
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको बहानामा गएर केही व्यक्ति नफर्किएको भन्ने विषय सदनमा उठाएकी छन् ।
पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानबिन गर्न माग गरेकी हुन्।
उनले भनिन्, ‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन् । यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भीर विषय हो ।’
गौतमले भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि सरकार गम्भीर नभएको भन्दै संसद् बहिस्कार गर्ने बताइन् । उनले सरकारले स्वार्थ बाझिने र अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाउँदै आपत्ति समेत जनाइन् ।
उनले भनिन्, ‘सरकारले नेपाली जनताको जिउधन र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने र अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ठ कर्मचारी सम्मिलित एउटा टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद र आपत्ति छ । हाम्रो हिजो पनि र आज पनि एउटै छ । उच्चस्तरीय छानबिन आयोग जसरी पनि बन्नुपर्छ । हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ सभामुख महोदय । त्यस कारण आज पनि हामी विरोधस्वरुप यो संसद् बहिस्कार गर्दछौँ ।’
उनले फरक प्रसङ्गमा बोल्दै बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया