News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति समाचार

इम्बोस्ड नम्बर प्लेट ठेक्का प्रकृयाका भ्रष्टहरुलाई सडकमा पछार्छौं : नेकपा (बहुमत)

काठमाडौं । सवारी साधनहरुमा अनिवार्यरुपमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर लेख्नुपर्ने सरकारी निर्देशन र सो इम्बोस्ड नम्बर छाप्ने ठेक्का विश्वबैंकको कालोसूचीमा परेको विदेशी कम्पनीलाई दिइ अर्बौंको आर्थिक भ्रष्टाचार गर्न लागिएको भन्दै सो कदम विरुद्ध नेकपा (बहुमत)ले आज यातायात व्यवस्था विभागमा विरोध प्रदर्शन गरेको छ ।

इम्बोस्ड नम्बरमा भएको जनघात र राष्ट्रघात मुर्दावाद’, भ्रष्टाचारीको सम्पत्ती राष्ट्रियकरण गर, कमिसनखोरहरु होसियार, कमिसनको खेलमा गरिएको इम्बोस्ड नम्बर प्लेट ठेक्का अबिलम्व खारेज गर, लगायतका नारा लेखिएका व्यानर तथा पम्प्लेट बोकेका नेकपा (बहुमत)का नेता र कार्यकर्ताले यातायात व्यवस्था विभागको कार्यालय परिसरमा प्रदर्शन गरेका थिए ।

सो अवसरमा मन्तव्य राख्दै सो पार्टीका ३ नम्बर ब्यूरोका इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’ले सिंहदरबार र बानेश्वरका भवनमा बसेर शासन गरिरहेका भ्रष्टाचारी शासकले इम्बोस्ड नम्बर प्रकरणमा पनि अर्बौं भ्रष्टाचार गर्न लागेको भन्दै आक्रोस व्यक्त गरे ।

कालोसूचीमा परेको विदेशी कम्पनीलाई दिन गरिएको ठेक्का प्रकृया र इम्बोस्ड प्लेटमा अंग्रेजी भाषा अनिवार्य गर्न लागिएको भन्दै इन्चार्ज दीपकले यसकाण्डका भ्रष्टाचारीलाई सडकमा ल्याएर घिसार्ने चेतावनी दिए । मन्तव्यको क्रममा इन्चार्ज दीपकले इम्बोस्ड नम्बरमा अंग्रेजी भाषा अनिवार्य गरिनुलाई नेपाली मात्रृभाषामाथिको बलात्कार र अत्याचार भएको बताए ।

इन्चार्ज दीपकले नेपाल बहुभाषिक र बहुसाँस्कृतिक देश भएकोले प्रदेशहरुमा मातृभाषामा पढाइ हुनुपर्ने र सरकारी कामकाजको भाषामा पनि मातृभाषाको प्रयोग गर्नुपर्ने माग उठिरहेको समयमा इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा अनिवार्य गर्न खोजिनु नेपाली भाषामाथिको अत्याचार भएको बताए ।

दीकपले इम्बोस्ड नम्बर प्लेट निर्माण गर्ने भनिएको विदेशी कम्पनी विश्वबैंकको कालोसूचीमा परेकोले कालोसूचीमा परेको कम्पनीलाई प्लेट बनाउने ठेक्का दिएर सरकारी अधिकारी र मन्त्रीहरुले भ्रष्टाचार गर्न खोजेको भन्दै यो प्रकृया तत्काल खारेज गर्न माग गरे ।

आजै सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले इम्बोस्ड नम्बर प्लेट बनाउने ठेक्का विश्वबैंकको कालोसूचीमा परेको कम्पनीलाई दिन लागिएको र यसमा अर्बौं भ्रष्टाचारको खेल रहेकोले यसलाई तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् ।

बास्तोलाले विज्ञप्तिमा अख्तियारमा यसका बारेमा मुद्दासमेत दायर हुँदा पनि हालसम्म मौनता साँधिनु अनौठो कुरा भएको बताएका छन् ।

प्रतिक्रिया