News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति समाचार

रास्वपामा बहुविवाहको लफडा : उपन्देही-३ का उमेदवार थापा बहुविवाहमा तानिएपछि घण्टी बज्नेमा आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देही–३ का लागि छनोट गरेका उमेदवार डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ । थापा बहुविवाह विवादमा तानिएपछि रास्वपाले उनलाई राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको हो ।

आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले आइतबार सचिवालय बैठकबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको थियो ।

तर, उनलाई उमेदवार बनाउने घोषणापछि थापाले दुई विवाह गरेको विषय बाहिरिएको थियो । थापामाथि पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो गरेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया