
३नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
४आत्मदाह गराउन बन्द गर
५नेकपा (बहुमत) भारत उपब्युरो अन्तर्गत पञ्जाब जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न
६सबिनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गर्दै नेकपा (बहुमत) कास्कीको भेला सम्पन्न,
७नेकपा (बहुमत) बाँकेको जिल्ला भेला सम्पन्न, चक्र थापाको नेतृत्वमा १३ सदस्यीय समिति चयन
८नेकपा (बहुमत) बर्दियाको दोस्रो जिल्ला भेला सम्पन्न, दिलमानको नेतृत्वमा ११ सदस्यीय समिति चयन
९भारतको महाराष्ट्रमा नेकपा (बहुमत)को जिल्ला भेला सम्पन्न, ९ सदस्यीय जिल्ला समिति चयन
१०विश्वविजय, सीमा आजादलगायतमाथि अवसरवादको आरोप लगाउँदै भाकपा (माओवादी)को वक्तव्य
११सीपीसीको १०५औँ स्थापना दिवसमा सी जिनपिङको सन्देश : चुनौती चिर्दै नयाँ यात्रामा अघि बढ्न आह्वान
१२नेकपा (बहुमत) दाङको दोस्रो जिल्ला भेला सम्पन्न, सजकको नेतृत्वमा जिल्ला समिति चयन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए ।
उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए । उनले जेनजी युवाहरुको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्नु अहिलेको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएका छन् ।
घिसिङले तत्काल डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले अहिले देश संकटमा पनि रहेको अवस्थामा उद्योगीहरुले देशलाई सहयोग गरेको सम्झिएर तुरुन्त डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न पनि आग्रह गरेका छन् ।
घिसिङले पुनर्निमाणको काम तत्काल अगाडी बढाउने, पुनर्निर्माणको लागि हाम्रो सार्बजनिक स्थल हामी आफै निर्माण गरौँ भन्ने अभियान चलाउने बताए । यसका लागि विशेष कोषको व्यवस्था गर्ने र विश्वभर भएका नेपालीसँग सहयोग माग्ने पनि पनि बताए । उनले कोषमा प्राप्त हुने सबै रकमको सहि सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए । भ्रष्टाचार उन्मुलन गर्ने विषयलाई आफुले जीवनमरणको विषयको रुपमा लिएको बताउदै कसैले यसका लागि सहयोग नगरेमा आफु कडा रुपमा प्रस्तुत हुने उनले बताए । साथै उनले पारदर्शितामा कहीबाट प्रश्न आएमा सिधा आएर आफूसँग कुरा राख्न सबैलाई आग्रह समेत गरे ।
प्रतिक्रिया