
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफ्नो संगठनको गण्डकी प्रदेश संयोजक राजन साउन र कास्की जिल्ला अध्यक्ष बासुदेव बुढालाई कास्की प्रहरीले गिरफ्तार गरेकोप्रति भ्रत्सर्ना गर्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको छ ।
सो संगठनका केन्द्रीय अध्यक्ष वीरेन्द्र शाहले आज एक विज्ञप्तिमार्फत् उनीहरुको रिहाइको माग गरेका हुन् । विज्ञप्तिमा शाहले पोखराको छोरेपाटन माविका व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारीलाई पाताले छाँगोमा कमिसन खाएर निजी कम्पनीलाई ठेक्कामा दिएको र सोही ठेक्कामा भएको भ्रष्टाचारका कारण अध्यक्ष पहारीलाई चेतावनी स्वरुप कालोमोसो दलेको घटनााई लिएर आफ्नो संगठनका नेताहरुलाई पक्राउ गरी दुःख दिइएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा शक्तिको आडमा विद्यालयको सम्पति दोहन गर्न बन्द गर्न चेतावनी दिइएको छ । साथै विज्ञप्तिमा अध्यक्ष शाहले पाताले छाँगो निजी कम्पनीलाई जिम्मा लगाउने गरी भएको सम्झौता अविलम्ब खारेज गर्न र सो आयस्रोतलाई विद्यालयको आयस्रोत बनाउनु पर्ने र अन्यथा माफिया, दलाल र भ्रष्टाहरुमाथि जस्तोसुकै कारवाही गर्न आफ्नो संगठन तयार रहेको चेतावनी पनि दिएका छन् ।
प्रतिक्रिया