
१चुनाव किन खारेज भनेको !
२हिरासतका ११ दिन : फलामे गेटभित्रको एउटा वैचारिक यात्रा
३नेपालको चुवावले अनुहार फेरिए पनि जनताको कथा भने यथावत रहनेछ
४दक्षिण एशियाका २२ विद्यार्थी संगठनद्वारा इरानमाथि भएको सैन्य आक्रमणको विरोध
५अखिल नेपाल महिला संगठनद्वारा ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
६निर्वाचन ‘धोका’ भएको बहुमतको निष्कर्ष, नयाँ राजनीतिक संघर्ष आवश्यक भएको भनाई
७चितवनको नारायणी नमूना माविको मतदान केन्द्रमा नेकपा (बहुमत)को प्रदर्शन
८चुनाव विरोधी गतिविधि गरेको अभियोगमा नेकपा(बहुमत)का चार नेता पक्राउ, रिहाइको माग
९कास्कीमा नेकपा (बहुमत) का चार नेता पक्राउ, पार्टीद्वारा रिहाइको माग
१०पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२बर्दियाबाट नेकपा (बहुमत) का ब्युरो कार्यालय सचिव पक्राउ
१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
६महासचिव लगाएत नेताहरूको गिरफ्तारीको बिरुद्ध नेकपा(बहुमत) आन्दोलित : पुतला दहनदेखि मशाल जुलुस सम्म
७नेपाल बन्दपछि नेकपा(बहुमत)को धन्यवाद ज्ञापन, पक्राउ परेका नेताहरुको रिहाइ माग
८फागुन ५ गतेको नेपाल बन्द चुनाव खारेजीका लागि हो : नेकपा(बहुमत)
९पुरानै सत्तालाई निरन्तरता दिने चुनाव खारेज गर्न नेकपा(बहुमत) को अपिल
१०बुटवल र कपिलवस्तुबाट नेकपा (बहुमत)का नेता पक्राउ, पार्टीको कडा आपत्ति
११चुनावलाई बहिष्कार गरी धक्का सिर्जना गर्न संयुक्त संघर्ष समितिको अपिल
१२इरानमाथि भएको आक्रमणको विरोधमा नेकपा (बहुमत) विदेश ब्युरोको कडा प्रतिक्रिया
काठमाडौं । चीनले अमेरिकालाई जापानमा तैनाथ गरेको उसको मिड रेन्जको टाइफुन मिसाइल प्रणाली हटाउन चेतावनी गरेको छ । चीनले यो तैनाथीले यस क्षेत्रको रणनीतिक सुरक्षामा गम्भीर खतरा पुर्याउने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनको गम्भीर आपत्तिलाई बेवास्ता गर्दै अमेरिका र जापानले संयुक्त सैन्य अभ्यासको नाममा टाइफुन मिसाइल प्रणालीको तैनाथी जारी राखेको आरोप लगाए ।
यो जमिनबाट प्रक्षेपण हुने हतियारले दुई हजार किलोमिटरसम्म मार हान्न सक्ने टम हक मिसाइलहरू प्रहार गर्न सक्छ । यसको अर्थ यसले दक्षिण चीन सागर, ताइवान स्ट्रेट र चीनका दक्षिणी भागहरूलाई पनि निसाना बनाउन सक्छ ।
लिन जियानले भने, “एसियाली देशहरूमा टाइफुन मिसाइल प्रणालीको अमेरिकी तैनाथीले अन्य देशहरूका लागि खतरा बढाउँछ । यसले यस क्षेत्रमा हतियारको दौड र सैन्य टकरावको खतरा बढाउँछ र रणनीतिक सुरक्षामा गम्भीर असर पार्छ ।”
उनले अमेरिका र जापानले अन्य देशहरूको सुरक्षा चिन्ताको सम्मान गर्नुपर्ने र क्षेत्रीय शान्ति र स्थिरताका लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
विभिन्न मिडिया रिपोर्टहरूका अनुसार, जापानमा यो मिसाइल प्रणाली विशेषगरी संयुक्त सैन्य अभ्यास ‘रेजोलुट ड्रयागन’ का लागि तैनाथ गरिएको हो, जुन १६ देखि २५ सेप्टेम्बरसम्म चलिरहेको छ ।
यो अभ्यासमा १९ हजारभन्दा बढी अमेरिकी र जापानी सैनिकहरूले भाग लिइरहेका छन् । ताइवान, सेनकाकु टापु र पूर्वी चीन सागरमा तनावको बीचमा यो अभ्यास अमेरिका–जापान गठबन्धनको शक्ति प्रदर्शन गर्नका लागि गरिएको हो ।
हालै चीनको नयाँ विमानवाहक जहाज फुजियन जापाननजिकै देखिएपछि जापानको सुरक्षा चिन्ता बढेको छ ।
जापानले चीन, उत्तर कोरिया र रूसको मिसाइल धम्कीहरूको सामना गर्नका लागि मिड–टु–लङ रेन्ज मिसाइलहरूमा ध्यानकेन्द्रित गरेर आफ्नो शक्ति बढाउँदै छ । टाइफुनले फर्स्ट आइल्यान्ड चेन (जापान–ताइवान–फिलिपिन्सको रक्षा रेखा)लाई बलियो बनाउँछ ।
अमेरिकाले यो मिसाइल दक्षिण चीन सागरमा फिलिपिन्सनजिक तैनाथ गरेको थियो । त्यतिबेला पनि चीनले यसलाई लिएर आपत्ति जनाएको थियो ।
अमेरिकाले पहिलोपटक अप्रिल २०२४ मा टाइफुन प्रणाली फिलिपिन्स पठाएको थियो । यो संयुक्त सैन्य अभ्यासका लागि आएको थियो र यो नै यसको पहिलो विदेशी तैनाथी थियो । फिलिपिन्सले टाइफुन प्रणाली स्थायी रूपमा लिन रुचि देखाएको छ ।

१चुनाव खारेज किन ?
२चुवाव खारेजी र महासचिव पक्राउको विरोधमा नेकपा(बहुमत)को देशभर मशाल जुलुस
३नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार
४अहिलेको निकास राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता हुने गरी संविधानमा परिवर्तन हो ।
५नेकपा(बहुमत)का सचिवालय सदस्य काठमाण्डौंको किर्तिपुरबाट पक्राउ, रिहाइको माग
प्रतिक्रिया