पनि कांग्रेसकै सांसद हुन् ।
‘दुराजी तपाईं सचिव हो । नयाँ मान्छे होइन । सभापति टाढोबाठोमध्येको सभापति हो, थानीले आक्रोश पोखे, ‘कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइन भन्न मिल्छ ?’
यो प्रकरणले सिंगो संसदको अपमान भएको र सांसदहरूको मन रोएको थानीले बताए । ‘यहाँ ठूलै समूहको हात छ । सांसदको मन रोएको छ । भोलि पार्लियामेन्ट सिस्टमको के रहला ?’ उनले प्रश्न गरे । उनले कोर टिम भनेको को हो भन्ने प्रश्न पनि उठाए । ‘इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ?’ थानीले प्रश्न गरे ।
समिति सभापति खतिवडाले नपढेरै हस्ताक्षर गरेको भन्ने आफूलाई विश्वास नलागेको थानीले बताए । ‘कम्तिमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनुभयो । तपाईंले नपढेर सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन,’ थानीले भने ।
थानीले दुरालाई थप अगाडि भने, ‘दुराजी तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो । सानो समितिले हुँदैन ।’
यो विषयले संसदीय दलहरुको बीचमा अविश्वास र बेचैन पैदा गरिदिएको छ र संसदीय व्यवस्था ठालुहरुले मनपरी गर्ने व्यवस्था हो भन्नेहरुलाई हौसला दिएको छ । संसदीय व्यवस्थामा भन्ने एउटा र गर्ने अर्कै हो भन्ने फेरि एकपटक छर्लङ्ग भएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया