
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । नेकपा (बहुमत)ले सवारी साधनमा सरकारले जडान गर्न अनिवार्य गर्न आदेश दिएको र इम्बोस्ड नम्बर बारेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले आज एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बरको ठेक्का प्रकृया तत्काल खारेज गर्न माग गरेका छन् । विज्ञप्तिमा बास्तोलाले यो ठेक्कामा अर्बौं भ्रष्टाचारको खेल रहेकोले यसलाई तत्काल खारेज गर्नुपर्ने दाबी गरेका छन् ।
विज्ञप्तिमा आगामी असोज १ गतेबाट अनिवार्य लागु गर्न आमनिर्देशन जारी गरिएकोले यसको विरोध गर्न सबैलाई अपील पनि गरिएको छ ।
इम्बोस्ड नम्बर जडानको ठेक्का कालोसूचीमा परेको कम्पनीलाई दिन लागेको भन्दै बास्तोलाले यसको अन्तर्यमा जनतालाई शोषण र लुटपाट गरी मिलेमतोमा चरम भ्रष्टाचार गर्ने नियत राखेको प्रस्टै देखिएको बताएका छन् ।
‘प्रारम्भदेखि नै विवादित यो ठेक्का प्रक्रिया र यसमा संलग्न अमेरिकी डेकाटुर कम्पनीसँग जोइन्टभेन्चर गरेको बङ्गलादेशी कम्पनी टाइगर आइटी विश्वबैंकको कालोसूचिमा रहनु, विभागीय मन्त्री, महानिर्देशकहरु र कर्मचारीहरुसमेतको मिलेमतोमा १ अर्ब बढी सस्तो ठेक्का प्रक्रियामा संलग्न पिंगाओ जेकेजी कन्सोर्टियम कम्पनीलाई सुनियोजित रुपमा अयोग्य घोषणा गरेर चलखेल गरिनुले यो प्रकरणमा अर्बौंको भ्रष्टाचार भएको सहज अनुमान गर्न सकिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
बास्तोलाले अख्तियारमा यसका बारेमा मुद्दासमेत दायर हुँदा पनि हालसम्म मौनता साँधिनु अनौठो कुरा भएको बताएका छन् ।
‘अर्बौ भ्रष्टाचार गर्ने उद्देश्यकासाथ अघि बढाइएको यो योजना भारत लगायतका देशहरुको तुलनामा दोब्बर, तेब्बर महंगो भएको र यसमा प्रयोग गर्ने भनिएको भाषाका बारेमा समेत आमबिरोध भइरहेको यो स्थितिमा सो ठेक्का प्रक्रिया अविलम्ब खारेज गर्न र घटनाका बारे यथाशीघ्र छानबिन गरी संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकार समक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ बास्तोलाको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया