News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्य समाचार राजनीति समाचार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको प्रशासनले सामाजिक सञ्जाल बन्दविरुद्ध परेका १० वटा रिट दरपीठ गरेको थियो । सरकारले सामाजिक सञ्जाल नियमन गर्न आव्हान गरेको र सर्वोच्च अदालतको आदेश अनुसार नै रिट दर्ता नगर्ने निर्णय प्रशासनले लिएको थियो ।

उक्त निर्णयविरुद्ध अधिवक्ताहरूले रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

‘निवेदकहरूले उठाएको विषयवस्तुको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राखी रिट आजै दर्ता गरी भोलि पेसी चढाई नियमानुसार गर्नू,’ आदेशमा उल्लेख छ ।

प्रतिक्रिया