News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विशेष न्यूज समाचार

संकट समाधानको बाटो संविधानमै खोज्नुपर्ने राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान जटिल परिस्थितिबाट निस्कन संवैधानिक बाटो नै प्रमुख उपाय भएको बताएका छन् । उनले लोकतान्त्रिक प्रणालीको संरक्षण र शान्ति–सुरक्षा कायम राख्न सबै सरोकारवालाहरूलाई सहयोग र सहकार्य गर्न आह्वान गरेका छन् । राष्ट्रपतिले बिहिबार जारी गरेको सन्देशमा अहिले देश कठिन मोडमा रहेको र यस अवस्थाबाट छिटो समाधान निकाल्न संवैधानिक दायराभित्र रहेर मात्र सम्भव हुने स्पष्ट गरेका छन् । “लोकतान्त्रिक मूल्य–मान्यता र संस्थाहरूलाई बलियो बनाउन निरन्तर प्रयास भइरहेको छ ।

नागरिकको मागलाई सम्बोधन गर्ने दिशा तर्फ सरकारले छिटो कदम चाल्न जरुरी छ,” वक्तव्यमा उल्लेख छ । राष्ट्रपति पौडेलले विगतका संघर्ष र आन्दोलनका आधारमा स्थापित लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय सहमति र साझा प्रयासमार्फत मात्र शान्ति र स्थिरता कायम गर्न सकिने धारणा व्यक्त गरेका छन् । उनले मुलुकमा देखिएका समस्या समाधानका लागि राजनीतिक नेतृत्व, राज्यका अंगहरू तथा सम्पूर्ण नागरिक समाज एकजुट हुनुपर्नेमा जोड दिएका छन् । “संविधानले दिएको अधिकार र जिम्मेवारीलाई कार्यान्वयन गरेरै मुलुकलाई शान्ति, स्थिरता र सुशासनको दिशातर्फ डार्‍याउन सकिन्छ,” राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया