
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
९फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
काठमाडौं । विश्व राजनीतिमा दैनिकजसो उथलपुथल ल्याउने घटनाहरु भइरहेको छन् । आज विश्वको ध्यानजति मध्यपूर्वको फिलिस्तिन-इजरेल युद्ध र रुस—युक्रेन युद्धमा केन्द्रित छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प बीचको भेटवार्तापछि राजनीतिमा अर्को तरंग ल्याइदएिको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग वार्ता गरेलगत्तै युरोपेली नेताहरूसँग पनि फोनमा कुरा गरेको समाचार आइरहेको छ । मिडिया रिपोर्टका अनुसार यस कुराकानीमा ट्रम्पले युरोपेली नेताहरूलाई अगस्ट २२ सम्ममा पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न चाहेको बताएका छन् ।
पुटिनलाई भेटेपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरेका थिए । यस कुराकानीमा दुई नेता सोमबार वाशिङ्गटनमा भेट्न सहमत भएका छन् । युक्रेनी राष्ट्रपतिले सोमबार वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आफ्नो भेटघाट सामाजिक सञ्जालमा साझा गरिएको पोस्टमा पुष्टि गरेका थिए ।
अमेरिकी अनलाइन मिडिया आउटलेट एक्सियोसका अनुसार ट्रम्पले सोमबार ह्वाइट हाउसमा हुने बैठकमा युरोपेली नेताहरूलाई पनि उपस्थित हुन आमन्त्रित गरेका छन् ।
सोमबार जेलेन्स्की र ट्रम्पबिचको बैठकपछि त्रिपक्षीय शिखर सम्मेलन हुने अपेक्षा गरिएको जर्मन चान्सलर फ्रेडरिक मेर्जले शनिबार भनेका छन् । त्रिपक्षीय बैठकमा सामेल हुने बारेमा रुसबाट अहिलेसम्म कुनै जानकारी वा बयान आएको छैन ।
पुटिनसँगको भेटपछि ट्रम्पले युरोपेली नेताहरूसँगको वार्तामा शान्ति सम्झौताको प्रस्ताव राखेको अनि यस अन्तर्गत युक्रेनले डोनबास क्षेत्र रूसलाई हस्तान्तरण गर्ने रुसी समाचार एजेन्सी तासले अमेरिकी मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै भनेको छ । यसको बदलामा युक्रेन र युरोप दुवैलाई सुरक्षा ग्यारेन्टी प्रदान गरिनेछ ।
अगस्ट १५ मा अमेरिकाको अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको थियो । दुई नेताहरूको भेटघाट लगभग तीन घण्टासम्म चल्यो । भेटपछि मिडिया अन्तरक्रियामा ट्रम्पले शिखर सम्मेलनलाई धेरै उपयोगी भएको बताए । ट्रम्पसितको वार्तामा पुटिनले राखेका ४ वटा शर्तले युक्रेन र युरोपेली देशका नेताहरुलाई झस्काएको छ ।
ती ४ शर्तहरुमा रुसले कब्जा गरेको युक्रेनी जमिन रुसले नै लिने, युक्रेन नेटोमा सहभागी नहुने, युक्रेनको सेना घटाउने र युक्रेनको सरकार बदल्ने रहेका छन् । यी शर्तहरुका बारेमा ट्रम्प र पुटिनले कुनै निर्णय लिएका छैनन् । यी शर्तसहितको वार्तापछि ट्रम्प पुटिनप्रति नरम भएका छन् भने युरोपेली नेताहरुलाई फोन वार्तामा ट्रम्पले केही गुमाएर भएपनि रुससित युद्धलाई शान्तिमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
ट्रम्पसित भचुअल वार्तापछि युरोपेली नेताहरु लगातार ट्रम्पसित सम्पर्कमा छन् र रुससितको अर्को वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पनि सहभागी गराउनुपर्ने माग राखेका छन् । अब भने यदि त्यसो भयो भने त्यो वार्ता फलदायी होला वा युरोपेली नेताहरुले जेलेन्स्कीलाई प्रयोग गरेर भाँड्लान् ? यो प्रश्न जब्बर बनेर आएको छ ।
किनकी रुसमा शर्तहरु मानेमा विश्व राजनीतिमा रुस हावी हुनेछ । ठूलो युक्रेनी भूमि रुसको कब्जामा जानेछ र युक्रेन नेटोमा पनि आवद्ध हुन पाउने छैन । यदि यसो भएका युक्रेनसँगै सिंगो युरोप नै रुसबाट असुरक्षित हुने ठानेर युरोपेलीहरुले यसलाई अस्वीर गर्नेछन् ।
रुसी शर्तहरु नमान्दा रुस असुरक्षित रहने र रुसी शर्तहरु मान्दा युरोप असुरक्षित हुने दोहोरो चक्रब्यूहमा फस्ने अवस्था आएको छ । अब यो समस्यालाई हल गर्न के प्रस्ताव ल्याउलान् ? त्यो जान्न केही समय पर्खनै पर्छ ।

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया