सिराहा, नेकपाृ(बहुमत) सिराह जिल्ला कमिटिले तिन जना मिटर ब्याजीको घरमा कालो ब्यानर टाँसेर साँकेतिक जनकार्वाही गरेको छ । सिरहा जिल्ला गोलबजार न.पा वार्ड नं. ४ बस्ने राम प्रमोद यादव, औरही गाउपालिका वार्ड नं. १ बस्ने भरतलाल यादव, कल्याणपुर न.पा. वार्ड नं. ७ बस्ने कल्याणी देवी मोची, लक्ष्मीपुर पतारी गा.पा. वडा नं. ४ हाल लहान न.पा. बस्ने दोरीक प्रसाद साह सुडीको घरमा टाँसिएको ब्यानर सांकेतिक कारबाही गरिएको सिरहा जिल्ला कमिटिले जनाएकाृे छ । अनुचित लेनदेन गर्ने, चर्को मिटरब्याज लगाई तिर्न नसक्ने अवस्थाामा पुर्याई घर जग्गा कब्जा गर्ने गरेकोले निजहरुको घरमा कालो ब्यानर टाँसिएको एक नेताले बताए । साथै माछापुछ्रे बैंकले सिराह जिल्ला स्थित गोलबजारमा रहेको जग्गा जबरजस्ती कब्जा गर्ने नियत राखी लिलामीको सूचना निकालेको हुनाले उक्त जग्गामा पनि पार्टीले कालो ब्यानर राखी आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया