बुटवल । जेनजी आन्दोलनमा संलग्न युवाहरुले अर्घाखाँचीको सन्घिखर्कमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय तोडफोड गरेका छन् ।
उता मंगलबार बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यालय तोडफोड गर्दै बोर्ड च्यातेर फालिदिएका थिए । यस अघि एक समूहले एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए ।
झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ । जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका- ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन् । प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन् ।
यता ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।
प्रतिक्रिया