
१नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
२पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
३नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
४वैचारिक संघर्षबारे
५जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
६ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
७बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
८ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
९‘वास्तविक शत्रु चिन्नुहोस्’, पश्चिम एसियाका राष्ट्रलाई खामेनीको सन्देश
१२नेकपा (बहुमत) सुर्खेतको जिल्ला भेला सम्पन्न, विनोदको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन
१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
६नेकपा (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, दिपक महासचिव चयन
७नेसनल मेडिकल कलेज विरुद्ध अखिल (क्रान्तिकारी)द्वारा संघर्षको चेतावनी
८पर्यावरणीय समस्या र बालेन्द्रको भाषण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत गर्दै गम्भीर चुनौतीहरूसँग जुध्न अहिलेको आवश्यकता राष्ट्रिय एकता रहेको बताएका हुन् ।
बैठकमा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको भूमिकालाई उल्लेख गर्दै भने–‘७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान बनाउने काम जनयुद्धका क्रममा हजारौंको त्यागबिना सम्भव थिएन ।’
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रतिनिधित्व जस्ता विषय संविधानमा समावेश गर्नुपर्ने कुरा आफूहरुले उठाउँदै आएका विषय भएकाले देशमा अहिले माओवादी केन्द्रको विचारको महत्व झनै बढेर गएको बताए ।
हालै सम्पन्न जेनजी आन्दोलनको सन्दर्भमा अध्यक्ष प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको स्मरण गराए । उनले प्रतिकुलताकाबीच देशलाई सहज निकास दिन आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्दै संविधानको रक्षामा माओवादी केन्द्र महत्वपूर्ण भुमिका खेलेको बताए ।
उनले भने–‘हामीले जेन जीहरुको बलिदानको सम्मान गर्दै संविधानको रक्षा र राष्ट्रपतिको गरिमा कायम राख्ने खालको राजनीतिक विकल्प प्रस्तुत गरेका हौं ।’
उनले अन्तरिम सरकार र निर्वाचनको तोकिएको मिति अनुसार अघि बढ्नुपर्नेमा समेत जोड दिए ।
प्रचण्डले भने–‘नेपालले यति ठुलो चुनौती कहिल्यै भोगेको थिएन । पुर्खाले मिहिनेत गरेर जोगाएको राष्ट्र हामीले बचाउन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न अहिले हाम्रासामू छ । त्यसैले सम्पूर्ण राष्ट्रप्रेमीहरू एकताबद्ध हुनु जरुरी छ ।’


१बहुमत पार्टी भित्रको भ्रम र यथार्थ
२ग्यास अभावविरुद्ध नेकपा (बहुमत)को प्रदर्शन, समाधान नभए डिलर कब्जा गरि ग्यास बाँड्ने चेतावनी
३ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न नेकपा (बहुमत) निकट जवस मोर्चाको माग
४जनक्रान्तिका शहिद निरन्तरका बुबाको निधनप्रति नेकपा (बहुमत)द्वारा दुःख व्यक्त
५वैचारिक संघर्षबारे
प्रतिक्रिया