
१रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
२अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
३राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
४माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
७दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
८प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
९एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
१०क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
११सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
१२नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
७आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
८रेबिजविरुद्धको खोपको चरम अभावप्रति जनस्वास्थ्यकर्मी संगठनको गम्भीर चिन्ता
काठमाडौं । बिना लाज र बरोकटोक गाजाका मुस्लिमहरुको हत्या गरिरहेको इजारायली बेन्जामिन प्रशासनको सेनाले सोमबार पनि ४ पत्रकारसहित कम्तीमा १५ जना गाजावासीको हत्या गरेको छ ।
गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रलाई निसाना बनाएर इजरेली सेनाले युद्धविरोधि हरकत र अत्याचार गरिहेको छ ।
अस्पतालमा उपचार गराइरहेका निर्दोष र निशस्त्र मानिसहरुमाथि इजरेली सेनाले बम हानिरहेको छ । सारा दुनियाँभरको मानिसले विरोध गर्दा पनि इजरेली सेनाले दैनिक हजारौं गाजावासीको कत्लेआम गरेको छ ।
आज पनि गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू इजरेली आक्रमणमा मारिएका हुन् ।
समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।
हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा समितिका अनुसार आजको सुरुवाती आक्रमणमामा कयौं मानिस मारिएका थिए । त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि पुनः इजरायली सेनाले आक्रमण गर्दा थप मानिसको मृत्यु भयो । उद्धारकर्तामाथि समेत हमला गर्नु मानवताविरोधी काम हो ।
इजरायली सेना र उसको प्रधानमन्त्री कार्यालयले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा गाजाको दक्षिणी क्षेत्रको मुख्य नासेर अस्पतालमा धुवाँ उडिरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सन हुसाम अल–मसरीको मृत्यु पुष्टि गरेको छ ।
मृत्यु हुने अन्य पत्रकारमा अल जजिरामा कार्यरत मोहम्मद सलामेह, एपीमा कार्यरत मरियम अबू दका र अमेरिकी टेलिभिजन एनबीसीमा कार्यरत फोटोग्राफर मुआथ अबू ताहा रहेका छन् । इजरेल हमासको नाममा निर्दोष मानिस मार्छ तर जिम्मा लिँदैन । त्यसकारण संसारबाट इजरेल एक्लिँदैछ । आज संसारले इजरेली निरंकुश शासक नेतेन्याहुँलाई थुकिरहेको छ ।



१प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
२दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४अमेरिका—इरान युद्ध : कसको जीत, कसको हार
५राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक : केन्द्रीय संघर्ष समिति
प्रतिक्रिया