कास्की । भ्रष्टाचारविरुद्धको अभियानमा पक्राउ परेका नेकपा (बहुमत)का पोलिटब्यूरो सदस्य सुजन, सो पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक राजन साउद र सोही संगठनका केन्द्रिय सदस्य बासु रिहा भएका छन् ।
भ्रष्टाचारविरुद्धको अभियानमा २५ दिनअघि पोखराबाट पक्राउ परेका उनीहरु आज शुक्रबार रिहा भएको नेकपा बहुमतको केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।
केही समयअघि बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले गिरफतार नेताहरुको रिहाइको माग गर्दै रिहा नगरे कडा आन्दोलनको चेतावनी दिएका थिए ।
कास्कीको छोरेपाटनस्थित छोरेपाटन माविले भोगचलन गर्दै आएको पातले छाँगोको जग्गालाई सोही माविका व्यवस्थापन समितिको अध्यक्षले माफियासित मिलेर निजीकरण गर्ने प्रकृयामा हालेपछि ती अध्यक्षमाथि जनकारवाही स्वरुप कालोमोसो दलेको आरोपमा सुजन, साउद र बासु पक्राउ परेका थिए ।
प्रतिक्रिया