
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । सरकारले सबैलाई अनिवार्य गर्न आदेश गरेको सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्ने कार्यको जताततैबाट विरोध भइरहेको छ ।
मिडिया, सामाजिक संजाल र सदनमा प्रतिनिधित्व नगर्ने दलहरुले सडकबाट यसको विरोध जनाइरहेको बेला आज संसदमा यसको विरोधमा सांसदहरुले समेत आवाज उठाएका छन् ।
यसले सडकबाट इम्बोस्ड नम्बर जडान गर्न नहुने भन्दै विरोधमा रहेका दलहरुलाई थप बल मिलेको छ र उनीहरुले उठाएको राष्ट्रियताको विषय सही ठहरिएको छ ।
केही दिनअघि मात्र नेकपा (बहुमत)ले यातायात व्यवस्था विभागको प्राङ्गनमै सभा गरी इम्बोस्ड नम्बर जडान गर्नैपर्ने सरकारी आदेशको चर्को विरोध जनाएको थियो ।
यो घटनाको एकहप्ता नबित्दै आज एमाले सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । उनले इम्बोस्ड नम्बरको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।
उनले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषय जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय रहेको भनेका छन् ।
‘सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस्,’ नेम्वाङले भनेका छन् । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप सास्ती, हैरानी र झन्झट मात्र बढाएको नेम्वाङ बताए ।
सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार भएको बताउँदै उनले अघि भने, ‘गाडी किन्न साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा ।’ उनले यस्ता प्रश्नहरू जनताको तहबाट उठेको बताए ।
‘यहाँ जनताको तहबाट प्रश्नहरू उठेका छन्, इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामीसँग पर्याप्त प्रविधि, सेवाकेन्द्र र जनशक्ति छन् ?,’ उनले भने, ‘जब हजारौँ नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा एम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदैछ ?
जनताले भाषा र भावनासँग जोडेर पनि इम्बोस्ट नम्बर प्लेटमाथि प्रश्न उठाएको भन्दै जनताको त्यो गहिरो भावनालाई बेवास्ता गरिन नहुने नेम्वाङले बताए ।
उता नेकपा (बहुमत)ले इम्बोस्ड नम्बर जडानको कार्यमा चरम भ्रष्टाचार भन्दै यसको कडा शब्दमा विरोध जनाएको छ ।
सो पार्टीले कालोसूचीमा परेको विदेशी कम्पनीलाई इम्बोस्ड नम्बर जडान गर्ने ठेक्का दिन गरिएको प्रकृया र इम्बोस्ड प्लेटमा अंग्रेजी भाषा अनिवार्य गर्न लागिएकोमा कडा आपत्ति जनाएको हो ।
प्रतिक्रिया