
१रोल्पामा जीप दुर्घटना : २० जनाको मृत्यु, नेकपा(बहुमत) द्वारा शोक व्यक्त
२ट्रम्पविरुद्ध धम्की दिएको आरोपमा पूर्व एफबीआई प्रमुख जेम्स कोमी अदालतमा उपस्थित
३आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
४गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
५मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
६नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
७आईपीएलमा पन्जाबको दबदबा, मुम्बई ७ विकेटले पराजित
८हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
९आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१०भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
११युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
१२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
६मूल्य वृद्धि, जनअधिकारमाथि आक्रमण देखि विद्यार्थी प्रतिबन्धप्रति नेकपा (बहुमत) को कडा आपत्ति
७नेकपा (बहुमत)का सल्लाहकार लीलाधर गौतमको निधन, पार्टीद्वारा शोक व्यक्त
८गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन
९भिम प्रसाद दुलालको निधनमा नेकपा (बहुमत) मकवानपुरद्वारा शोक व्यक्त
१०युद्धविरामप्रति इरानको असन्तुष्टिः “उल्लंघनपछि वार्ताको औचित्य समाप्त”
११आणविक विवाद र हर्मुज तनावले अमेरिका–इरान शान्तिवार्ता निष्कर्षविहिन
१२हर्मुज रणनीति अघि सार्दै इरान, २७० अर्ब डलर क्षति दाबी
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरुको पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ (सैन्य बल) सम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले बिहीबार २६ वटा मित्रराष्ट्रहरूले युद्ध रोकिएलगत्तै भूमि, समुद्र वा हवाईमार्गबाट सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएको बताएका थिए । तर उनले कुन–कुन देश सहभागी हुने भन्नेबारे खुलाएका छैनन् ।
पुटिनले सो पहललाई अस्वीकार गर्दै यस्ता विदेशी सैनिकलाई ‘वैध लक्ष्य‘ ठहरिने चेतावनी दिएका छन् । उनले भने, ‘अवैध रूपमा युक्रेनमा देखापर्ने कुनै पनि सेना आक्रमणको लक्ष्य हुनेछ ।’
अलास्कामा गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई समेत सहभागी गराएर सम्भावित शान्ति सम्झौता हुने आशा जागेको थियो तर अहिले तत्काल युद्धविराम हुने सम्भावना न्यून देखिएको छ । पुटिनले शुक्रबार पत्रकारहरूसँग भने, ‘म युक्रेनी नेतासँग सम्पर्क गर्न तयार छु, तर खासै अर्थ देख्दिनँ, किनकि मुख्य विषयमा सहमति सम्भव छैन ।’
त्यसैबिच, ट्रम्पले सामाजिक सञ्जालमार्फत् ‘भारत र रुस गहिरो रूपमा चीनतर्फ ढल्किएको’ दाबी गर्दै तीन देशका नेताहरूको तिञ्जिनमा भएको बैठकको तस्बिरसमेत साझा गरेका छन् । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको पहललाई ‘धेरै नै रचनात्मक’ भन्दै प्रशंसा गरे पनि युरोपेली मुलुकहरूको प्रयासलाई ‘युद्धलाई लम्ब्याउने काम’ भनेर आलोचना गरेका छन् ।
‘कोएलिसन अफ द विलिङ’ नामक गठबन्धन (बेलायत र फ्रान्सको नेतृत्वमा) युद्धविराम भएपछिको सुरक्षाका लागि तयारी गरिरहेको छ । यस अन्तर्गत युक्रेनको सेना बलियो बनाउने र सीमा क्षेत्रमा सुरक्षा गस्ती गर्ने योजना रहेको छ ।
म्याक्रोंनले सुरक्षा बललाई ‘नयाँ ठुलो आक्रमण रोक्नका लागि मात्र’ पठाइने स्पष्ट पारेका छन् । उनले भने, ‘यो बलको उद्देश्य रुससँग युद्ध गर्ने होइन ।’
युक्रेनी राष्ट्रपति जेलिन्स्कीले पेरिस बैठकमा गरिएको निर्णयलाई ‘पहिलो ठोस कदम’ भनेका छन् । उनले हजारौँ विदेशी सैनिक युक्रेन पठाइने बताए पनि अझै यसबारे विस्तृत खुलासा गर्न समय बाँकी रहेको जनाएका छन् ।
अमेरिकाले आफ्नो भूमिका खुलेर बताएको छैन । म्याक्रोंनका अनुसार केही दिनमै वासिङ्टनको सहभागिता स्पष्ट हुनेछ । ट्रम्पले अघिल्लो हप्ता अमेरिकाको सहयोग ‘हवाई सुरक्षामा’ केन्द्रित हुने सङ्केत दिएका थिए ।
पुटिन र ट्रम्पबिच निकट भविष्यमा पुनः संवाद हुने भएको छ । दुवै नेताले ‘खुला र सकारात्मक संवाद’ भइरहेको बताएका छन् । रुस—युक्रेन युद्ध अब समाप्तिको अन्तिम अवस्थामा आइपुगेको बताइन्छ । त्यसका लागि अब ३ वटा कामहरु हुन जरुरी छ ।
१) रुसले युक्रेनलाई समाप्त पार्नुपर्छ
२) युक्रेनले रुसलाई पछि धकेल्नु पर्छ
३) शान्तिवार्ता सफल भएर युद्ध रोकिनु पर्छ ।
यी कामहरुमध्ये पहिलोमा रुसले आफ्नो उद्धेश्य युक्रेनी भूमि कब्जा गर्ने उद्धेश्य नभएको बरु युक्रेन नेटोमा जान नहुने, युक्रेन तटस्थ राष्ट्र हुनुपर्ने बताएको छ, जुन पुरा हुनको लागि अमेरिका तयार भएपनि युरोपेली देशहरु तयार छैनन् । यसैकारण युद्ध लम्बिएको छ । दोस्रोमा झण्डै २५ प्रतिशत भूमि गुमाइसकेको युक्रेनले रुसलाई पछि धकेल्न सक्ने अवस्था छैन । तेस्रोमा रहेको शान्तिवार्तामार्फत् युद्ध समाप्त हुनका लागि रुस र युक्रेन तथा युरोपेली देशहरुका शर्तहरु बाधक बनेका छन् ।
युक्रेनी नेता जेलेन्स्की नेटोमा समावेश भएर युक्रेनलाई रुसबाट सुरक्षित राख्न चाहन्छन् भने रुस युक्रेनलाई तटस्थ राष्ट्र बनाएर नेटोमा आवद्ध हुनबाट रोक्न र आफ्नो देशको सुरक्षाको ग्ग्यारेन्टी गर्न चाहन्छ । तर पूर्वीयुरोपमा नेटोको सेना विस्तार नगर्ने शर्तबाट अमेरिका र युरोपेली देशहरु पछि हटेर रुसलाई धोका दिएका कारण रुस सजिलै युक्रेनबाट पछि हट्ने सम्भावना छैन ।
यस्तो अवस्थामा ट्रम्प रुससित लडेर रुसलाई जित्न नसकिने देखेर पुटिनसित वार्ता गरी युद्ध रोक्न चाहन्छन् भने युक्रेनलाई नेटोमा आवद्ध हुनबाट रोकेर रुसको सुरक्षाको ग्यारन्टी भएमा पुटिन युद्ध रोक्न चाहन्छन् भन्ने बुझ्न सकिन्छ । यस्तो अवस्थामा उनीहरुका रणनीतिहरु कसरी अगाडी बढ्लान् यसै भन्न सकिन्न ।
पछिल्लो चरणमा नेटो देशहरुले युक्रेनलाई थप पैसा र हतियार दिने र रुससितको लडाइँ थप चर्काउने तयारीमा रहेको थाहा पाएका पुटिनले युक्रेनमा जुन जुन देशका सेना देखिन्छन् ती—ती देशहरुमै आक्रमण गर्ने धम्की दिएका छन् । यस्तो अवस्थामा उनीहरुले लिने नीतिहरु नै अबको युक्रेन युद्धको भविष्य निर्धारण हुनेछ ।



१भाकपा(माओवादी)का शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को निधन
२नेकपा(बहुमत)कास्कीद्धारा भ्रष्टाचार र अनियमितता बिरुद्ध २० बुँदे ज्ञापनपत्र पेश
३संस्मरण : त्यो रात !
४शिक्षा सुधारको नाममा विद्यार्थी आन्दोलनमाथि अंकुश लगाउने प्रयास स्वीकार्य छैन : संयुक्त विद्यार्थी संगठन
५आवासको ग्यारेन्टी बिना सुकुम्बासी बस्ती हटाउनु अन्यायपूर्ण : नेकपा (बहुमत)
प्रतिक्रिया