
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपालमा संचालित उद्योगहरु, कारखानाहरु तथा विभिन्न प्रतिष्ठानहरुमा कार्यरत मजदुरहरुको तलबसुविधा वृद्धि गर्न माग गरेको छ । सो संगठनका अध्यक्ष ध्रुब खड्काले आज एक विज्ञप्ति जारी गर्दै मजदुरको तलब वृद्धिको माग गरेका हुन् ।
विज्ञप्तिमा अध्यक्ष खड्काले करार, ज्यालादारी, ठेकेदारी प्रथाको अन्त्य गर्दै ‘नो ओर्क नो पे’ ‘हायर एण्ड फायर’ खारेज गरी दैनिक वृद्धि भइरहेको महँगीको आधारमा मजदुरहरुको तलब भत्ता पनि वृद्धि गर्न माग गरेका छन् ।
अध्यक्ष खड्काले विज्ञप्तिमा प्रत्येक २—२ वर्षमा मजदुरहरुको तलब भत्ता वृद्धि हुनुपर्नेमा हाल त्यसो नभइरहेको भन्दै मजदुरको तलब बढाउनु पर्नेमा उल्टै मुठ्ठीभरका सरकार निकट ट्रेड युनियन र सरकारका मान्छे बसेर गरिने निर्णयले नेपाली मजदुरलाई नभई उद्योगी, साहु र पुँजीपतिलाई पक्षपोषण गर्ने गरेको जनाएका छन् ।
विज्ञप्तिमा मजदुरको सामान्य जीवनयापन गर्नयोग्य तलबभत्ता (मासिक रु.३०,००० बनाउन वा ज्यालादारीलाई घण्टाको रु. १५० बनाउन) गर्न माग गरिएको छ ।
यदि एकपक्षीय निर्णय गरी उद्योगी र साहुलाई पोस्ने र मजदुर भोकै मर्नेगरी मजदुरको तलब निर्धारण भयो भने देशभरीका मजदुर आन्दोलनमा उत्रने पनि विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ ।
विज्ञप्तिमा दलाल पुँजीवाद र विदेशी दलाल संसदीय व्यावस्थाका कारण मजदुरको अवस्था दयनीय बन्दै गएको भन्दै नेपाली उद्योगधन्दा बन्द गरी दलाल पुँजीवादी हावी हुँदा राष्ट्रिय उद्योगलाई निजीकरण गरी व्यक्तिले नाफाको लागि काम गर्ने भएकाले नेपाली मजदुरको अवस्था दयनीय भएको बताइएको छ ।
विज्ञप्तिमा राजनीतिक अस्थिरता र असमान बजारका कारण औद्योगिक अवस्था धरासायी हुँदै गएको, श्रम विभेद र सामाजिक सुरक्षा व्यवस्था कमजोर तथा न्यून ज्यालाका कारण जीवन चलाउन नसकिएपछि नेपाली मजदुर वैदेशिक रोजगारीमा पलायन हुन बाध्य भएको जनाइएको छ ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया