
१अवैध लेनदेन र जग्गा हिनामिनाको आरोपमा नेकपा (बहुमत) सिरहाद्वारा सांकेतिक कारबाही
२पर्सामा भारतीय सुरक्षाकर्मीको बर्दीसहित प्रवेश, प्रशासन अनविज्ञ
३CTEVT सुधारका लागि नौबुँदे माग, नर्सिङ कार्यक्रम तत्काल सञ्चालन गर्न अखिल (क्रान्तिकारी) को दबाब
४ज्यूँदो शिशुलाई मृत घोषणा गर्ने भेरी अस्पतालको अमानवीय लापरवाही विरुद्ध नेकपा (बहुमत) बाँकेको कडा चेतावनी
५नेकपा (बहुमत) पर्सा जिल्ला समितिको बैठक सम्पन्न, किसान–सुकुम्बासीका पक्षमा आन्दोलन गर्ने निर्णय
६नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)द्वारा संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालमाथि जनकारबाही
७जनसंविधानका लागि जनसंघर्ष अभियानलाई तीव्र बनाउने नेकपा (बहुमत) बाराको निर्णय
८विद्यार्थी नेताको हत्या पछि बंगलादेशमा प्रदर्शन उग्र, नियन्त्रण गर्न प्रहरी परिचालन
९एमाले महाधिवेशनपछि तिक्तता, ओलीको विपक्षमा होमिएका ईश्वर–सुरेन्द्रलाई शपथमा बोलाइएन
१०नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
११कम्युनिस्ट युवा संगठन नेपाल ६ नं. ब्यूरोको बैठक सम्पन्न, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने घोषणा
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
६जनमुक्ति सेना दिवसको अवसरमा पूर्वजनमुक्ति सेनाका कमरेडहरुलाई खुला पत्र
७नेकपा(बहुमत) निकट युवा संगठनद्वारा राष्ट्रिय आवास कम्पनी प्रमुखमाथि कार्यकक्षमै कालोमोसो
८नेकपा (बहुमत) बाँकेद्वारा जनसंविधानका लागि जनसंघर्ष अभियान सुरु
९नेकपा(बहुमत) काठमाण्डौको बैठक सम्पन्न
१०बहुमत निकट अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न
११नेकपा (बहुमत) कैलालीले शुरु गर्यो जनसंविधानका लागि जनसंघर्ष अभियान
१२बहुमत निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सम्पन्न : निशुल्क शिक्षाको लागि अभियान चलाउने
चौतारा । नेकपा (बहुमत) सिन्धुपाल्चोकले विभिन्न मागहरु राखी प्रमुख जिल्ला अधिकारी समक्ष १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सर्वसाधारण जनताको जमिन हडप्ने भूमाफियालाई कारवाही गर्नुपर्ने, जनतालाई छिटो जग्गाधनी पूर्जा उपलब्ध गराउनुपर्ने, मापदण्ड विपरित चलेका क्रसर उद्योग बन्द गर्नुपर्ने, तातोपानी नाकामा चलेको अवैध करछली नियन्त्रण गर्नुपर्ने लगायतका माग राखी ज्ञापन बुझाइएको हो । सो पार्टीको सिन्धुपाल्चोक इन्चार्ज योजना लामा र सेक्रेटरी भुवनको अगुवाईमा गएको टोलीले ज्ञापनपत्र बुझाइएको हो ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्र :
मुलुक यतिबेला गम्भिर राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । बाढीपहिरोले देशैभरि ठूलो धनजनको क्षति पुर्याइएको छ । राजनीतिक दलहरु बीच असहमतिले गर्दा राष्ट्रिय सार्वभौमसत्ता गम्भीर संकटमा परेको छ । आर्थिक मन्दीले जनजीवन प्रभावित भएको छ । महंगी, भ्रष्टाचार कमिसनको कालो बजारी लगायत जनजीविकामा समस्यहरु दिन प्रतिदिन झन् झन बढ्दै गइरहेको छ । अतः राष्ट्रिय जनतन्त्र जनजीविकाको तपशिलका सवालहरु बारे जिल्ला अधिकारी ज्यू लगायत सम्बद्ध सरोकारवाला पक्षहरु सबैको ध्यान आकृष्ट गरी अभिलम्ब सम्बोधन गर्नको निम्ति मागहरु प्रस्तुत गरिएको छ ।
१.भूमाफियाहरुले जनतालाई विभिन्न प्रलोभनमा पारी जग्गा धितो बन्धकी भन्दै पूरै जग्गा हडप्ने काम भएको हुँदा भूमाफियाहरुलाई कारबाही गर्नुपर्ने हजारौं जनताको मागलाई सम्बोधन गरियोस् ।
२. किसानहरुले जग्गा छुट दर्ताको निवेदन दिएको र हाल सम्म लालपूर्जा नपाएको जनगुनासो व्यापक भएकोले छिटो भन्दा छिटो जनताको हातमा लालपूर्जा वितरण गरियोस् ।
३. धेरै ठाउँमा गुठीको नाममा रहेको जग्गामा किसानहरु बसोबास गर्दै आएका ठाउँमा मोहियाणी हक सुनिश्चित गरियोस् ।
४. मापदण्ड विपरित विभिन्न स्थानहरुमा क्रसर उद्योग सञ्चालन गरी प्राकृतिक स्वरुप भोग चलन गर्ने, सडक बिगार्ने लगायत वातावरण पक्ष सबै दूषित पार्ने सिण्डीकेट रहेको उक्त कार्यलाई बन्ध गरियोस् ।
५. विभिन्न हाइड्रोपावर झोलामा बोकी खोला बेचेर खाने जलमाफिया सक्रिया रहेको हुँदा जनतालाई शेयर लगानी गर्न लगाएर ठगी धन्दा चलाएको विभिन्न हाइड्रो कम्पनीहरुले प्रभावित क्षेत्रको न्यूनतम नीति नियमहरुलाई समेत पूरा नगरी केही शक्ति केन्द्रहरुको आडमा जनतालाई हरेक क्षेत्रबाट विस्थापित गरेको जन गुनासोलाई सम्बोधन गरियोस् ।
६. अन्तराष्ट्रिय नाका तातोपानी भन्सारलाई केही पहुँचवाला व्यक्तिहरुको सिण्डीकेट रहेको र व्यापक करछली अवैध कारोबार हुने गरेको सर्वसाधरणलाई एउटा थर्मस समेत ल्याउँदा अवरोध खडा गरेर करछली गरेका कार्यलाई छिटो भन्दा छिटो नियन्त्रण गरियोस् ।
७. स्थानीय सरकारहरुको बेरुजुको नाममा व्यापक भ्रष्टचार भएको जनगुनासो भएको हुदाँ उचित छानबिन गरी सत्यतथ्य जनतामा सार्वजनिक गरियोस् ।
८. निर्माण व्यवसायीबाट गुणस्तरहीन संरचना निर्माण गरिएका कारण उक्त संरचना भत्किनुको कारण साथै जनधनको क्षति र व्यापक अनियमितता भएको संरचनाहरुमा सत्यतथ्य बुझी कारवाही गरियोस् ।
९. जनताको सार्वजनिक सम्पत्ति माथि विभिन्न रिसोर्ट, होटल, निजी घर समेत निर्माण गरी राज्य र जनतामाथि दादागिरी गर्दै करोडौंको सम्पत्ति लुटपाट भएको छ । दलालहरुले सार्वजनिक ठाउँमा अतिक्रमण गरिएका ठाउँहरुमा राज्यले नियन्त्रणमा लिइयोस् ।
१०. लघुवित्त मिटरव्याजी, सहकारी संस्थाबाट जनताको गाँसबाँसको उठीबास लगाइएको हुँदा उक्त लघुवित्त संस्थाहरुलाई कारबाही गरियोस् ।
११. वनजंगल, वनस्पति लगायत विभिन्न बहुमूल्य जडिबुटीहरु चोरी पैठारी, अनियमितता भएको र वन बिनासको कारण जलवायु प्रदुषण बढ्न जाने हुनाले सम्बन्धित निकायबाट वनविनास नियन्त्रण गरियोस् ।
१२. शिक्षा क्षेत्रको दिवाखाजा र मसलन्द खर्चमा अनियमितता भएको अभिभावकहरुको व्यापक गुनासो रहेको हुँदा सम्बन्धित निकायको छानबिनको लागि गम्भिर ध्यानआकर्षण गरियोस् ।
१३. यातायात क्षेत्रमा भएको सिण्डीकेटले जनता माथि चर्को भाडा उठाएको हुनाले भाडादर कायम गरियोस् ।
१४. बजार अनुगमन गरी कालो बजारी नियन्त्रण गरियोस् ।
१५. किसानलाई चाहिने कच्चापदार्थ, मल, बीउ, सिंचाई कृषि, औजार र व्यवस्थापन उपलब्ध गरियोस् ।
१६. प्राकृति विपद र बाढीपहिरोबाट हुन गएको क्षतिपूर्तिको उचित व्यवस्थापन गरियोस् ।
हामी आशा गर्दछौं कि सम्मानीय जिल्ला अधिकारी ज्यूले जनताको समस्यालाई गम्भीरतापूर्वक लिएर यथाशिघ्र आवश्यक कदम चाल्नु हुनेछ ।
इन्चार्ज सेक्रेटरी
योजना लामा भुवन
१जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा
२आन्तरिक समीक्षा र दीर्घकालीन योजना सहित कम्युनिष्ट युवा संगठन नेपालको बैठक सम्पन्न
३नेकपा (बहुमत) ५ नं. ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न
४संसदीय व्यवस्थाबाट क्रान्ति सम्भव छैन
५नेकपा(बहुमत)२ नम्बर ब्युरोको बैठक सम्पन्न, फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
प्रतिक्रिया