
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
पहिला पुँजीपतिले आफ्ना प्रतिनिधिहरु संसदमा पठाउँदैनथे । बरु निर्वाचित सांसदहरुमार्फत् नै आफ्नो व्यवसायमा फाइदा हुने निर्णय गराउन हर प्रयत्न गर्थे । तर अब यस्तो समय आएको छ, अब पुँजीपतिहरु नै आफै संसदमा निर्वाचित भएर सदनमा जाने र मन्त्री हुने र आफ्ना व्यवसायलाई फाइदा हुनेगरी निर्णय गर्नेसम्मका घटना भएका छन् ।
यो घटना नेपालका विनोद चौधरीहरुमा मात्र लागु भएको होइन बरु विश्वकै धनी अमेरिकी नागरिक एलन मस्कले पनि पार्टी नै खोलेर राजनीतिमा अगाडी आएका छन् र उनले पनि अब यस्तै गर्नेछन् वा यस्तै गर्ने मनसाय राखेका छन् ।
भर्खरै मात्र अमेरिकामा टेस्ला र स्पेस एक्सका मालिक इलन मस्कले नयाँ पार्टी गठन भएको घोषणा गरेका छन् ।
२२ गते (शनिबार) उनले अमेरिका पार्टी गठन भएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत् जानकारी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको भोलिपल्ट विश्वकै धनाढ्य मस्कले अमेरिकामा नयाँ पार्टी गठनको घोषणा गरेका हुन् ।
‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं,’ मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।
उनले अमेरिकीहरू नयाँ पार्टी चाहिरहेको दाबी पनि गरे । ‘तपाईंहरूले चाहनु भएको अनुसार नयाँ राजनीतिक दल हुनेछ,’ उनले भनेका छन् ।
आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पुर्याउने पनि मस्कले बताएका छन् । मस्कले पार्टीको संरचनाबारे विस्तृत भनेका छैनन् ।
नयाँ पार्टी घोषणासँगै मस्क र ट्रम्पबीचको सम्बन्ध थप चिसिने आँकलन गरिएको छ । अमेरिकाको दुवै सदनबाट पारित भएपछि ट्रम्पले प्रमाणीकरण गरिसकेको कर खर्च कटौती विधेयकलाई मस्कले घृणित र घिनलाग्दो भनेका थिए । ट्रम्प र रिपब्लिकनहरू भने त्यसलाई ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएका छन् । यस विषयमा ट्रम्प र मस्कबीच झगडा समेत परेको थियो ।
प्रतिक्रिया