
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
६महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
७यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
१०साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
११मकवानपुरको चिसापानी बजारमा नेकपा (बहुमत) को अभियान सभा सम्पन्न
१२ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
काठमाडौँ । नेपालमा पछिल्लो क्रममा साधारण जनताको जमिन उच्च घरानाले विभिन्न तिकडम गरी हडप्ने गरेका छन् । यसरी हडप्न उनीहरूलाई सरकारमा रहेका पार्टीका नेता, मन्त्री, प्रशासनले सहयोग गर्ने गरेका छन् । यस्तै घटना कास्कीको साविकको निर्मलपोखरी गाविस वडा नम्बर ६ फोक्सिङमा भएको छ । त्यहाँका ४४ परिवारको ९६ रोपनी जग्गा अहिले एमालेका नेताहरू राजेन्द्र आचार्य, टुकलाल अधिकारी, भुपराज पोख्रेल, इन्द्रमणि आचार्यले स्थानीय एमालेका स्थानीय गुण्डा प्रयोग गरी जालसाजी गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कृष्ण आचार्यको कम्पनीलाई बेचिदिएका छन् । यसरी षड्यन्त्र गरी जमिन हडपिएकाहरूले विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
घट्ना यस्तो छ,
२०५६ सालमा जापानी नागरिक हिरोशी हिडाईले विन कम्पनी खोली फोक्सिङमा जैविक कृषि फर्म, रिसोर्ट, अन्तर्राष्ट्रिय स्थापना गर्ने भनी वडा नम्बर ५ र ६ का किसानको ९६ रोपनी जमिन किनिएको थियो । उक्त जमिन किन्दा जग्गा बेच्ने किसानसँग १४ बुँदे सहमति गरिएको थियो । उक्त १४ बुँदेको बुँदा नम्बर १४ मा यदि ५ वर्ष भित्र विन कम्पनीले परियोजना शुरु गर्न सकेन भने किसानहरूसँग किनिएको मूल्यमा नै फिर्ता गर्ने भनिएको छ ।
विन कम्पनीका प्रोपाइटर हिरोशी हिडाईको मृत्यु भयो । त्यसपछि उनकी छोरीले काठमाडौं बसोबास गरेका पृथ्वी श्रेष्ठलाई उक्त जमिन सम्बन्धित किसानलाई फिर्ता गर्ने अधिकार सुम्पिदिएकी थिइन् । ती श्रेष्ठले आफ्नै तरिकाले उक्त जमिन बेच्दै छन् भन्ने थाहा पाएपछि किसानहरूले कास्की अदालतमा जाहेरी दिएर बेच्न रोक लगाइएको थियो ।
तिनै किसान मध्येका राजेन्द्र आचार्य, टुकलाल अधिकारी, भुपराज पोख्रेल, इन्द्रमणि आचार्यले हामी नै वास्तविक किसान हौं । विन कम्पनी हाम्रो नाममा नामसारी गरिदिन पृथ्वी श्रेष्ठलाई एमाले गुण्डाहरू प्रयोग गरी दवाव दिएपछि नामसारी गरिदिएको पृथ्वी श्रेष्ठले भनेका छन् । ती ४ जनाको नाममा कम्पनी गएपछि कृष्ण आचार्यको नाममा उक्त कम्पनीको ५५ प्रतिशत सेयर हस्तान्तरण गरिएको थियो ।
यस बीचमा पीडित अन्य ४० जना किसान स्थानीय प्रशासन, विभिन्न राजनैतिक पार्टीकोमा गुहार माग्न गएका थिए । त्यसैगरी उनीहरूले फोक्सिङको जमिन उपभोग गर्दै आएका छन् । तर उनीहरूसँग कानूनी अधिकार छैन । उनीहरूले विभिन्न प्रचारात्मक संघर्ष गर्दै आएका थिए ।

यति गर्दा पनि प्रशासनले कुनै सरोकार नदेखापछि असार २० गतेका दिन पीडित किसानहरूले पृथ्वी श्रेष्ठको निवास घेरेर आफ्नो जगा फिर्ता गरिदिन दवाव दिएका थिए । त्यस बखत पृथ्वीले “मैले राजेन्द्र आचार्य, कृष्ण आचार्यलगायतका किसानका रूपमा उपस्थित भएकालाई सबै किसानलाई उनीहरूको हकको जमिन फिर्ता गर्नु होला भनेको थिएँ । मलाई लागेको थियो उनीहरूले त्यसै गरे होलान् । तर उनीहरूले तपाईहरूको जमिन फिर्ता गरेन छन् ।” । उक्त घेराउमा फोक्सिङको किसानको जमिन फिर्ता गर्ने कागजको लेखापढी गरेका वकिल ज्ञानेन्द्र बहादुर कुँवरले पनि पृथ्वी सरले भनेको जस्तै सहमति भएको हो, उहाँहरूले बदमासी गर्नु भएछ भनेका थिए ।
पृथ्वी श्रेष्ठले पीडित किसानको सामुन्नेबाट कृष्ण आचार्यलाई फोन गर्दा उनले धम्कीको भाषामा जवाफ दिएका थिए । म यो कम्पनी बेच्दै छु । यदि किसानले चलाउने हो भने मेरो बराबरको लगानी गर्नु पर्यो । नत्र चुप लागेर बसे हुन्छ । उनीहरूको केही लाग्दैन ।
नक्कली किसान खडा गरेर ९६ रोपनी जग्गा हडप्ने राजेन्द्र आचार्य, टुकलाल अधिकारी, भुपराज पोख्रेल, इन्द्रमणि आचार्यलाई पृथ्वीले फोन गर्दा कसैले उठाएनन् ।
जुन बुँदामा टेकेर केवल ४ जना मान्छेले जमिन हडपेका छन्, त्यही बुँदामा टेकेर अन्य ४० जना किसानले पाउनु पर्ने तर्क गर्दै आएका किसान असारको धान रोप्नु पर्ने अवस्थामा न्याय माग्दै हिडेका छन् ।
फोक्सिङमा रहेको उक्त जमिनलाई कष्ण आचार्यले बैंकमा राखेर करोडौं रुपिया लिएका छन् । उक्त रकम उनले अन्य प्रोजेक्ट लाएको जानकारीमा आएको छ ।
पीडित किसानहरू बरु मर्न तयार भएको तर त्यो जमिन फिर्ता गराइ छाड्ने भनी आन्दोलनमा उत्रिएका छन् । जापानी कम्पनी विनसँग किसानले गरेको पत्र यसै साथ छ ।


१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३दाङमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य सजक पक्राउ, पार्टीद्वारा कडा आपत्ति
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
प्रतिक्रिया