
१भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
२महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
३जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
४जनसंविधानका लागि जनसंघर्ष अभियान अन्तर्गत कपिलवस्तुमा नेकपा (बहुमत) को कोणसभा
५यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
६जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
७दाङको बालबिकाश माविमा अखिल (क्रान्तिकारी) को विद्यार्थी संगठन विस्तार
८कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
११नेपाली कांग्रेसको विशेष महाधिवेशन अनिवार्य र वैधानिक : महामन्त्रीद्धय गगन/विश्व
१२जुनिचाँदे गाउँपालिकाका उपाध्यक्षमाथि कुटपिट, मदिरा सेवन र जातीय विभेदको गम्भीर आरोप
१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
६यथास्थितिको निर्वाचन विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिद्धारा देशव्यापी आन्दोलनको घोषणा, पुस २९ गते उपत्यका बन्द
७कम्युनिस्ट युवा संगठन नेपाल बाँकेको भेला सम्पन्न, अध्यक्षमा आकाश विक
८६ वटा कम्युनिस्ट पार्टीद्धारा फागुन २१ को चुनाव बहिष्कार गर्ने घोषणा
९साम्राज्यवादी गुण्डागर्दी पराजित हुनेछ , प्रतिरोध गर्ने जनताले जित्नेछन् : TKP-ML केन्द्रीय समिति
१०ट्रम्पलाई नोवेल शान्ति पुरस्कार होइन ‘हिट्लर–मुसोलिनी पुरस्कार’ दिनुपर्छ : बास्तोला
११डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा(बहुमत) निकट युवा संगठनद्वारा कार्यकक्षमै कालोमोसो
१२जनसंविधानका लागि जनसंघर्ष अन्तर्गत सुस्ता–सिस्ने अभियानको आवश्यकता र महत्व
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् ।
माओवादीको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।
ओलीले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको ऋंखला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए ।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्धा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे ।
‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्धामामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने । ‘एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने । राजेन्द्र लिङ्देनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्धा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने । उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने’ पुनले भने,‘हेर्दै जानुस् काँग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्धा लगाउने तयारी गर्नुभएको छ । उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर काँग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ ।’
भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले काँग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे ।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनले बताए ।

१जनसंविधान र स्वाधीन संयुक्त जनसरकार बिना फागुन २१ को चुनाव अस्वीकार्य : केन्द्रीय संयुक्त संघर्ष समिति
२२५ डिसेम्बरमा सहादत प्राप्त भाकपा(माओवादी)का नेता गणेश विकीले २०२२ मा आमालाई लेखेको पत्र
३भेनेजुएलामाथि अमेरिकी आक्रमण र विश्वको आवश्यकता
४कम्युनिस्ट युवा संगठन नेपाल बर्दियाको भेला सम्पन्न, अध्यक्षमा जगदिश वली
५महाराष्ट्र, गोवा र गुजरातमा प्रगतिशील नेपाली जनसमाज समितिको संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न
प्रतिक्रिया