काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमण जाने भएका छन् । भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसित भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच चीनको तियानजिनमा भेटवार्ता हुनेछ । एससीओ सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जान लागेका ओलीले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
सम्मेलनमा सम्बोधन गर्नुअघि राष्ट्रपति जिङपिङसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले लिपुलेकका सम्बन्धमा भारत र चीनसँग भएको सहमतिका विषयमा पनि कुरा उठाउने स्रोतले बताएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लिपुलेकको भू–भाग नेपालको भएको विषयमा राष्ट्रपति जिङपिङसँग छलफल गर्नेछन् । प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्नेछन् भने १८ गते स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया