
१अवैध लेनदेन र जग्गा हिनामिनाको आरोपमा नेकपा (बहुमत) सिरहाद्वारा सांकेतिक कारबाही
२पर्सामा भारतीय सुरक्षाकर्मीको बर्दीसहित प्रवेश, प्रशासन अनविज्ञ
३CTEVT सुधारका लागि नौबुँदे माग, नर्सिङ कार्यक्रम तत्काल सञ्चालन गर्न अखिल (क्रान्तिकारी) को दबाब
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
६नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
७जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
८विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
९एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
१०नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
११कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सरकारले ल्याउन लागेको शिक्षा ऐन जनपक्षीय नभए कडा सङ्घर्ष र विद्रोहमा उत्रिने चेतावनी दिएको छ। सङ्गठनले शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै संघीय जनपक्षीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संगठनका अध्यक्ष वीरेन्द्र शाहले नेपालको शिक्षा प्रणाली ५४ वर्ष पुरानो र पञ्चायती सोचबाट निर्देशित रहेको भन्दै यसले शिक्षामा असमानता सिर्जना गरेको बताएका छन्।
´शिक्षामा निजीकरण र व्यापारीकरणले गर्दा शिक्षा आम नागरिकको पहुँचबाट टाढा भएको छ,´ ज्ञापनपत्रमा भनिएको छ, ´यसले सबै नागरिकलाई निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रदान गर्ने मौलिक हक र नैसर्गिक अधिकारको हनन गरेको छ।
सङ्गठनले नेपालको संविधानको धारा ३१ ले शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरी प्रत्येक नागरिकलाई आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि सरकारले नै त्यसको उल्लंघन गरेकोमा गम्भीर आपत्ति जनाएको छ।
सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐनमार्फत शिक्षामा निजीकरणलाई संस्थागत गर्ने षड्यन्त्र भइरहेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले यसलाई विद्यार्थीको भविष्यमाथिको ‘नृशंस खेलबाड’ को संज्ञा दिएको छ।
´स्वार्थ समूहको दबाब र प्रभावमा परी नेपाल र नेपाली विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने षड्यन्त्रसहितको जनविरोधी शिक्षा ऐन जारी गरिएमा अखिल (क्रान्तिकारी)ले विद्यार्थीहरूको अधिकारको निम्ति विद्रोहको घोषणा गर्न बाध्य हुनेछ,´ ज्ञापनपत्रमा उल्लेख छ।
सङ्गठनले तत्काल सरोकारवालाहरूसँग बृहत् छलफल गरी शिक्षालाई जनताको नैसर्गिक अधिकारको रूपमा स्थापित गर्ने गरी ‘संघीय जनपक्षीय शिक्षा ऐन’ जारी गर्न माग गरेको छ।
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया