
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समितिमा जवाफ दिनुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै चौधरीले पार्टी कार्यकर्ता र जनतामा पनि अन्योल सिर्जना गरेकाले त्यसबारेमा केन्द्रीय समिति बैठकमा जवाफ दिनुपर्ने बताएका हुन् ।
कास्कीको लिची बगैचाको जग्गा हत्याउन घुस डिल गरिएको प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्वाइस टेस्टका लागि हाजिर भएकी थिइन् ।
त्यसपछि आफ्नो सुझावमा केन्द्रीय समिति बैठक बोलाइएको चौधरीले बताएका छन् ।
‘मैले बोलाइएको बैठक होइन, वैधानिक होइन भनेर अध्यक्ष पन्छिन पाउनुहुन्न । साथीहरूले बैठक बोलाउनुभएछ के कारणले बैठक बोलाउनुभएछ भनेर उहाँले सोधिखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भएपछि हरेक सदस्य उहाँको परिवार हो । उहाँहरूसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो,’ उनले भने ।
अहिले उत्पन्न परिस्थिति पनि रञ्जिताकै कारण आएको उनले बताएका छन् ।
‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईंका कारण सिर्जना भयो । तपाईंका कारण सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास गरेकै छौं । तपाईं केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्ट रूपमा जबाफ दिनुपर्छ,’ रेशमले भिडिओ सन्देशमार्फत भनेका छन् ।
सत्य कुरा केन्द्रीय समितिमा राखेपछि पार्टीले पनि आधिकारी धारणा राख्ने परिस्थिति निर्माण हुने रेशमले बताएका छन् ।
‘एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर बोल्नुभयो भने भोलि लाख मुखले तपाईंको पक्ष वा विपक्षमा कुराकानी गर्ला । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ । तपाईंले भन्नुपर्छ,’ उनले भनेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको बारेमा प्रहार हुँदा सबैभन्दा ठूलो चोट आफूलाई लाग्ने पनि रेशमले बताएका छन् ।
पार्टी र संगठन निर्माणमा लागिपरे पनि त्यसको उपलब्धी नदेखिएको रेशमले बताएका छन् । ‘संगठन निर्माणमा खटेकै छु, थिएँ र खटिरहनेछु । तर उपलब्धी के ? आज विरूवा रोप्यो भोलि ठुटै पारिन्छ,’ उनले भने ।
उनले आफू साधारण सदस्यसमेत नरहेको विषयमा अवगत रहेको पनि बताए ।
‘मलाई संरक्षकमा ल्याएर थन्क्याइएको छ। होइन भनुँ भने म संरक्षक नै हुँ । हो भनौं भने भूमिकाविहीन जस्तै छु,’ उनले भने ।
उनले पार्टीका अरू नेताहरूलाई पनि समस्याहरू बैठकमा भन्न सुझाएका छन् ।
‘बोलाइएको बैठक सुनेर जाने बानी नगर्नुस् । यदी केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा बस्नुभएको छ भने सामाजिक सञ्जालमा छताछुल्ल नलेख्नुस् नबोल्नुस् । यसले मेरो हाम्रो होइन तपाईंको ओझ घटाउँछ,’ रेशमले भिडिओ सन्देशमा भनेका छन् ।
प्रतिक्रिया