
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
कास्की । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले कास्कीमा एकजना विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई कालोमोसो दलेर जनकारवाही गरेको छ ।
पोखराको चर्चित पर्यटकीय स्थल डेबिड फल्सको जग्गामा मिलिभगत गरी लुट मच्चाएको आरोपमा छोरेपाटन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारीलाई अखिल (क्रान्तिकारी) कालोमोसो दलेको छ ।
सो संगठनका गण्डकी प्रदेश संयाेजक राजन साउदले संगठनको तर्फबाट एक विज्ञप्तिमार्फत् सो घटनाको जिम्मेवारी लिएका छन् । विज्ञप्तिमा संयाेजक साउदले पहारीलाई जनकारवाही गर्नुको कारण बारे स्पष्ट पारेका छन् ।
२२०० विद्यार्थीले पढ्दै आएको विद्यालयको आयस्रोतको रुपमा रहेको पाताले छाँगोलाई विद्यालयलाई करोडौं घाटा लाग्नेगरी पाताले छाँगोलाई कमिसन खाइ पोखरा महानगरहुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको, पोखरा महानगरले ४ किस्ताका दरले वार्षिक ३ करोड रुपैयाँ विद्यालयलाई दिने सम्झौता गरेको भएपनि २ किस्ता नदिँदासम्म पनि कमिसन खाइ चुप लागेर बसेकोले उनीमाथि जनकारवाही गरिएको संयाेजक साउदले विज्ञप्तिमा जनाएका छन् ।
साथै विज्ञप्तिमा सो सम्झौतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई पदबाट राजीनामा दिन चेतावनी दिँदै राजीनामा नदिए संगठनले जनकारवाही गर्ने चेतावनी दिइएको छ ।
साथै विज्ञप्तिमा सम्झौतामा संलग्न तत्कालिन जनप्रतिनिधिहरु, कर्मचारी, हालका जनप्रतिनिधिहरु सबैले पाताले छाँगो सम्बन्धि ठेक्का सम्झौता तत्काल रद्ध गरी सो पाताले छाँगो विद्यालयले नै भोगचलन गर्नेगरी पुनः सुचारु गर्न अनुरोध गरिएको छ । साथै विज्ञप्तिमा पाताले छाँगोको ठेक्का प्रकृयामा रहेको सेती क्यानोन प्रालिका अध्यक्ष करकेनकुमार गुरुङले सो ठेक्कासम्बन्धि कामकारवाही रोक्नसमेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया