
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेकपा (बहुमत)ले आफ्नो पार्टीका पोलिट्ब्यूरो सदस्य सुजनलाई कास्कीबाट नेपाल प्रहरीले गिरफ्तार गरेकोप्रति कडा आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।
सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आज एका प्रेस वक्तव्य जारी गर्दै सुजनको रिहाइको माग गरेका हुन् । कास्कीको छोरेपाटन माविमा भएको घटनालाई लिएर सुजनलाई गिरफ्तार गरिएको महासचिव कञ्चनले विज्ञप्तिमा खुलाएका छन् ।
विज्ञप्तिमा महासचिव कञ्चनले भनेका छन्,‘कास्कीको पोखरास्थित छोरेपाटन माविद्वारा भोगचलन गर्दै आएको पातले छाँगाको जग्गालाई सोही माविका व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको सम्पत्ति थप वृद्धि गरी सरकारी शिक्षालाई प्रभावकारी बनाउनुको बदला सरकारी विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भइरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही गरेको थियो । सोही विषयलाई लिएर हाम्रो पार्टीका पोलिट्ब्युरो सदस्य क. सुजनलाई बिनाकारण कास्की प्रहरीले हिजो २७ गते गिरफ्तार गरेको छ । यस प्रकारको गिरफ्तारीको सम्पूर्णरुपले भ्रत्सर्ना गर्दै कमरेड सुजनलाई तत्काल रिहाई गर्न र विद्यालयको सम्पत्ति विद्यालयकै नियन्त्रणमा ल्याई सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउन समेत जोड्दार माग गर्दछौं ।’
बास्तोलाले विज्ञप्तिमा आफ्नो पार्टी विदेशीको दलालीमा टिकेको वर्तमान संसदीय व्यवस्था र ओली सरकारको देशघाती र जनवरोधी क्रियाकलाप विरुद्ध, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका विरुद्ध निरन्तर संघर्षरत रहेको बताएका छन् ।
बास्तोलाले आजको दलाल पुँजीवादी सत्ताका संरचनाले सम्पूर्ण सार्वजकिसम्पत्ति वित्तीय माफियालाई बुझाउने कार्य गर्दै आएकोले यसका विरुद्ध संघर्षरत रहेको पनि बताएका छन् ।

प्रतिक्रिया